नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीबिच सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ।
मंगलबार गायिका समीक्षा अधिकारीले पूजाले पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै समीक्षाले फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी थिइन्।
त्यसको जवाफमा पूजाले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्ने नै बताएकी छिन्। 'आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,' उनले फेसबुकमा लेखेकी छन्।
यो विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि आफूलाई लक्षित गरेकाले बोल्न बाध्य भएको पूजाले बताएकी छिन्।
उनले लेखेकी छिन्,'मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला। त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु, चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै।'
त्यसअघि समीक्षाले सत्य के हो आफूलाई, उसलाई र भगवानलाई मात्र थाहा भएको बताउँदै पोडकाष्टहरू न्यायाधीश बनेको लेखेकी थिइन्।
उनले लेखेकी छिन्, 'अदालत नै पोडकाष्टहरु हुन भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन भने उति बेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र माफी दिएर साबित गरिदिएँ।'
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...