१) मुक्तक
देखाउने रवाफ छ भित्र खोक्रो देखिँदैन्
बडोपनको स्वभाव छ बाहिरी बोक्रो लेखिदैन्
को गर्दैछ बेइमानी बुझ्छ, कसले कहिले खै?
तयारीमै जवाफ छ गुदी छोक्रो फेकिँदैन।
२) मुक्तक
कति कुरा मनैबाट मीठो हुन्न किन होला
कति कुरा बेलाबाट छिटो हुन्न किन होला
ठिक लाग्दैन् तर पनि गर्नै पर्ने बाध्यता जुन
कति कुरा मेलैबाट तीतो हुन्न किन होला।
३) मुक्तक
अप्ठ्यारोमा साथ खोज्ने सहयात्री भेटे पनि
आफन्तकै नाता गाँसी आफ्नै गला रेटे पनि
निस्वार्थ छ जीवन किन गुनासो खै केका लागि
पाइला चल्ने त्यति त हो गोरेटो नै मेटे पनि।
४) मुक्तक
नजानेरै बितिजाने जिन्दगीको कथा बन्यो
नछानेरै रित्तिजाने यौवनको व्यथा बन्यो
न त सक्छौं मन खोली समाजमा आँसु झार्न
नमानेरै सिद्दिजाने सङ्कल्पको जेथा बन्यो।
५)मुक्तक
भोक छ सबैभित्र मेटिने लौ आश छैन
रोग छ जताततै भेटिने यहाँ खास छैन
कसले भन्छ यात्री नै हो छोडिन्छ दोबाटोमा
दोख छ मुटुभित्र रेटिनेको त्रास छैन।
६) मुक्तक
क्षणभरमै रित्तिजाने यो तेल जिन्दगीको
पलभरमै बितिजाने खेल जिन्दगीको
नियन्ता छ देखिन्न लौ कुन यन्त्र चल्छ कहाँ
एकै क्षणमा सिद्दिजाने भेल जिन्दगीको।
७) मुक्तक
फालिरहन्छ पासो यहाँ काल जिन्दगीको
हालिरहन्छ छेको यहाँ जाल जिन्दगीको
सक्ने छैन कोही पनि उसको दुश्चक्रको
गालिरहन्छ बाटो यहाँ खाल जिन्दगीको।
८) मुक्तक
चेतना छ, विवेक छ, बुद्धिमान् छ मान्छे
परिश्रम छ, निमेक छ, शक्तिवान् छ मान्छे
एक मुठी सासले छाड्दा बनिहाल्छ मुढो
अकडो छ, कमलो छ, जुक्तिवान् छ मान्छे।
९) मुक्तक
न यो मन मिल्छ न विचार मिल्छ
न स्वभाव मिल्छ न आचार मिल्छ
बसेका छन् कति एउटै छाना मुनि
न शरीर मिल्छ न आकार मिल्छ।
१०) मुक्तक
खन्नु छैन बाटो अब हिंड्नु छैन भने
बन्नु छैन लाटो अब भिड्नु छैन भने
दुई छाके मान्छे बने केको तेरोमरो
गन्नु छैन खाटो अब गिंड्नु छैन भने।
देखाउने रवाफ छ भित्र खोक्रो देखिँदैन्
बडोपनको स्वभाव छ बाहिरी बोक्रो लेखिदैन्
को गर्दैछ बेइमानी बुझ्छ, कसले कहिले खै?
तयारीमै जवाफ छ गुदी छोक्रो फेकिँदैन।
२) मुक्तक
कति कुरा मनैबाट मीठो हुन्न किन होला
कति कुरा बेलाबाट छिटो हुन्न किन होला
ठिक लाग्दैन् तर पनि गर्नै पर्ने बाध्यता जुन
कति कुरा मेलैबाट तीतो हुन्न किन होला।
३) मुक्तक
अप्ठ्यारोमा साथ खोज्ने सहयात्री भेटे पनि
आफन्तकै नाता गाँसी आफ्नै गला रेटे पनि
निस्वार्थ छ जीवन किन गुनासो खै केका लागि
पाइला चल्ने त्यति त हो गोरेटो नै मेटे पनि।
४) मुक्तक
नजानेरै बितिजाने जिन्दगीको कथा बन्यो
नछानेरै रित्तिजाने यौवनको व्यथा बन्यो
न त सक्छौं मन खोली समाजमा आँसु झार्न
नमानेरै सिद्दिजाने सङ्कल्पको जेथा बन्यो।
५)मुक्तक
भोक छ सबैभित्र मेटिने लौ आश छैन
रोग छ जताततै भेटिने यहाँ खास छैन
कसले भन्छ यात्री नै हो छोडिन्छ दोबाटोमा
दोख छ मुटुभित्र रेटिनेको त्रास छैन।
६) मुक्तक
क्षणभरमै रित्तिजाने यो तेल जिन्दगीको
पलभरमै बितिजाने खेल जिन्दगीको
नियन्ता छ देखिन्न लौ कुन यन्त्र चल्छ कहाँ
एकै क्षणमा सिद्दिजाने भेल जिन्दगीको।
७) मुक्तक
फालिरहन्छ पासो यहाँ काल जिन्दगीको
हालिरहन्छ छेको यहाँ जाल जिन्दगीको
सक्ने छैन कोही पनि उसको दुश्चक्रको
गालिरहन्छ बाटो यहाँ खाल जिन्दगीको।
८) मुक्तक
चेतना छ, विवेक छ, बुद्धिमान् छ मान्छे
परिश्रम छ, निमेक छ, शक्तिवान् छ मान्छे
एक मुठी सासले छाड्दा बनिहाल्छ मुढो
अकडो छ, कमलो छ, जुक्तिवान् छ मान्छे।
९) मुक्तक
न यो मन मिल्छ न विचार मिल्छ
न स्वभाव मिल्छ न आचार मिल्छ
बसेका छन् कति एउटै छाना मुनि
न शरीर मिल्छ न आकार मिल्छ।
१०) मुक्तक
खन्नु छैन बाटो अब हिंड्नु छैन भने
बन्नु छैन लाटो अब भिड्नु छैन भने
दुई छाके मान्छे बने केको तेरोमरो
गन्नु छैन खाटो अब गिंड्नु छैन भने।