सुपर हिट चलचित्रमा पर्दा पछाडि सारङ्गी रेट्ने ‘हेमन्त कान्छा’
२२ कार्तिक २०८१
•
२ मिनेट पाठ
सुपर हिट चलचित्रमा पर्दा पछाडि सारङ्गी रेट्ने ‘हेमन्त कान्छा’
भुईँसम्मै टेकेँ मैले तिमी टेक्नु धुरी




पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु.. हालेर काँधे कुरी

अहिले नेपाली सिनेमा घरका पर्दामा कब्जा जमाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा धुरुक्कै रुवाउने सारङ्गी गीतको केही अंश हो यो । यो गीतको धुन जुराउन सारङ्गी वादक हेमन्त कान्छा रसाइलीले धेरै मेहनत गर्नुपरेको थियो ।  

सारङ्गी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल)को सङ्घर्ष र दैनिकीमा आधारित चलचित्रमा गुन्जिएका सबैजसो सारङ्गीका धुनहरू तीनै हेमन्त कान्छाले पर्दा पछाडि बसेर बजाउँदै दिएका हुन् ।  

बाबु–छोराको सम्बन्धलाई मार्मिक रूपमा वर्णन गरिएको चलचित्रमा गन्धर्वको कथा र सारङ्गीमा आधारित जीवन सङ्घर्षले नै दर्शकलाई हलभित्र र बाहिर भावुक बनाइरहेको छ। सिङ्गै चलचित्र नै नायक बराल र सारङ्गीको धुनसँगै निस्किएको गीतसँगै जोडिएको विषयवस्तु वरिपरि घुमेको छ ।  फिल्ममा बजेका सारङ्गी धुनबारे धेरैलाई थाहा नभए पनि चलचित्र युनिटले नै प्रचारप्रसार गरेकामा हेमन्त कान्छा उत्साहित छन् ।  

म्याग्दीको मालिका गाउँपालिका–४ का स्थायी बासिन्दा हेमन्त कान्छाले यो चलचित्रमा मात्र नभई अन्य हिट चलचित्रहरू छक्का पन्जा, कुसुम ९रुकुम मैकोट०, ज्वाइँ साब, महापुरुष, प्रसाद, दर्पण छाया–२, परदेशी लगायत करिब २० ओटामा सारङ्गी धुनहरू दिएका छन्। पर्दा पछाडि बसेर होस् वा अगाडी, आफ्नो कर्मप्रति गर्व गर्ने सारङ्गी वादक रसाइली हालसम्म करिब १५ सयभन्दा बढी गीतमा सारङ्गीको धुन मिसाएका छन् ।

चलेकै चलचित्रमा आफूले सारङ्गीको धुन दिन पाउँदा उनी औधी खुसी पनि छन् । ‘चलेका नेपाली फिल्ममा पर्दापछाडि बसेर काम गर्न पाउँदा निकै खुसी छु,’ हेमन्त कान्छा सन्तोष व्यक्त गर्दै भन्छन्, ‘अहिलेसम्म हिट फिल्महरूमा सहकार्य गर्न पाउँदा थप मेहनत गर्ने ऊर्जा थपिएको छ।’ पछिल्लो समय त नेपालमा बन्ने नयाँ चलचित्रमा सारङ्गीको धुन चाहिए सबैले सम्झिने व्यक्ति नै हेमन्त कान्छा बनेका छन् । जसले आफूलाई चुनौती पनि थपेको अनुभव सुनाउँछन् ।  

हेमन्त कान्छाका हात सारङ्गी मात्र होइन, तबला र हार्मोनियममा पनि उत्तिकै पोख्त छन् । उनी सङ्गीतकार मात्र पनि होइनन्, सँगसँगै राम्रो गीत पनि गाउँछन् ।  यस अर्थमा उनी  बहुप्रतिभाशाली कलाकार हुन् ।

०५८ सालमा सुन्दर भविष्य खोज्दै म्याग्दीबाट काठमाडौं हानिएका हेमन्त कान्छा सुरुमा जापान जाने सपनामा थिए । जापानमा भविष्य राम्रो छ भनेर कमाएको पैसा समेत फसाएका उनी त्यसपछि विदेशको सपना त्यागेर साङ्गीतिक क्षेत्रमा लागेको बताउँछन् । कतिसम्म भने विदेश जाने सपनामा दलाललाई दिएर  फसाएको पैसा समेत उनले सारङ्गी रेटेरै तिरेको अनुभव उनीसँग छ ।

‘यसर्थ मेरो चिनारी यही सारङ्गी हो, साथी नै सारङ्गी हो,’ हेमन्त कान्छा भन्छन् । रहर र चाहना हुँदैमा जो कोही सारङ्गी बजाउन नसक्ने पनि उनी बताउँछन् । धेरै मेहनत गरेर उत्कृष्ट धुन निकाल्ने नै सफल हुने उनको बुझाई छ ।  

अहिले हेमन्त स्वदेश तथा विदेशमा साङ्गीतिक यात्रामा समेत निस्कने गरेका छन् ।  आफ्नो साङ्गीतिक यात्रा यो स्थानमा पुग्दा दिनरातको मेहनत र परिवारको साथबाट सम्भव भएको उनी सुनाउँछन् ।  
अर्को समाचार
‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश
०५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश
चलचित्र 'महाराजधिराज'मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन्। स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै 'महाराजधिराज'ले राउतलाई अनुबन्ध गरेको हो।




हालसम्मको कलाकारको लाइनअप हेर्दा 'महाराजधिराज'मा स्टारकास्टको भीड लाग्ने देखिएको छ। 'महाराजधिराज'मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन्।

आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन्। जयकिशन बस्नेतले पनि 'महाराजधिराज'मा साइन गरिसकेका छन्।

'महाराजधिराज'लाई परिच्छेद सेनले निर्देशन गर्दै छन्। 'महाराजधिराज'को पोस्टर यसअघि नै रिलिज भइसकेको छ।

यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ। सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा 'प्रेमगञ्ज' समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने 'महाराजधिराज'का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि 'बुलाकी' निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो।

सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस