चलचित्र विकास बोर्डले ११ फिल्महललाई काट्यो पत्र
२० मंसिर २०८१
•
२ मिनेट पाठ
चलचित्र विकास बोर्डले ११ फिल्महललाई काट्यो पत्र
चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्ने ११ वटा फिल्म हलहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेर पठाएको छ।




बुधबार बोर्ड अध्यक्ष दिनेश डिसीले प्रदर्शनको नियम उल्लंघन गर्ने ११ वटा फिल्म हलहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै मोरङ, रूपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटाको जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र लेखेर पठाएको जानकारी दिए।

‘मोरङ, रूपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटामा रहेका ११ फिल्म हलहरूले लामो समयदेखि इजाजतपत्र नवीकरण नगरीकन सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजतसमेत नलिएका फिल्म हलहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै विभिन्न जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र पठाएका छौं।’

यसअघि बोर्डले एक सूचना जारी गर्दै फिल्म हलहरूलाई सचेत गराएको थियो। सूचना जारी भएपछि १२ वटा फिल्म हलहरूले नवीकरण गराएका छन् भने ११ फिल्म हलले अटेर गरेका कारण पत्र काटिएको उनले बताए।

‘११ फिल्म हलहरूले हाम्रो आग्रहलाई अटेर गरेर कानुनी दायरामा आउन आनकानी गरी बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि लिएर फिल्म हलमा प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट फेरि फिल्म हल खोल्न नपाइने हुन सक्छ।’

बोर्डका अनुसार हाल देशभरमा एक सय ५८ वटा फिल्म हलहरूमा ४१ हजार २८६ सिट सञ्चालनमा रहेका छन्। सबैभन्दा धेरै बागमती प्रदेशमा ६७ फिल्म हलमा १४ हजार ६ सय ५९ सिट, मधेस प्रदेशमा २४ हलमा नौ हजार एक सय ७८ सिट र कोशी प्रदेशका २६ फिल्म हलमा ६ हजार चार सय १८ सिट सञ्चालनमा रहेका छन् भने लुम्बिनी प्रदेशमा २४ फिल्म हलमा पाँच हजार नौ सय २२ सिट, गण्डकी प्रदेशमा १४ फिल्म हलमा चार हजार तीन सय २१, कर्णाली प्रदेशमा दुई फिल्म हलमा तीन सय ३१ र सबैभन्दा कम सुदूरपश्चिममा एउटा फिल्म हलमा तीन सय ९७ सिट सञ्चालनमा रहेका छन्।
अर्को समाचार
इलाममा बालचलचित्र महोत्सव
११ जेष्ठ २०८२
•
३ मिनेट पाठ
इलाममा बालचलचित्र महोत्सव
चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित ‘बालचलचित्र महोत्सव’, इलाम जेठ ५ देखि सुरू भएको थियो भने विविध कार्यक्रमकाे साथ समापन भएको छ।




सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा भूमिका खेलेको छ।

महोत्सवमा बालचलचित्र निर्माण प्रशिक्षण कार्यशाला मार्फत ३७ विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइएकाे थियाे भने विशिष्ट कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार भएको लघुचलचित्र ‘हजार सपनाहरू’ को प्रभावशाली प्रदर्शनले सिर्जनशीलता र आत्मविश्वासको सन्देश दिएको छ।

यसैगरी सिनेमा साक्षरता अभियान अन्तर्गत घुम्ती सिनेमा इलाम बजार र श्रीअन्तु विद्यालयहरूमा सडकमा प्रदर्शन गरिएकाे थियाे। जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकहरूले चलचित्र हेर्ने नयाँ अनुभव गरेका थिए।

इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘एन्जिला’ सो चलचित्रका निर्माता तथा निर्देशकको उपस्थितिमा इलाम बजार चोकको एलईडी स्क्रिनमा प्रदर्शन गरिएको थियो।

महोत्सवमा बालचलचित्र प्रदर्शनी अन्तर्गत ‘शिलावाला’, ‘घुर्रा’,  ‘द स्कुल वाल’ र ‘पाउलो’ चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत गरिएकाे थियाे। सेलिब्रेटीसँग बालबालिका अन्तर्गत वसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदिप पराजुली, पुनम क्षेत्री लगायतले बालबालिकासँग खुला संवाद गरेका थिए।

समापन समारोह इलाम नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णुकुमारी लिम्बू, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विशिष्ट कलाकार र चलचित्रकर्मीहरूसहित नायिकाहरू वसुन्धरा भुसाल, गौरी मल्ल, कलाकार मोहन निरौला, साहित्यकार राधेश्याम लेकाली, निर्देशकहरू जनकदीप पराजुली, पुनम क्षेत्री, श्रीदेव भट्टराई आदिको सहभागिता रहेकाे थियाे।

इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन दुई चलचित्र घरको प्रवर्द्धनमा समेत यस कार्यक्रमले भूमिका खेल्ने विश्वास गरिएको छ। समापन समारोहमा बोल्दै मेयर थापाले भने, ‘इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरता चलचित्र मार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी हुन्छन्। यहाँ छायांकन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने, ‘सिनेमाले सिर्जना मात्रै होइन, शिक्षा र पर्यटन पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गर्‍यो। यो महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारप्रसारमा पनि सहयोगी हुने विश्वास लिएका छौं।’

पर्यटन प्रवर्द्धनमा सेलीब्रेटीहरूले ‘चलचित्र छायांकनको लागि इलाम’ लेखिएको टिसर्ट लगाएर इलामको भ्रमण गरे, जसले छायांकनका लागि इलाम उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गरेकाे थियाे। चलचित्र विकास बोर्डको नेतृत्वमा सम्पन्न यो महोत्सवले बालबालिकाहरूको सिर्जनात्मक क्षमता विकास, स्थानीय स्तरमा सिनेमा चेतना अभिवृद्धि, र इलामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएकाे छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस