‘अभिनव साहित्य समाज’ काे महिला साहित्यिक जागरण अभियान
११ फागुन २०८१
•
२ मिनेट पाठ
‘अभिनव साहित्य समाज’ काे महिला साहित्यिक जागरण अभियान
अभिनव साहित्य समाजले महिला साहित्यिक जागरण अभियान अन्तर्गत गृहिणी, शिक्षिका तथा कर्मचारी समेतको प्रतियोगितात्मक आत्मकथा तथा आत्मस्मरण लेखन कार्यकाे आयाेजना गरेकाे छ।




समाजका उपाध्यक्ष विमल अर्यालको अध्यक्षता र गोनपाकी उप प्रमुख सान्नानी लामा र रामेश्वरी पन्तको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भै रमेश विकल हलमा गृहिणीहरू र वासुदेव लुइँटेल हलमा शिक्षिका तथा महिला कर्मचारीहरूको छुट्टाछुट्टै दुई कार्यक्रम भएको छ।

महिलाहरूको सिर्जनशीलताको विकासका लागि र प्रतिभा चयनका लागि नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सो सहयोग जारी राखिने कुरा प्रमुख अतिथि सान्नानीले बताए।

उक्त कार्यक्रमको विशेष अतिथिमा बाजुराम पौडेल, मन्दिरा मधुश्री, कल्पना आचर्य, यशोदा कार्की, उमा कार्की, वीणा भण्डारी आदि रहेका थिए।

उक्त कार्यक्रमको सञ्चालन शारदा पराजुली, स्वागत मन्तव्य मेनका पोखरेल आचार्य, कथालेखन प्रशिक्षण परशुराम पराजुली, धन्यवाद मन्तव्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि र अन्य व्यवस्थापनमा बी.पी. इलामे संंलग्नता रहेकाे थियाे।

सो कार्यक्रममा गृहिणीतर्फ रमेश विकल हलमानिर्मला घिमिरे, राधा बोहरा, जानुका भट्टराई, निर्जा भण्डारी, उमा कार्की, यशोदा कार्की, विन्दु अधिकारी ढकाल, रोजिना पोखरेल, अम्बिका रिजाल, शोभा पोखरेल, जमुना भट्टराई सुवेदी, मिना तामाङ, तुलसा मैनाली, आस्था, सविता कार्की, सुशीला अधिकारी, शारदासिंह ठकुरी, दुर्गा भवानी भट्ट, कविता कुमारी, विष्णु खनाल अधिकारी र रञ्जना पराजुली लंसाल रहेका थिए।

यस्तै शिक्षिका तथा महिला कर्मचारीतर्फ शशी लामा, विजया बस्नेत, सुभद्रा सेढाई, कल्पना गौतम तिमल्सिना, लक्ष्मी आचार्य, गीता बराल, सुमित्रा श्रेष्ठ, दुर्गा लामिछाने, एलिना अधिकारी, कल्पना न्योपाने, विद्या न्यौपाने, सलिना भुजेल, किसनकुमारी गुरुङ, राधा कोइराला, वृन्दा ढुंगाना, शर्मिला तिमल्सिना, सरिता दुलाल घिमिरे, रेखा अर्याल, विणा नेम्फुला श्रेष्ठ, गंगा खड्का, रुवि सत्याल, शर्मिला विक, रीता बन्जारा, हिमा पौडेल, सपना महर्जन, पूजा तामाङ, ईश्वरी खत्री, रश्मिता खत्री, अनिता नेपाल, तिलश्मी भण्डारी, क्रान्ति शर्मा, यशोदा दाहाल र धन शोभा खड्का सहभागिता रहेका थिए।

दुवै समूहको लेखिएको कथा परीक्षणार्थ निर्णायकहरूलाई तत्कालै प्रदान गरिएको छ। विभिन्न चरणमा मूल्याङ्कन गरी प्राप्त नतीजा बमोजिम प्रथम, द्वितीय र तृतीय तथा सान्त्वना दुई गरी १० जना पुरस्कारका लागि छानिने छन्। छानिएका स्रष्टाहरूलाई अर्को कार्यक्रम नगद र प्रमाणपत्र प्रदान गरिनेछ।
अर्को समाचार
नगरपालिकाको सहयोगमा छात्रा छन्दकविता प्रतियोगिता
१६ माघ २०८१
•
२ मिनेट पाठ
नगरपालिकाको सहयोगमा छात्रा छन्दकविता प्रतियोगिता
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजले महिला साहित्यिक जागरण अभियान अन्तर्गत कक्षा १० सम्मका छात्राहरूको छन्दकविता वाचन प्रतियोगिता गरेको छ। विद्यार्थीहरूमा शास्त्रीय छन्दमा रुचि जगाउन आयोजना भएको उक्त कार्यक्रममा काठमाडौँका ४१  स्कुलका ७९ विद्यार्थीले भाग लिएका थिए।




यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रवक्ता एवं गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको प्रमुख आतिथ्य तथा महाकाव्यकार सीता भट्टराईको विशिष्ट आतिथ्य रहेको थियो।

प्रमुख अतिथिले पानसमा बत्ती बालेर उद्घाटन गरेको यस कार्यक्रममा छन्दकवि ओमप्रसाद कोइराला र छन्दकवि उत्तम विचार तथा प्रेक्षा लम्सालको सुमधुर कविता वाचनले रौनक छाएको थियो। विद्यार्थीहरूलाई छन्दकविता वाचनको प्रशिक्षण महाकाव्यकार गोविन्द घिमिरेले दिएका थिए भने छन्दकवि शान्ति सापकोटा, मेनका पोखरेल आचार्य र परशुराम पराशर निर्णयकको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नारायणबहादुर सुवेदीले यस्तो प्रभावकारी कार्यक्रममा नगरपालिकाले सहयोग गरेको कुरा बताए। विद्यार्थीहरूमा नै छन्द सम्बन्धी जानकारी र लयको बोध गराउन सके साहित्यले नव पुस्तालाई समेट्ने बताए। सुवेदीले यस्ता कार्यक्रमले धेरैमा प्रभाव पार्ने हुनाले समयसमयमा गरिरहनुपर्ने बताउँदै अभिनवले यस किसिमका कार्यक्रम गरेकोमा गोकर्णेश्वर नगरपालिकाको तर्फबाट शुभकामना व्यक्त गरेका थिए।

यस छन्दकविता वाचनप्रतियोगितामा सरस्वती मा. वि, भेनस पब्लिक स्कुल, लड्स लाइट एकेडेमी, उत्तर बाहिनी बोर्डिङ स्कुल, गोकर्णेश्वर महादेव इङ्लिस सेकेन्डरी स्कुल, इडनब्रिज एकेडेमी, लर्डबुद्ध सेकेन्डरी स्कुल, ग्लोबल पब्लिक स्कुल, टाइमलाइन स्कुल, सेन्टिनियल मावि, मनकामना मावि, इष्टपोल मावि, महेन्द्र बौद्ध मावि, अरुणिमा शिक्षा सदन, नव अरुणिमा मावि, कुमारी आवासीय मावि, महान् सिद्धार्थ हाई स्कुल, काठमाडौँ इन्टरनेसनल स्कुल, बालसंसार मावि, साङ्ग्रिला पब्लिक स्कुल, बालविकास बोर्डिङ हाइस्कुल, जेनिसिस एकेडेमी, स्वर्ण शिक्षा, आकाशदीप मावि, एलिड ग्रान्ड स्कुल, सुनौलो भविष्य बोर्डिङ स्कुल, बौद्ध इङ्लिस सेकेन्डरी स्कुल, सुसंस्कार एकेडेमी, रिपुमर्दिनी सैनिक मावि, चाल्र्स डार्विन मावि, नवसुन्ताखान एकेडेमी, प्रोग्रेसिभ सेकेन्डरी स्कुल, त्रिकोण पब्लिक स्कुल, मानास्लु वल्र्ड स्कुलले भाग लिएका थिए।

करिब १७० छात्राको भव्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ इन्टरनेसनलकी आर्या घिमिरेले पहिलो, टाइमलाइन स्कुलकी प्रशंसा भुजेलले दोस्रो, मनास्लु वल्र्ड स्कुलकी युनिका दाहालले तेस्रो र एलिड ग्रान्ड स्कुलकी आर्याश्री चौलागाई र बालविकास बोर्डिङ स्कुलकी दिछेन तितुङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए।

पुरस्कृत छात्राहरूलाई पुरस्कारस्वप नगदसहित प्रमाण पत्रप्रदान गरिएको थियो। यस कार्यक्रममा विद्यार्थीलाई मनोरन्जन दिनका लागि बिचबिचमा विभिन्न खेल खेलाई खेलमा विजयीलाई पुरस्कारसमेत दिइएको थियो। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस