नायिका ऋचा शर्माले गायिका एलिना चौहानलाई सान्त्वना दिएकी छिन्। गायिका चौहान स्टेजमा गाउँदै गर्दा भक्कानिएको एक भिडियो क्लिप भाइरल भएपछि उक्त भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै ऋचाले एलिना साहसी महिला भएको भन्दै उनको आँटलाई सलाम गर्दै सान्त्वना दिएकी हुन्।
एलिनाको वैवाहिक सम्बन्ध र उनको संगीतको प्रशंसा गर्दै ऋचाले भनिन्, 'तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्यो होला, परिवारले चिन्ता व्यक्त गर्यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ।'
ऋचा अगाडि लेख्छिन्, 'साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ। विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन। जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन।'
ऋचाले गायिका चौहानको आटलाई सलाम गर्दै उनको यो निर्णयमा आफ्नो साथ रहेको पनि उल्लेख गरेकी छिन्। उनले एलिनाको उक्त निर्णयले अझ बलियो बनाउन र स्वर र संगीत संसारभरि गुञ्जिरहोस भन्दै शुभकामना पनि दिएकी छिन्।
'तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुञ्जिरहोस्। यदि कहिल्यै थाक्यौ भने, सम्झनू तिमी एक यस्ती साहसी आत्मा हौ जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैं कोरिन्,' उनले भनिन्।