गीतकार अगम विकरालको ‘जोडी शंख टुटाउँदै’ गीत सार्वजनिक भएकाे छ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य चन्द्र रानाहँछाले संगीत भरेकाे ‘जोडी शंख टुटाउदै’ गीतलाई श्रेयसी चेम्जोङले मीठाे स्वर दिएकी छन्। त्यस्तै उक्त गीतलाई कृष्णभक्त राईले पनि गाइसकेका छन्।
फणीन्द्र राई एरेन्जर रहेकाे उक्त गीत गीतकार अगम विकरालको युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ।
यसअघि पनि गीतकार विकरालको केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार विकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम सङ्गीतका पारखीमाझ लोकप्रिय छ।
रावासावा प्राज्ञिक समाज नेपालका आजीवन सदस्य गीतकार अगम विकरालको ‘यादको मूर्च्छना’ गीतसंग्रह प्रकाशित छ। रावासावा प्राज्ञिक समाज नेपालले प्रकाशित गरेको ‘यादको मूर्च्छना’ का गीतहरू विभिन्न आयाममा सजिएका छन्। उनका गीतहरू ऊर्जाशील, मार्मिक, रैथाने माटो र जनजीवनसँग सम्बन्धित छन्। प्राज्ञ कवि चन्द्र रानाहँछालाई प्रेरक व्यक्तित्वकाे रूपमा लिने गीतकार खाेटाङ साकेला गाउँपालिकामा जन्मिएका स्रष्टा हुन्।
गीतकार अगम विकरालको ‘जोडी शंख टुटाउँदै’ गीत सार्वजनिक भएकाे छ।
जोडी शंख टुटाउदैकाे संगीत चन्द्र रानाहँछा रहेकाे छ। उक्त गीतलाई श्रेयसी चेम्जोङले मीठाे स्वर भरेकी छन्। प्रबन्धक फणीन्द्र राई र सम्पादन अनिल स्थापित रहेकाे उक्त गीत निकै श्रुतिमधुर बनेकाे छ।
यसअघि पनि गीतकार विकरालको केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार विकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम सङ्गीतका पारखीमाझ लोकप्रिय छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...