‘नेपालमा हाब्रे (रेडपान्डा)’ पुस्तक इलाममा विमोचन गरिएको छ।
पाँचथरस्थित नेपाल पत्रकार महासंघ शाखाका निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटाले सम्पादन गरेको पुस्तकमा रेडपान्डासम्बन्धी विभिन्न जानकारीमूलक लेख प्रकाशित छन्।
इलामस्थित डिभिजन वन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, प्रदेश सरकारको वन मन्त्रालयका सचिव विशाल घिमिरेलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरे।
पुस्तकमा विभिन्न १६ लेख प्रकाशित छन्। रेडपान्डाको अवस्था, संरक्षणका लागि भएका प्रयास, चुनौती र सम्भावनालाई पुस्तकमा केलाइएको छ। रेडपान्डा नेटवर्क र दीपज्योति युवा क्लबले पुस्तक प्रकाशन गरेका हुन्।
इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा पाइने गरेको छ। तर, मानवीय कारणले यो जन्तु संरक्षणमा चुनौती देखिएको छ।
विश्वका पाँच देशमा मात्र रेडपान्डा पाइने तथ्यांक छ। देशका १३ जिल्लामा अहिले रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालनमा छ। जैविक विविधता संरक्षणमात्र नभई पर्यटनमा समेत रेडपान्डा आकर्षण बन्ने गरेको छ।