नियतिले दिएको चोट
३१ जेष्ठ २०८२
•
६ मिनेट पाठ
नियतिले दिएको चोट
जीवनमा दुःख छ, पीडा छ, छटपटी छ। र त जीवनको अर्थ छ। सुख र खुसी मात्र जिन्दगीको पाटो भएर आउँथ्यो भने जीवनको उतिसाह्रो अर्थ हुँदैनथ्यो। कष्टहरूको आगोमा मन दनदनी जल्दैनथ्यो भने जीवनबेली जस्तो छ, त्यस्तो हुँदैनथ्यो होला। समयको खाडलमा पीडाका घाउ पुर्ने चक्कर पनि चल्दैनथ्यो होला। पुसमाघकै जस्तो ठिहीमा मन जम्दैनथ्यो होला। यिनै कारणले होला, जीवनको अर्थ महत्त्वपूर्ण भएको पनि।




आफ्नाको पीडामा सहभागी नहुने भएको भए आफ्नो र अर्कोमा फरक हुँदैनथ्यो होला। सजीव र निर्जीव उस्तै हुन्थ्यो होला। अझ भनौं, चेतनाको अर्थ रहन्नथ्यो होला। यही भएर रहेछ, आफ्नाको अवसानमा मान्छे दुःखी हुने। यही भएर त होला, आफ्नो मान्छे गुमाउँदा मन द्रवित हुने अनि सुस्काउने, जसरी सुस्केरा हाल्छ नदी। मन आगाको फिलिङ्गो बनेर सल्किने, मनको पीडा घाउ बनेर दुख्ने, ठिहीको शीतजस्तै जम्ने ठाँटो बनेर। बोल्न मन नलाग्ने, कोही बोले पनि झर्को लाग्ने, मुटुको धड्कन तीव्र बनेर धड्कने। उफ् ! कत्ति नसुहाउने दैव! कति नमिल्दो कुरा !

मान्छेको जीवनमा दैवले पहाडै खसालिदिएपछि कता भाग्नु ! कस्तो है मान्छेको जीवन, बिरालाको बलिवेदीमा खेलाइएको मुसाजस्तै। कुन बेला झ्याप्प आक्रमण हुने हो पत्तो नपाइने। न मिति तय छ, न साइत नै हेरिएको छ। न कुनै कसुरमा प्रमाण खोजेर मृत्युको सजाय सुनाइएको छ, न कुनै प्रमाण वा साक्षी सर्जमिनलाई आधार बनाइएको छ। अथवा भनूँ, न कोही न्यायाधीशले कचहरी बसेर फैसला नै सुनाएको छ। कस्तो नियति दैवको। मुटु नै काँपेको छ। सम्झन्छु, झस्किन्छ मन।

आतङ्कित हुन्छ। अनि तर्सन्छु निन्द्रामा पनि। कहाँको नियम हो यो। मनै शिथिल र थकित बनाउने गरी हल्लाउने अधिकार कुन कानुनमा लेखिएको रहेछ !

मलाई थाहा छ, मृत्यु शाश्वत् सत्य हो। जन्मेपछि एकदिन मर्नैपर्छ। आफन्त सबैलाई छाडेर परलोकको यात्रा तय गर्नैपर्छ। अजम्बरी कोही छैन्। यो पनि म जान्दछु। तर लाऊँखाऊँ, जिन्दगीलाई एउटा आकारमा ढालूँ, जिन्दगीको करियर निश्चित गरूँ भन्ने उमेर खोसेर लैजाने निष्ठुरे दैव ! तैंले मेरो रातको निद र दिनको भोक हरिस्। मेरो भोलिको भविष्य खोसिस्। मेरा आशा र अपेक्षामा तुषारापात गरिस्। मेरो मुस्कान मबाट खोसिस्। मेरो भाग्य हरिस्। मेरो जीवनलाई सुक्खा र उजाड बनाइस्। अब गर्न नै के छ र बाँकी !

मेरो भोलिको सानलाई अप्रत्यासित रूपले मबाट खोसेर ममाथि मजाक गरिस् तैंले। एउटा निर्दोष युवावय टेक्दै गरेको जीवनले जिन्दगीको असली स्वाद चाख्न नपाई निमोठिस्। तेरो यो नृशंस क्रियाकलापले मेरो सोझो मन के भयो होला, यतातिर नजर लगाइनस्? कस्तो मुर्झाएको फूलजस्तो बनाइस् मेरो जीवन। जीवनको मिठास बिगारिदिइस्। उज्यालोको हातबाट खोसेर उसलाई अन्धकारमा मिलाइस्। कस्तो बनाइस् दैव मेरो नियति?

निष्ठुरे ! केमा रिसराग साँचिस्? निरस मेरो मन रसायो। अनि आँसुका नुनिला ढिका पिउन बाध्य बनाइस्। दैव, खै कसरी सहूँ म, कसरी? मेरो जीवनयात्रा असाध्यै कष्टकर पो बनाइस्। कसरी कच्याककुचुक पार्न सकेको लौन नि ! मलाई त लाग्थ्यो, जीवन यात्रा हो, बिना रोकतोक अघि बढ्छ। तर तैंले त पर नपुग्दै लगिस्।

नदीबिच पुर्‍याएर गहिरो भासमा जाकिदिइस्। किनार पुग्नै दिइनस्। जीवनप्रतिको आशा जगाउने उमेरमै खोसिस्। सृष्टिको शाश्वत् फूल निमोठ्ने, कलकलाउँदो र उज्यालो फूललाई कुल्चेर सकाउने, फूलको जीवनलाई खोस्ने। यी यावत् कुरा गरेर फूलको अस्तित्व नामेट गराउने नृशंस कार्य किन गरिस् दैव? तेरो माकुरी जालमा किन फसाइस् पासो थापेर? लानु नै थियो यसरी छिटै भने किन क्षणिक सुख अनुभूति गर्न दिइस्? यो मायाजालमा किन पारिस् हामीलाई? तैंले चाहिँ विधिविधान पालन गर्नु नपर्ने? अराजक भएर जे मनमा आयो, त्यही गर्ने? अनि तेरो कारण हामीले यादमा तड्पिनुपर्ने? तेरा यी सब गतिविधि आलोच्य छन्, अपाच्य छन् र अग्राह्य छन्।

दैव, तैंले गरेको अक्षम्य व्यवहारका कारण म हरपल पीडामा डुबुल्की मारिरहेको छु। तैंले दिएको असह्य मानसिक यातनाका कारण हररात सिरानी भिजाइरहेको हुन्छु। के थाहा? के अनुभूति होला र  तँलाई? मेरो देह चिसिएर हिउँजस्तै भएको छ। मेरो दिमाग भरङ्गित छ, किनकि सबै धुजा धुजा बनाएर च्यातिस्। जहिल्यै छोडेर जानेका आवाज कानमा गुन्जिन्छन्।  

निदाउन खोज्छु, पीडा र सास्ती आउँछ। भोकले आन्द्रा सुक्छ, पर्वाह छैन। स्वास्थ्यले साथ छोड्छ, मतलब गर्दिनँ। मनको गहिराइबाट यादका तरङ्गहरू झङ्क्रित हुन्छन्। अनि उसको याद ताजा बनेर आउँछ। फेरि नमिठो चिमोटाइले कहाँ दुख्छ भन्न सक्दिनँ तर अथाह दुख्छ उसैको यादले। रुन्छ मन र प्रत्येक रुवाइमा मन भक्कानिन्छ। खै के भयो !

हे दैव, तैंले त फुङ्ङ उडेको धुलो, हुरी, धुवाँ, हावाजस्तै बनाइस् मेरो जीवन। पूर्णिमाको जूनलाई पनि औंसीको निरव कालो रातले ढाकेजस्तो। उज्यालोलाई बादलुले छोपेजस्तो। तर पनि मनले यादलाई ताजा गराएकै छ। सम्झना त अमिट रूपमा मनमा बसेकै छ।

त्यो दिन मलाई राम्रै थाहा छ, मन भरङ्गित भएको थियो। मेरो आँखासामु एउटा लक्का जवान छोराको चोला उड्दै थियो। दनदनी बलेको आगाको ज्वालाजस्तै मेरो मन पनि जल्दै थियो।  

अन्त्यमा, निमेषभरमै सब भयो खरानी। आर्यघाटमा भक्कानिएर रुनुसिबाय केही गर्न सकिनँ। टुलुटुलु उसको आत्मा जल्दै गरेको हेरिरहेँ। एउटा लाचार बाउ ! दैव लागेको विचरा बाउ म ! अहँ, सपना हो कि विपना हो, पत्तै पाइनँ।

उज्यालो भविष्य छोरामा देखेको सपना बोकेर हिँडेको यो आशावादी बाउ। शोकको गहिरो आहालमा अकस्मात डुब्न बाध्य पारियो। दैव, तैंले आशा र विश्वास उसको चोलासँगै उडाइस्। मेरो आखाका नानी फुलो परेजस्ता भए।

यतिबेला तेरो आँखामा पर्दा लागेको छैन भने हेर् मलाई। देख् मेरो अवस्था। अनुभूत गर् मलाई। किन तैंले बाटो बिराइस्। तेरो व्यवहारले मेरो मनमा चिच्याहट पैदा भएको छ। तँप्रति घृणाभाव र आक्रोश उब्जिएको छ। तेरो कपाल समातेर मलाई च्वाइँच्वाइँ पार्ने मन भएको छ।

मेरो टाउको पीडाले रन्थनिएको छ। मेरो मुटु पग्लिएर आँसु बनेर पोखिएको छ। थाहा छैन, अब मुटु छ कि छैन? मेरो सुन्दर–शान्त संसारको उस्तै सुन्दर परिवेश तैंले भत्काइस्। दैव ! तैंले त मान्छेका घाउमा मलमपट्टी लगाउनुपर्थ्याे तर मेरो घाउमा त तैंले तिखो तिरले घोचिस्। तँ किन कहिल्यै मेरो अनुकूल नबनेको? किन सधैं मेराविरुद्ध अग्लो पहाड बनेर उभिएको?

सधैं मलाई दुःखमै बाँच्न विवश पार्ने तेरो नियतिमा खोट छ। तैंले त मान्छेको दुःखमा सान्त्वना दिनुपथ्र्यो। तैंले त पलपलमा दुःखका पीडा दिएर आनन्दको अनुभूति गरिस्। तेरो अन्तरमनमा अलिकति पनि आत्मग्लानि पैदा भएन? मेरो जीवनको भविष्यसँग नराम्रो खेल खेलिस् दैव तैंले। कति धेरै निष्ठुरी मन तेरो। एउटा सानो अनि सुन्दर संसारमा आँधी ल्याइदिएर रमाउने तँ, छि ! तेरो खेल अचम्मको ! कस्तो छल तेरो हामीमाथि। कस्तो कपट व्यवहार!

भविष्यबारे चिन्ता गर्दै गरेको युुवावय खोसिस्। जीवनको अर्थ बुझ्न सुरु गरेको मान्छे मबाट लुटिस्। यस्तो गर्नु नै थियो भने किन सृष्टि गरिस्? यति छिट्टै मबाट खोसेर लानु थियो भने किन पैदा गरिस्। बोल्दा पनि गला अवरुद्ध भएको छ मेरो।

आँखाले केही ठम्याउन सकेको छैन, धूमिल धूमिल छ। मनले केही सोच्न सकेको छैन, घवराहट छ। मुटुको चाल आफ्नो कि अर्काको पहिल्याउने सामथ्र्य पनि छैन। खुट्टाहरू कुँजोजस्तो लाग्न थालेको छ। पाइलाहरू धरमराइरहेका छन्। म मानसिक र शारीरिक रूपमै थकित छु, गलित छु, सोच्ने शक्ति नै गुमेकोजस्तो। सपना हो कि विपना, ठम्याउन सकिरहेको छैन। मेरो र मेरो परिवारको जिन्दगीको ट्रेन नै सदाका लागि छुटेजस्तो। हे दैव ! कस्तो कीर्तिमान हो यो तेरो? लाऊँखाऊँ उमेरको बैंसालु जीवन खोसिस्।

मैले केही बुझ्न सकिरहेको छैनँ। किन लिन्छ दैवले पनि परीक्षा पटक पटक ममाथि। मैले केही ठम्याउन सकिरहेको छैन। जिन्दगी सबै र सधैंका लागि यस्तै हो। यति थिल्थिलो भएको जीवन अरूको हुन्छ कि हुन्न, त्यो पनि थाहा छैन। यस्तै यावत् प्रश्नले मनमा डेरा जमाएका छन्।

मेरो जीवनका सुख र खुसी निर्ममतापूर्वक चिथोरेर लाने दैव, तँलाई म के भनूँ? कमजोर हुँदै गइरहेको शरीर, शारीरिक र मानसिक रूपमा खस्किँदै गइरहेको जीवन लिएर बाँचिरहेका मेरा वृद्ध बाआमाको त्यो कान्तिविहीन चेहरा। अनि फुङ्ङ उडेको मुहार तथा पीडाका भारी बोकेर निरीह प्राणी बन्दै सहनशीला भई बाँचेकी मेरी जीवनसाथी। बस्, यिनीहरूकै लागि भए पनि जिउनुपर्ने विवशता बोकेको मान्छे म। उनीहरूकै लागि भए पनि सुकेको फूलजस्तो जीवनलाई दुःखैदुःखका टेकाले अड्याएर भए पनि जिउनु छ। तर दैव, तँलाई म सातखत  माफ गर्दिनँ।  
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस