नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन्। समाजको सम्पन्न अठाराैं साधारण सभा तथा दशाैं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति, कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले रोदनको नेतृत्वमा २ वर्षको निम्ति उपाध्यक्ष डा. षडानन्द कंडेल, महासचिव देविका तिमिल्सिना, कोषाध्यक्ष तारा सुवेदी, सचिव प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव विडारी, रञ्जना निरौला, डा. शान्तिमाया गिरी निर्विरोध निर्वाचित भए।
नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने उक्त सभा एवं अधिवेशनको पानसमा द्धिप प्रज्ज्वलित गरी वैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा धेरै काम गरेको भन्दै समाजले विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुद बनाउन लागिपरेकोमा खुशी व्यक्त गरे।
समाजले गैह्र सरकारी स्तरबाट खुला सत्रमा नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भैरहेको बताउँदै बंगलादेशमा हमेशा नेपाली साहित्यकारहरूको स्वागतार्थ तत्पर रहेको बताउँदै अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।
अर्का अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकारद्वय तथा समाजका सल्लाहकार रोचक घिमिरे र नगेन्द्र राज शर्माले शुभकामना मन्तव्य राखेका थिए।
यसैगरी पूर्व बंगलादेशका राजदुत तथा अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबिच भएको धार्मिक,साँस्कृतिक,भाषा साहित्यको बिचमा समानता रहेको धारणा राख्दै अधिवेशनको भव्य सफलताको निम्ति शुभकामना व्यक्त गरे।
भारत, बंगलादेश,चीन लगायतका छिमेक्री मुलुकहरूबिच साहित्यिक भ्रमणसँगै आदानप्रदान भैरहेको कार्यको निम्ति उनले प्रशंसा व्यक्त गरे।
बंगलादेश दुताबासका प्रथम सचिव हुमायुन कबिरले शुभकामना व्यक्त गरे भने चिनियाँ साँस्कृतिक केन्द्रले पठाएको लिखित शुभकामना मन्तव्य वाचन गरेर सुनाइएको थियो।
समाजका उपाध्यक्ष चेतनाथ कंडेलले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए भने सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेका थिए।
बन्द सत्रले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो भने विधान संशाेधन समितिले पेश गरेको संशाेधन प्रस्ताव समेत पास गरेको थियो।
बन्द सत्रमा निर्वाचन समितिका संयोजक पवन आलोक, सदस्य विधान आचार्य र प्राडा लक्ष्मणप्रसाद गौतम रहेका थिए।
निर्विरोध निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचन समिति संयोजकले प्रमाणपत्र वितरण गरी सपथ ग्रहण गराएका थिए।
रण-अम्बिका शाह सेवा गुठी, नेपालले साहित्यिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिलाई २०८२ सालको ‘रण-अम्बिका शाह सेवा पुरस्कार’ प्रदान गरेको छ।
शनिबार काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक प्राडा मृगेन्द्रराज पाण्डेले समाजसेवी उज्ज्वलविक्रम थापा र साहित्यिक संस्था नेपाल स्रष्टा समाजलाई उक्त पुरस्कार प्रदान गरे।
स्रष्टा समाज तथा समाजसेवी थापालाई पुरस्कारका साथ जनही नगद राशि एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएकाे थियाे। समाजको पुरस्कार समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले ग्रहण गरे।
प्रमुख अतिथि प्राडा पाण्डेले गुठीले गरेको सामाजिक कामको प्रसंशा गर्दै सबैले राम्रो काम गर्दै जानुपर्नेमा जोड दिए।
उक्त अवसरमा गुठीले विभिन्न सात संस्थालाई आर्थिक सेवा सहयोग प्रदान गरेको छ। यस वर्ष सेवा सहयोग प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय युवा सेवा कोष, अन्तरदृष्टि नेपाल, जोन्ता क्लब, नेपाल चिकित्सा मनोविद् संघ, प्राकृतिक स्वास्थ्य संस्था, बाल शान्ति गृह र जोन्ता क्लब मार्फत एक अन्य संस्था रहेको छ।
कार्यक्रममा गुठीका सचिव किरण थापाले साहित्यका माध्यमबाट समाजका लागि भाषा, संस्कृतिको उत्थानमा करिब दुई दशकदेखि क्रियाशील संस्था नेपाल स्रष्टा समाजलाई र एसिड आक्रमणबाट पीडित महिला तथा जलनबाट पीडितहरूको सेवामा निरन्तर समर्पित समाजसेवी उज्ज्वलविक्रम थापालाई, तिनको सामाजिक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको बताए। उनले सात संस्थालाई पनि नगद राशिसहित आर्थिक सहयोग गरिएको उल्लेख गरे।
पुरस्कृत संस्था स्रष्टा समाजका अध्यक्ष साहित्यकार रोदनले स्रष्टा समाज र यसले गरेको कामका बारेमा जानकारी दिँदै यो पुरस्कारले आफूहरूको उर्जा थपिएको बताए। अर्का पुरस्कृत व्यक्तित्व समाजसेवी थापाले आफू बाल्यकालदेखि नै समाजसेवातर्फ आकर्षित भएको बताउँदै पछिल्लो चरणमा आफूले गरेका केही कामहरूबारे बताए।
कार्यक्रममा बाल शान्ति गृह, दाङका भोलानाथ योगीले गुठीले गरेको आर्थिक सहयोगले आफूहरू उत्साहित भएको बताए। उक्त अवसरमा डा चिन्तामणि योगी, मिता शाह राणाले गुठी र पुरस्कारका विषयमा बोले।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...