भक्तलालका स्वाभिमानी सन्तान
३१ जेष्ठ २०८२
•
४ मिनेट पाठ
भक्तलालका स्वाभिमानी सन्तान
श्री विजयलाल श्रेष्ठज्यू टुप्लुकिनु भयो, आफ्नो नयाँ कृति लिएर। २०६२ वैशाख १४ गते बिहान ९ः४५ बजे। सौजन्य थियो विजयजीको महान्। हाम्रो मित्रता राजनीतिक आग्रह–विग्रहमूलक थिएन। लेखकीय, रचना, सम्प्रेषण, संस्कृति, विवेचनाउन्मुख धारणा हाम्रा आधारभूमि। आफैं निजी गाडीमा चालक भाइको सहारामा पदार्पण महान् सौजन्य उहाँको।




छोरा सञ्जीव ग्वंगलले तलबाट लिएर भेटाउनु पुत्र स्नेहादर बन्यो। जेनु बुहारी धौवन्जार ग्वंगःले चिया–सेलरोटीले आतिथ्य गरिन्। सञ्जीव ग्वंगलको सौहार्दले मन्त्रमुग्ध अत्यधिक समय निलेथे। त्यसमै लहसिइरहेँ म। कालान्तरमा कुल संरक्षण उनकै थाप्लोको नाम्लो मानेर। मित्रवर विजयलालजीले २००८ फागुन ७ गते काठमाडौं टुँडिखेल, खरीबोट, नेपाल भाषामा ‘चाक्ला सीमा’को समारोहको प्रसङ्ग जोड्नुभयो।

२००८ सालको जुद्धोदय हाइ स्कुलको विद्यार्थी म। जुद्धोदय स्कुल पुरानो भन्सारको गोदाम घरमा थियो। भन्सार गोदाम घर जुद्ध शमशेरको सालिक ठढिएकै दक्षिण पूर्वदिशामा। वर्तमान नेपाल बैंक, केन्द्रीय भवन भएको ठाउँमा अण्डाकार चौर। हामी त्यहाँ भकुन्डो खेल्थ्यौं। गोरखापत्र छापाखाना जहाँको तहीं। समयानुकूल तला थप्ने, पश्चिमलङ थप्ने आदि हुँदै रह्यो। श्री ३ देवशमशेरको पालामा स्थापित गोरखापत्र छानाखाना। बझाङी राजा जयपृथ्वीबहादुर सिंहको अग्रसरतामा भएको थियो।

राजा जयपृथ्वीबहादुर सिंह चन्द्रशमशेरका जेठा छोरीज्वाइँ। जयपृथ्वीको अर्धकदको सालिकपछि स्थापित भएको नयाँ पुस्ताले झलझल देख्न पाएका छन्। इतिहास, संस्कृति, विकास निर्माणको क्रम निरन्तर चलिरहन्छ। रहोस् नैरन्तर्य मानवीय चेतको क्रम ! चलि नै रहनेछ अनन्त कालपर्यन्त।

जयपृथ्वीबहादुर सिंह बझाङी। बझाङमा सीमित रहेनन्। नेपालका सच्चा नागरिक चेतका मानव हुन्। मात्र नेपालकै, मात्र नेपाली रहे बनेनन्। अपितु विश्व मानवीय विभूति रहेबनेका छन्। मानवतावादी प्रकाण्ड अग्रगण्य पाइला रहेबनेका छन्। मानवतावाद उहाँका अभ्यन्तरीय श्वासप्रश्वास चेत। ‘युमानिज्म’ अंग्रेजी भाषाको ग्रन्थ तयार गर्नु कर्मठ संकल्प रह्यो। पढी–गुनी जानेका श्रद्धेय सरोकारी पाठक–विज्ञमा श्रद्धासुमन अर्पण !

सिकागो, अमेरिकामा सम्पन्न सन् १९३३ को धारावाही प्रवचनहरू थरीथरीका ! अंग्रेजीमा मानवतावादी दर्शनमाथिका धारावाही अभिव्यक्ति नितान्न मर्मस्पर्शी रहेको धारणाका जलसिञ्चन गर्न चाहेँ। राजा जयपृथ्वीबहादुर सिंहका ती प्रवचन श्री मीनबहादुर सिंहज्यूमा सुम्पेको इमानदारीसाथ व्यक्त गर्न चाहेँ। सत् विचार मार्गका प्रसङ्ग उल्लेख गर्नु मानवधर्मको सत्कर्म नै आहा ! ३०र४० वर्षअगाडि शेर्पा होटेलमा उहाँबाटै आयोजित गोष्ठीमा राजा जयपृथ्वीबहादुर सिंहको चित्रषट् उहाँमा सुम्पेको झल्यासिएँ। प्रसङ्गको प्रसङ्ग बनेछ। क्या मज्जा !

बहकिने बानी मेरो। निर्बन्ध निबन्ध निरन्तर लेखनमा अभ्यस्त रहँदाका चालाबाला छचल्किँदो गति। भक्तलाल श्रेष्ठका सन्तान सहिद श्री गंगालाल, पुष्पलाल र हामीमाथि समीक्षात्मक अनुभूति व्यक्त गर्ने आग्रहमा हौसिएर समाएको कलम नागबेली भुजङ्गप्रयात छन्द बन्न पुग्यो ! भुजङ्ग साँप–सर्प ! सर्प सिधा घस्रन्न, नागबेली बान्कीमा घस्रन्छ। त्यसरी घस्रने गतिलाई आत्मसात गरी छन्दविद्हरूले छन्दशास्त्रभित्र भुजङ्गप्रयात नामकरण गरे। शास्त्रीय छन्दमा काव्य रचना गर्दा सिकी जानेको प्रसङ्ग बिछ्याएँ। बिट मार्न चाहेँ यसलाई यहीं नै।

विजयलाल श्रेष्ठजीले पहिलो प्रजातन्त्र दिवस २००८ फागुन ७ को प्रसङ्ग जोड्नुभयो। त्यो उहाँभित्रको अन्तर चेतजन्य आकाङ्क्षा। २००८ सालमा म नौ कक्षाको विद्यार्थी। जुद्धोदय पब्लिक हाई स्कुलमा अध्ययनरत। स्कुल जुद्ध शमशेरको सालिककै छेउ। पुरानो भन्सारको गोदाम घरको टहरामा। टहरा लामो टायलछाना। बिचमा ठुलो कार्य कक्ष। त्यहाँ प्रधानाध्यापक शारदाप्रसाद उपाध्याय र शिक्षक, कर्मचारीहरू बस्थे। त्यसबेला शिक्षिकाहरू थिएनन्। अंगुरबाबा जोशीले काठमाडौंमा पहिलो गल्स कलेज बागबजारमा चलाउनुभएको हो। त्यति कर्मठ, प्रखर वक्ता, चिन्तनशील नारी, नितान्त प्रभावशाली !

पहिलो प्रजातन्त्र दिवश काठमाडौं टुँडिखेलबिचको खरीको बोतमा आयोजित। राणा शासन ढलेपछि श्री ५ त्रिभुवनलाई राष्ट्रपिता नै भन्ने गरिन्थ्यो। ‘अत्यन्त उदार मनस्क राजा ! टिमिक्क लवेढा–सुरुवाल, कोट। पूरै निधार छोपिनेगरी टोपी ढल्काएको शिरपोस ! खरीको बोटको पहिलो पिँढीमै कार्यक्रमको मञ्चन। हरियो रङ्गीन साधारण पट्याउन मिल्ने मेच।

श्री ५ त्रिभुवन त्यसमा विराजमान ! बायाँतिर स्वरगुञ्जन साधन। गान्धीवादी नेता खड्गमान सिंह बस्नेत कार्यक्रम सञ्चालक। जनगायक श्री धर्मराज थापाको स्वागत गान। मन्त्रमुग्ध स्वर संगीतले विशाल जनलहर शान्त–शुभ्र। न टुँडिखेल बेरिएको थियो, न त सडक आजको झैं चौडा नै। त्यत्रो जनलहर मैले देखेकै थिइनँ।

अन्तिम युवावक्ता थिए विजयलाल श्रेष्ठ, पुष्पलालका कान्छा भाइ। अभिव्यक्तिकै क्रममा विजयजी आकोशित हुन थाले, त्यसै लहरमा मुट्ठी कसेर, उत्तेजित भएर– ‘दिल्ली सम्झौता धोका हो। नेपाली जनताले अर्को क्रान्ति गर्नुपर्छ।’ राजाका सामु यसरी नबोल्नुस् ! सम्हाल्नुस् आफूलाई भनेर खड्गमानजीले सतर्क गरेका थिए। जोसिला युवा झन्झन् उत्तेजित हुँदै उफ्रीउफ्री स्वर मच्चाउँदै गए। केही नलागेर बस्नेतजीले झ्याप्प माइक्रोफोन समाउन पुगे।

श्रोता जनताजनार्दन मुट्ठी कस्दै उफ्रन थाले। धर्मराज थापाज्यूलाई पुनः गाउन लगाए। उहाँको सुमधुर गायनको छेउटुप्पो लागेन। विजयजीलाई फेरि बोल्ल लगाइयो। उहाँ पनि सेलाइसक्नुभएछ क्यारे, पहिलेझैं उत्तेजित हुनुभएन। प्रत्यक्ष दर्शनभरिको भोगाइ मेरो यो। आदरणीय पाठकवृन्दमा ससम्मान पुनर्लेखन–अभिनन्दन!

जय देश ! जय जनता ! समृद्ध नेपाल,सुखी नेपाली !
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस