७५ औ प्रजातन्त्र दिवसका अवसरमा ‘कपिलवस्तुको शान कपिलवस्तु महाधाम’ नामक कृति विमोचन गरिएको छ । पूर्व शिक्षिका कमला श्रेष्ठले दोश्रो कृत्तिको रुपमा लेखेको सो विमोचन गरिएको हो ।
सृजनशील नारी साहित्य केन्द्र र कमला श्रेष्ठ साहित्य पुरस्कार संरक्षण केन्द्रले तौलिहवामा प्रजातन्त्र दिवसका अवसरमा राखेको रचना वाचन, कृति विमोचन तथा कवि गोष्ठीमा नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, वरिष्ठ साहित्यकार हरिराज शर्मा, साहित्यकार पार्वती शर्मा लगायतले सो कृति विमोचन गरेका हुन । साहित्यकार श्रेष्ठले यस अघि १० बर्ष पहिले ‘ म र मेरो परिवेश ’ नामक कृत्ति लेखेकी थिइन ।
सो अवसरमा वरिष्ठ साहित्यकार हरिराज शर्माले ७० बर्ष उमेर काटेर पनि साहित्य सूचना गर्नु आफैमा महत्त्वपूर्ण काम भएको बताए । उनले विगत केही बर्ष यता कपिलवस्तुमा कवि गोष्ठी , विमोचन लगायतका कार्यक्रम निरन्तर भइरहेकोमा खुसी व्यक्त गरे। उनले भवनी भिक्षु र लोटा साथी जस्ता साहित्यकार जन्माएको कपिलवस्तुमा सबै मिलेर साहित्य क्षेत्रको विकास गर्नु पर्ने बताए ।
साहित्यकार पार्वती शर्माले आफ्नो कविता वाचन गर्दै नारीहरूलाई पुरुष सरह अवसर र हौसला दिनु पर्ने बताईन । उनले नारीहरू समेत अहिले साहित्यप्रति रुचि देखाएको खुसी व्यक्त गरिन । सो अवसरमा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले नगरपालिकाले साहित्य क्षेत्रमा निरन्तर सहयाेग गरिरहेको बताए ।उनले प्राचीन नगरी कपिलवस्तुलाई चिनाउन साहित्यकारको समेत ठुलो हात हुने उनले बताए ।
कार्यक्रममा पशुपति मणि त्रिपाठी त्रिपाठी, ससुमई शाक्य, रबिचन्द्र शाक्य, सकुन्तला पौडेल, इन्दिरा देवकोटा लगायतले आ– आफ्नो रचना सुनाएका थिए । कार्यक्रम सकुन्तला पौडेलको अध्यक्षतामा भएको थियो ।