‘विवाहको प्रस्ताव’मा मानिसको स्वार्थ
२७ पौष २०७६
•
६ मिनेट पाठ
‘विवाहको प्रस्ताव’मा मानिसको स्वार्थ
काठमाडौं – विवाह एउटा बन्धन हो, सृष्टि हो। परापूर्वकालदेखि चलिआएको सामाजिक परम्परा हो। समाजिक नियम पनि हो, जुन बन्धन र नियममा बाँधिएर मानिसको जीवन चलेको हुन्छ। विवाह प्रस्ताव लिएर नटालियाको घरमा पुगेको इभान् भ्यासिलियिच् लोमोभ सामाजिक नीतिअनुसार आफू पनि विवाहको बन्धनमा बाँधिएर जीवन चलाउने विषयमा एक्लै यस्तै तर्क गर्छ। विवाहको नाममा स्वार्थ उठाउन खोजिरहेको उसले नटालियासँग विवाह गरेर सम्पत्ति हड्प्ने सपना देख्छ र बारम्बार भनिरहन्छ, ‘ती चौरहरू हाम्रा हुन्, ती जमिन पनि हाम्रै हुन्।’




रातोपुलस्थित शैली थिएटरमा पुस १८ देखि मञ्चनरत ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) नाटकमा विभिन्न पात्रमार्फत मानिसको बहुरुपीपनलाई देखाइएको छ। रुसी साहित्यकार आन्तोन चेखोभले लेखेको द म्यारिज प्रपोजल नाटकलाई सबिन न्यौपानेले नेपालीमा अनुवाद गरी मञ्चन गरिएको हो।

नवराज बुढाथोकीको निर्देशनमा तयार उक्त नाटकमा विवाहका नाममा छिमेकीमा हुने जग्गा जमिनको लफडालाई प्रस्तुत गरिएको छ। दुई छिमेकीबीच जग्गाको विषयमा हुने मनमुटाव र सम्बन्धलाई पात्र इभानले विवाहमा परिणत गरी छिमेकीको जग्गा आफ्नो बनाउन खोजिरहेको छ। भित्र एउटा तर बाहिर अर्कै हुने मानिसको दुई रूपलाई देखाउँदै नाटकमा कहिले जग्गा त कहिले कुकुरको विषयमा विवाद उत्पन्न भइरहेको छ।

राजनीतिक परिवेशलाई पनि समेटिएको उक्त नाटकमा जसरी राजनीतिक दलहरू आफ्नो कुरालाई राम्रो बनाउन र माथि पार्न चर्काचर्की गर्छन्, त्यसरी नै विवाहको बन्धनमा बाँधिने भनेका इभान् र नटालिया आफ्नो कुकुर राम्रो भन्दै विवाद गर्छन्,चर्को आवाज गर्छन्, आफ्नो कुरालाई माथि पार्न तर्क, कुतर्क गरिरहन्छन्। उनीहरू जग्गाको विषयमा चर्को विवाद गर्छन्। बीचबीचमा विवाहको विषयलाई लिएर मायाको नाटक गर्ने उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न रचनात्मक खेल रचिरहन्छन्।

विवादै विवादमा बनेको प्रस्तुत नाटकमा नटालियाको बुबा स्टिपना स्टेपानोभिच् चुबुकोभको पनि इभान्सँग पुख्र्यौली सम्पत्तिको नाममा विवाद परिरहन्छ। ७० वर्षीय स्टिपना किसान भने पनि लामो समयदेखि चुनाव लड्दै आएका छन्। जितभन्दा हार धेरै पाएका उनी चुनाव जित्ने झिनो आशामा पटकपटक चुनावमा उठ्छन्, तर सफल हँुदैनन्। बाबुको राजनीतिक अवस्थाका कारण छोरी नटालियालाई माग्न कोही आउँदैनन्। सोही समयमा स्वार्थ बोकेर विवाहको प्रस्ताव राख्न पुगेको ३५ वर्षीय इभान्लाई स्टिपनाले मन पराउँदैनन्, तर उसको जग्गा आफ्नो नाममा बनाउने स्वार्थले नटालिया भने विवाहको प्रस्ताव स्वीकार गर्छे। नटालियालाई पढेलेखेकी र हेर्दा पनि राम्री भन्दै विवादै विवादमा पनि इभान्ले माया गर्न र विवाह गर्न चाहेको बताउँछ। नाटककमा प्रस्तुत तीन जना मुख्य पात्रका छुट्टाछुट्टै स्वार्थ लुकेको हुन्छ र त्यहीअनुसार नाटक अघि बढेको छ।

नाटकअनुसार रंगमञ्चको हलमा पनि त्यस्तैअनुसारको संकेतको प्रयोग गरिएको छ। छेपाराले जस्तै मानिसले पनि छिनछिनमै आफ्नो रूप बदल्ने भएकाले रंगमञ्चको भित्तामा छेपाराको दृश्यलाई देखाइएको छ। नाटकमा जस्तै गोहीले पनि नक्कली आँसु झार्ने भएकाले व्यङ्ग्यात्मक रूपमा गोहीको पनि प्रयोग गरिएको निर्देशक नवराज बुढाथोकी बताउँछन्। ‘नाटकमा प्रस्तुत पात्र इभान् विवाहको प्रस्ताव लिएर आएको त छ,’ उनी भन्छन्, ‘विवाह उसको बाहिरी रूप हो, त्यसभित्र त जग्गाजमिनको स्वार्थ लुकेको छ, उसको प्रस्ताव स्वार्थपूर्ण छ।’ विवाह बन्धनमा बाँधिएपछि जग्गा आफ्नो हुने स्वार्थ इभान्ले बोकेको र छोरी दिएपछि जग्गाको विषयको लफडा अन्त्य हुन्छ भन्ने स्वार्थ स्टिपानभित्र भएको उनले बताए।

नाटकमा मुख्य पात्रका रूपमा सुवास सुवेदी, स्नेहा पौडेल, शशांक बोहरा, साथै छिमेकीको रूपमा देवेन्द्र बल्लु, भारती रिजाल, विशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रूपक काफ्ले, सदीन लुइँटेल, सन्तोष बराइली र रविन तामाङको अभिनय रहेको छ। नाटक आगामी माघ १० गतेसम्म चल्नेछ।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
१९ घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस