हरायो तीजको दर खाने मौलिकता
२० भदौ २०८१
•
४ मिनेट पाठ
हरायो तीजको दर खाने मौलिकता
महिलाले होटलमा दर खाएको, तस्बिर: गोल्डेन बुढा: जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँकी ६६ वर्षीया मायालक्ष्मी उपाध्याय (पण्डित) तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउँछिन्। पहिलेपहिले दिदीबहिनी माइतिघरको पिँढी (ओटाली) मा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छन्।  हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाइन्।




उनी भन्छिन्, ‘अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिंदैनन्, सबै पार्टी प्यालेस र होटल जान्छन्, कसलाई वास्ता छैन यस्ता गीतको, मलाई त यो संस्कार नै हराउने हो कि भन्ने पीर लाग्छ।’

तीज नजिकिंदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गरेको उनी सम्झिन्छिन्। कसैले गित गाउने, केहीले मादल बजाउने र दर पकाउने गर्थ्याैं, आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ। त्यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको जुम्लाको गुठिचौर गाउँपालिका-३ गर्जाङ्कोट गाउँकी ४५ वर्षिया मनिषा बुढाले बताइन्।

साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना बुढालाई अस्ति भर्खर जस्तै लाग्छ। हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको भनाइ छ। ‘गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तीज दुःख बिर्साउने होइन खर्च बढाउने चाडजस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन’, उनले भनिन्।

स्पिकर’ (ड्याक), मोबाइलमा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने दिंदैन भन्छिन् , ‘अर्का स्थानीय ८५ वर्षीया जुम्लाको हिमा गाउँपालिका-१ आचार्य लिही गाउँकी उमा आचार्य।

विगतमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव उनीसँग छ, तर पछिल्लो समय यसमा आएको परिर्वतन उनलाई राम्रो लागेको छैन। ‘पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो’, उनले भनिन्, ‘अहिलेको तडकभडकमा के नै रमाइलो छ र! मात्र देखावटीपन छ, पहिले खानामा जुम्ली मार्सी लोकल (रातो) चामलको भात, जुम्ली मार्सी लोकल (रातो चामलको चिउरा र पिडालुको तरकारी र हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो।

‘तीज नेपाली नारीको महान् चाड हो। यसको अर्को विशेषता नारी वेदना समेटेर गाइने गीत हो। पहिलेपहिले तीज आएँसगै गाउँघरका दिदीबहिनी एकै ठाउँमा बसेर दुःख र वेदनाका गीत गाउँथे। पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ।

उनी भन्छिन्, ‘एक दशकअघि प्रत्येक घरका पिँढी (ओटाली) मा दिदीबहिनी भेला हुन्थे, सुखदुःखका गीत गाउँथे, रमाइलो गर्थे, गाउँघरमा रमाइलो छाउँथ्यो, पीडा र वेदनका गीत पनि गाउँथे, पहिलेपहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो।

समाजका विकृति र विसङ्गति पनि गीतमार्फत गाउँथे, पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने जस्तो थियो, पिँढी (ओटाली) मा हुने रमाइलो अहिले होटल बुकिङ गर्दै, पार्टी प्यालेसमा सरेको छ, दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी, र्‍याप,पव र आधुनिक गीतमा पुगिसकेका छन्।

यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ। नेपाली महिलाहरूले तीजलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन्।

धार्मिक ग्रन्थअनुसार पार्वतीले भगवान् शिवलाई औधी मन पराउने तर पार्वतीका बुवालाई भने शिव पटक्कै मन नपर्ने भएकाले उनको विवाह विष्णुसँग गरिदिने निर्णय गरे। सो कुराले पार्वतीको मनमा चोट पर्‍याे। अन्तत: उनले बुवाको निर्णयविरुद्ध विद्रोह गरिन्। हरितालिका अर्थात् अपहरण गरिएकी महिला पार्वतीलाई साथीहरूले लुकाएर बुवाको घरबाट भगाएर जङ्गलमा राखे। पार्वतीले जंगलमै अन्न जल केही नखाइ निराहर व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख छ।

तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ। तीज आउनुभन्दा हप्ता दिन अगाडिबाटै दर खाने प्रचलन बढेको छ। कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आजभोलि होटल र पार्टी प्यालेसमा भेटिने गरेका उपाध्याय बताउँछिन्।

सांस्कृतिक दृष्टिकोणअनुसार तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व हो।

हाम्रो हिन्दू वैदिक परम्पराअनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ।

‘व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ। अघिल्लो दिन आडिलो खानेकुरा खाँदा व्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको बताउँछिन् ६३ वर्षिया माया अधिकारी।

गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ। भोकै दिनभर काम गर्न सकिदैन, काम गर्न बल पनि चाहिन्छ त्यसका लागि अघिल्लो दिन नै दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ।

उनका अनुसार वेदनाका गीतमा नाच्ने महिला अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन्।

दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकोमा नयाँ पिँढीका महिला पनि चिन्तित छन्।‘ महिला दिदीबहिनीले आफ्नै रहनसहनमा तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने अग्रजहरूको बताउँछन्।
अर्को समाचार
महिला उद्यमीको तीज उत्सव सम्पन्न
२७ साउन २०८१
•
१ मिनेट पाठ
महिला उद्यमीको तीज उत्सव सम्पन्न
महिला उद्यमी महासंघ नेपाल (एफविन)को आयोजनामा शनिवार काठमाडौंमा तीज उत्सव कार्यक्रम सम्पन्न भएको छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रर्दशनीसहित तीज उत्सव कार्यक्रम आयोजना गरिएको थियो।




कार्यक्रममा बौद्ध धर्मगुरु स्याल्पो रिम्पोचेले उद्यमशीलताका लागि शुभकामना दिँदै विश्व शान्तिको आवश्यकता रहेकोसमेत बताए।

कार्यक्रममा एफविनका अध्यक्ष शोभा ज्ञवालीले तिजको अवसरमा महिला उद्यमशीलता  प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। प्रदर्शनीले महिलाले तयार गरेका वस्तुको बजार प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखिन्।

महासंघले महिला उद्यमीलाई प्रोत्साहन गर्दै आएको छ। कार्यक्रममा एफविनका संस्थापक सदस्य याङकिला सेर्पा, एफविनका प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तीज उत्सवको अवसरमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुका ३१ वटा स्टल राखिएको जानकारी एफविनकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले दिइन्।

प्रदर्शनीमा चुरा, टीका, शृंगारका सामग्री, ढाका, कुर्ता, सुरुवाल, खाद्य परिकारका स्टल, विभिन्न डिजाइनरले डिजाइन गरेका सामग्री, घरेलु उत्पादन लगायत राखिएको छ। 
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस