'एलओडी' २०२५ का लागि पुनः डिजे म्यागको नोमिनेसनमा
२६ पौष २०८१
•
१ मिनेट पाठ
'एलओडी' २०२५ का लागि पुनः डिजे म्यागको नोमिनेसनमा
‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो।




म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोटका लागि पनि अपिल गरेको छ।  

माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ। एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ। मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ। प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्ने छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नु पर्नेछ।

‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२, सन् २०२३ मा ४९ र सन् २०२४ मा ५० औँ स्थानमा परिसकेको छ। 

एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परिसकेकाले क्लबीङ व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताए। व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उनको भनाइ छ।

क्लब नोमिनेसनमा परेसँगै भोटिङ्ग अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिए। विगतका दिनमा जस्तै विभिन्न माध्यमबाट भोटिङ अभियान चलाउने उनको भनाइ छ।
अर्को समाचार
लाइभ शोमा युवतीलाई चुम्बन गरेपछि विवादमा उदित नारायण, स्पष्टीकरणमा के भने ?
२० माघ २०८१
•
२ मिनेट पाठ
लाइभ शोमा युवतीलाई चुम्बन गरेपछि विवादमा उदित नारायण, स्पष्टीकरणमा के भने ?
गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ। भिडियो लाइभ कन्सर्टको हो, जसमा उदितले आफ्ना महिला फ्यानहरूलाई चुम्बन गरिरहेको देखिन्छ। अहिले उनी सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेका छन्। महिला फ्यानमाथि गरिएको यो व्यवहारमाथि उनका प्रशंसकहरूले प्रश्न उठाइरहेका छन्। तर, उदितले भाइरल भिडियोमा आफ्नो स्पष्टीकरण दिएका छन्।




भाइरल भिडियोमा उदित शोमा फिल्म ‘मोहरा’ को हिट गीत ‘टिप–टिप बरसा पानी’ गाउँदै गरेको देखिन्छ। त्यसपछि केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुग्छन्। उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् र त्यसपछि उनको गालामा चुम्बन गर्छन्। यसपछि गायक स्टेजको अर्को छेउमा गएर त्यहाँ उभिएको बाउन्सरलाई फ्यानलाई स्टेजको नजिक आउनबाट नरोक्न संकेत गर्छन्। त्यसपछि एक महिला फ्यान स्टेजको नजिक जान्छिन्, जहाँ उदित सेल्फीका लागि स्टेजमा घुँडा टेक्छन् र फोटो खिच्छन्। उदितलाई ती युवतीले गालामा चुम्बन गर्छिन् त्यसपछि उदितले उनको ओठमा चुम्बन गर्छन्।

भिडियोलाई लिएर हंगामा भएपछि गायक उदित नारायणले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा लामो स्पष्टीकरण दिएका छन्। उनले यसलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन्। उदितले भनेका छन्, 'फ्यानहरू धेरै पागल हुन्छन्। हामी त्यस्तो होइनौं। हामी सभ्य मानिस हौं। यो कुरा भाइरल बनाएर के गर्ने? भीडमा धेरै मानिसहरू थिए र हामीसँग अंगरक्षकहरू पनि थिए। तर फ्यानहरूले हामीलाई भेट्ने मौका पाउनु पर्छ जस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हातमा चुम्बन गर्छन्। यो सब पागलपन हो, यसमा त्यति ध्यान दिनु हुँदैन।'

उदित आफ्नो स्पष्टीकरणमा भन्छन्, ‘म यो उद्योगमा आएको ४६ वर्ष भयो। मेरो छवि यस्तो भएको छैन। जब फ्यानहरूले मलाई माया गर्छन्, म हात जोड्छु। यो समय फर्केर आउला कि नआउला भनी सोच्दै मञ्चमा निहुरिए।'

उदितले अगाडि भने, 'मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद चाहादैनन्। मेरो छोरा आदित्य सधैं शान्त हुन्छ। विवादमा आउँदैन। जब म स्टेजमा गाउँछु मयो पागलपन हो। फ्यानहरूले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस्। खैर, हामी यस प्रकारका मानिसहरू होइनौं। हामीले पनि उनीहरूलाई खुसी बनाउनुपर्छ।'

सामाजिक सञ्जालमा गायकका बारेमा विभिन्न खालका कुराहरू लेखिएका छन्। यसअघि केही मानिसहरूले यो एआई-जेनरेट गरिएको भिडियो भन्दै आएका थिए।

भिडियो सेयर गर्दै राहुल कुमार नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदित यति निर्लज्ज कसरी हुन सक्छन्। उहाँप्रतिको मेरो सम्मान आजदेखि समाप्त भयो। आफ्नी छोरी उमेरका केटीहरूसँग उनको यस्तो व्यवहार अपेक्षित थिएन।’ 

सोही क्रममा चिली विथ चेतन नामका अर्का एक प्रयोगकर्ता लेख्छन्, ‘मलाई आफ्नो आँखामा विश्वास लागेको छैन। यो के हुँदैछ। हामी यी सेलिब्रेटीहरूलाई भगवान् मान्छौँ।' एजेन्सी
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस