आमाको आत्मिक गहिराइ
०८ भदौ २०८१
•
७ मिनेट पाठ
आमाको आत्मिक गहिराइ
पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म घरको छतमा बसेर नीलो आकाशले ढाकेको, अस्ताउँदो सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं। विशेष समयमा प्रकृतिले दिने यस्ता सुन्दर दृश्य र सुन्दरताको क्षणरूपी उपहारप्रति धन्यवादको भाव बढेर आउँछ।




हामी एकापसमा भलाकुसारी गर्दै थियौं। क्षणिक रूपमा खुसी भएको महसुस भए पनि दैनिक यो उपहार त प्रकृतिले हामीलाई मात्र होइन, सबैलाई दिएको छ तर त्यो समयसँग साक्षात्कार हुन जान्नुपर्छ आफैं। दिनभर थाकेको मस्तिष्क पनि यतिबेला हामीलाई आनन्दमा जान साथ दिइरहन्छ। मानसिक र भावनात्मकरूपमै यस क्षणमा रहन सिकाउँछ प्रकृतिले।

आहा दृश्य, आहा मन, अझ त्यसमाथि आमाछोरीको समय है भन्दै हामी मस्ती लिइरहेका थियौं, हातमा चियाको कप, भलाकुसारीसँगै चियाको चुस्की, पृष्ठभूमिमा गोधुली साँझको दृश्य र सूर्यास्तले बिस्तारै बिदा लिँदै गरेको आभास दिलाउँदै। आमा थप्नुहुन्छ– भोलि फेरि सूर्योदय हुने संकेत दिँदै अस्तायो है घाम। आमाको गफ पनि कम्ता साहित्यिक छैन यो क्षणमा।

आमाको गफमा म थप्छु, ‘अब्राहम मास्लोले यी अनुभवहरूलाई ‘शिखर अनुभव’ भनेका थिए।’ आमा मलाई बिचमै टोक्नुहुन्छ– ऊ हातमा किताब पनि त छुटेको छैन नि, त्यही किताबले भनेको होला होइन ? मैले हाँस्दै भने– कसरी थाहा भयो हजुरलाई ? हो एकार्ट टोलेले लेखेको यो पुस्तकमा ‘अहिलेको शक्ति’ अर्थात् अहिले यो क्षणमा जे अनुभूति गर्न सकिन्छ त्यो ताजा र सत्य अनुभूति हो भनेका छन्।

मैले आमालाई थोरै बुझाउने कोशिस गरें। ६ वर्षको उमेरदेखि हो किताब पढ्न थालेको, अझै छोडेकी छैन। फुर्सद हुनासाथ हातमा किताब त भइहाल्छ। ‘पढ्नेलाई पढेर कहिल्यै नसकिने रहेछ है’ म मुस्कुराएँ मात्र, आमालाई अरू धेरै के भनिरहनु भनेर।

आमाले भन्नुभयो, ‘हो त, यस्तै समयलाई खुसीमा बदल्न जाने दुःखी किन हुनुपथ्र्यो र ? आकाश हेर्‍यो, चराचुरुङ्गीसँग बात मार्‍यो, तिनीहरूले पनि बुझ्छन् हाम्रो भाषा। प्रेमको भाषा कसले बुझ्दैन र ? अरूसँग खुसी हुन जान्नु नै प्रेमको अनुभूति हो। अरूको प्रशंसा गर्नू, सहयोग चाहिएकालाई सहयोग गर्नू। सहयोग गर्दा कम्ता आनन्द आउँछ ? यही त भनेका होलान् नि मास्लोले। ऊ बेला चिठी पढ्न सक्ने भई छोरी भनेर त्योभन्दा धेरै पढाउनुभएन बुबाले। किताब त म पनि फुर्सद हुँदा पढ्छु नि, पत्रपत्रिका पनि पढ्छु तर तिमीहरूको जस्तो ज्ञान कहाँ हुनु र ? अलि धेरै पढ्न पाएको भए त सबै कुरा बुझ्थेँ होला नि।’

मलाई आमाका कुरासँग आनन्द आइरहेको थियो किनकि आमा नै आफैंमा सबैभन्दा ठुलो ज्ञान हो। त्यो जीवन्त–ज्ञान म अनुभूत गर्न सक्छु। आमाबाट जति मैले सिकेको छु, त्यति विद्यावारिधिले पनि सिकाएको छैन। बाहिरी ज्ञान बाहिरको डिग्रीले सिकाएको छ तर आन्तरिक ज्ञान, प्रेम, ममता र मातृत्व शक्ति मैले आमाबाट नै सिकेको छु।

हामी भलाकुसारीकै क्रममा थियौं, छिमेकमा हल्लाको आवाज आयो। आमाले थप्नुभयो– ‘पल्लो घरकी नानी कहिलेकाहीं छतमा बसेर चुरोट तानेको देख्छु अनि आमाचाहिँ कराउँछिन्। चुरोट तानेर कराएको कसरी थाहा भयो र हजुरलाई ? योभन्दा अगाडि पनि सुनेको छु के, छोरी भएर चुरोट तान्छेस् भन्दै आमा कराउँथिन्। दिदीभाइ छन्, कहिलेकाहीं दुवैजना सँगै रमाइलो गरेका हुन्छन्। तर छोरालाई कराएको त सुनेको छैन।’

‘हजुरलाई अरूको कति चासो चाहिएको त ? लौ, मैले चासो लिएको हो र छतमा निस्किँदा, फूलमा पानी हाल्दा, यसरी नै बिहानबेलुका बस्दा आमा सन्चै हुनुहुन्छ भन्छन्, बोलाउँछन्, बोलिन्छ नि, काठमाडौंमै भएर पनि यसरी छिमेकी छत छतबाट बोल्छन् र ? राम्रा छन् यिनीहरू। सिंगापुर बसेर आएका लाहुरेजस्ता छन्,’ आमाले तारिफ गर्दै विस्तार गर्नुभयो। ‘बिचरा ! आमाछोरीलाई किन नकाराउन् त ? चुरोटले छोराको फोक्सो मात्र बिग्रिने, छोरीको त चरित्र नै बिग्रिन्छ नि। यो समाजले छोरीलाई कहाँ स्वतन्त्रता दिन्छ र ?’ छोरीको पनि स्वास्थ्यको चिन्ताले होला, मैले कुरामा कुरा थपें।

आमा मान्नुहुन्न मेरो कुरा अनि थप्नुहुन्छ– ‘यो संस्कार नै यस्तै बनाएको छ समाजले। छोरी स्वतन्त्र हुनुभएन। छोराले जे गर्छ त्यो गर्न पाउनुभएन। छोराको इज्जत गए पनि फर्काएर ल्याउँछ, छोरीले सक्छन् ?’ आमाको एकोहोरो विश्लेषणमा एउटा निर्दोषपूर्ण भाव र समाजको चित्रण थियो। धूमपान सही भन्नेसँग होइन, समाजको धारणासँग आमा सहमत देखिनुहुँदैनथ्यो। मैले आमाको स्वतन्त्रता र जे बुझ्नुभयो र व्यक्त गर्नुभयो, केवल अँमा हँ मिलाएँ। मनमनै गमेँ उहाँको भावनालाई। अरू धेरै प्रश्न तेस्र्याउन पनि मन लागेन।

एकछिनपछि फेरि हामी आफ्नै भलाकुसारीमा फर्कियौं। छिमेकको हल्ला पनि शान्त भइसकेको थियो। मलाई पनि साँझको खाना खाएर आफ्नै घर फर्किनुथियो। मनमनै ओशोको प्रवचन याद आइरहेको थियो– पश्चिमाहरूले स्वतन्त्रतालाई समानतासँग जोडेर हेरे, चरित्रमा महिला–पुरुषको भेद देखेनन् तर भारतीय उपमहाद्वीपमा यो संस्कार जीवित छ।

चरित्र जोगाउने जिम्मा छोरीको नै हो जस्तो। यही धारणाले गर्दा स्वतन्त्रता र समानताको लडाईं अझैं बाँकि छ। मैले गहिराइबाट मनन गरें– जबसम्म आध्यात्मिकताको रस भिज्दैन, तबसम्म अन्तर्दृष्टि खुल्दैन। सामान्य धारणा, विभेद र परम्परागत मानसिक सोचमै जीवन गुज्रिरहन्छ।

को कस्तो छ भन्ने दृष्टिबाट माथि उठेर म कस्तो छु र म को हुँ भन्ने आधारभूत प्रश्न अन्तरतमबाट जागृत भयो भने मात्र यो ब्रह्माण्ड, त्यसमा आफ्नो हिस्सा, गुणस्तरीय जीवनस्तर, भातृत्व र प्रेमको आयाममा जीवन देख्ने दृष्टि बदलिन्छ। यही दृष्टिबाट रूपान्तरण सुरु हुन्छ। असल सोच, महान् हृदयले सोच, सुन्दर समाज र सुन्दर जीवनको परिकल्पना गर। तिम्रो सोचको परिणाम नै तिम्रो जीवनको सफलताको मापन हो।

आध्यात्मिक रहस्यदर्शी खप्तड बाबाले यही बताउनुभएको थियो। परिपक्वता आध्यात्मिक चिन्तनमा हुनु जरुरी छ अनि संसार र व्यवहारमा स्वयं परिपक्वता आउँछ। साधारण क्षमताले प्रतिस्पर्धा मात्र सिर्जना गर्छ। आध्यात्मिक यात्रा असाधारण क्षमताको प्रस्फुटन हो।

भगवान् बुद्धले यो अध्यात्मलाई हृदयको वीणाको संज्ञा दिनुभयो। अर्थात् अध्यात्म मस्तिष्कबाट होइन, हृदयबाट प्रस्फुटन हुनुपर्छ। बुद्धले जति हृदयका वीणा बजाउनुभयो, त्यो अरूले बजाउन नसकेको ओशो उल्लेख गर्नुहुन्छ। बुद्धका माध्यमबाट जति व्यक्तिहरू भगवत्तामा उपलब्ध हुनसके, त्यो अरूबाट हुन नसकेको भन्नुहुन्छ किनकि बुद्धले आफ्ना मधुर वाणीबाट यस्ता व्यक्तिलाई चेताउनुभयो, जुन कठिन थियो।

बुद्धि, तर्क र विचारले भरिएका, हृदयमा कुनै झङ्कार नभएका, बुद्धिवादी व्यक्तिलाई बुद्धले जागृत गराउन सफल हुनुभयो। हृदयले भरिएको व्यक्ति त स्वयंमा जागृत र समर्पित हुन्छ, उसलाई जगाउन कुनै कठिन उपाय लगाउनुपर्दैन। ध्यान एक मात्र मार्ग हो, जसले तिमीलाई तिम्रो अन्तस्करणमा लैजान मद्धत गर्छ। एक ıष्टाझैं आफैंले आफैंलाई हेर्ने एक मूलमन्त्र हो ध्यान।

आफूले गरिने कर्महरू जस्तैः हिँड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, श्वास लिँदा–छोड्दासमेत सबै काममा भित्रबाट आफैं ıष्टा भएर हेर्ने जागृत अवस्था हो ध्यान। कसरी, के, किन, कसका लागि गरिरहेछु र यसले आफूलाई या अरूलाई सकारात्मक ऊर्जा दिन्छ या नकारात्मक, त्यो जान्न सक्नु जागृति हो। जागृतिको कला जानेपछि जीवनमा चाहेको सबै कुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो, त्यसको मात्र चाहना हुन्छ।

ध्यान घटित हुनासाथ तिमीमा प्रेम जागृत हुन्छ। प्रेम जागृत हुनासाथ तिम्रा हरेक कर्म पूजा बन्छन्। ध्यान र प्रेम जागृत हुनासाथ व्यक्तिले गर्ने कर्म सकारात्मक र फल पनि सकारात्मक नै आउँछन्। बुद्ध आफ्ना शिष्यलाई कल्याणमित्र भनेर सम्बोधन गर्नुहुन्थ्यो। कल्याणमित्र जो संगत गर्न लायक छ, जो चेतनाको स्तरबाट उत्कृष्ट छ र जसको मार्ग ध्यानको छ।

हरेक कर्ममा ध्यान, हरेक सम्बन्धमा ध्यान, हरेक परिणाममा साक्षी भएर हेर्छ। जसको भाव सुन्दर छ, जोसँग अन्तरंग मिल्छ, जो अन्तर्मुखी हुने खुबी राख्छ, त्यही कल्याणमित्र हो। त्यसैले तिमीहरू मेरा कल्याणमित्र हौ र तिमीहरूको मार्ग पनि कल्याणकारी हुनुपर्छ भने कुरालाई बुद्धले बहुत मार्मिक तरिकाले बुझाउने प्रयास गर्नुभयो। उहाँका यिनै अनुभूतिहरू÷वाणीहरू सङ्गृहीत भएर धम्मपद बन्यो।

धम्मपदको पाठले मात्र हाम्रो चेतनाको स्तर उक्सिनेवाला छैन। उहाँले गर्न सकेको बोध हामीले पनि गर्न सकेको क्षण नै बुद्धको सम्मान भएको मानिने छ। ओशोले बुद्धकै सार्थक सन्देश र अनुभूतिलाई आफ्नो जीवनमा उतार्नका लागि जोरबा दी बुद्धको माध्यमबाट भोग र योग दुवैमा निपुणता पाउन सक्ने सूत्रहरू बताउनुभएको छ।

बाहिरको सम्पन्नतालाई सुखपूर्वक भोग गर तर भित्र योगलाई सतत स्मरणमा राख भन्ने कलालाई ओशोले जोड दिनुभयो। जोरबा सुरुवातको अवस्था हो। त्यसैले चरित्र छोरा र छोरीको चित्रणसँग होइन, हाम्रो आध्यात्मिक गहिराइमा खोजिनुपर्छ।
अर्को समाचार
संशोधन गरिँदै प्राकृतिक स्रोत रोयल्टी बाँडफाँटसम्बन्धी कानुन
१४ कार्तिक २०८१
•
४ मिनेट पाठ
संशोधन गरिँदै प्राकृतिक स्रोत रोयल्टी बाँडफाँटसम्बन्धी कानुन
तस्वीर रासस
सरकारले प्राकृतिक स्रोतहरूको उपयोगिताबाट प्राप्त हुनेरोयल्टी बाँडफाँटसम्बन्धी कानुन परिमार्जन गर्न लागेको छ। संघ, प्रदेशर स्थानीय तहबीच संकलितरोयल्टीको क्रमशः ५०,२५र २५ प्रतिशत बाँडफाँट हुने विद्यमान संरचनाको पुनरवलोकन गर्ने गरी कानुन संशोधन गर्न लागिएको हो। कानुन परिमार्जनका लागिराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तह, प्रदेशररोयल्टी संकलन गर्ने वन, निकुञ्ज, विद्युत्, खानीलगायत सरोकारवालाहरूसँग सुझाव संकलन गरिरहेको छ। 




हालसम्म गण्डकी लुम्बिनी, बागमतीर वन तथाराष्ट्रिय निकुञ्जसँग सम्बन्धित सरोकारवालासँग सुझाव माग गरिएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए। उनका अनुसार सरकारले फागुनसम्म कानुन संशोधन गर्ने गरी तयारी गरिएको छ।  

‘हाल खानीर नदीजन्य पदार्थकोरोयल्टी बाँडफाँटमा केही समस्या देखिएको छ,’ पौडेलले भने, ‘रोयल्टी बढी संकलन गर्ने निकायहरूलाई प्राथमिकता दिने गरी अन्तर सरकार वित्तीय व्यवस्थापन ऐन २०७४ को अनुसूची चार संशोधन गर्ने तयारी छ ।’ यद्यपि सुझावका आधारमा ऐन संशोधन गरिने उनले बताए। प्रत्येक पाँच वर्षमाराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा नेपाल सरकारलेराजपत्रमा सूचना प्रकाशन गरी संशोधन गर्न सक्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार फागुनभित्र ऐन संशोधन गर्नुपर्ने हुन्छ। अहिले बजेट विनियोजनमा देखिएको समस्यालाई समाधान गर्ने गरी नयाँ ऐन ल्याउने तयारी भएको उनले बताए। 

यो ऐन संशोधन मन्त्रिपरिषद्को बैठकले गर्न सक्छ। हाल प्रदेश तथा स्थानीय तहका सरकारबीच आयको बाँडफाँटका सन्दर्भमा आयोगद्वारा प्रयोग गरिएको विद्यमानरोयल्टी बाँडफाँट ढाँचाको मूल्यांकन गर्नेर परिमार्जनका निम्त उपयुक्त ढाँचा प्रस्ताव गर्ने लक्ष्यराखिएको छ। प्राकृतिक स्रोत परिचालनको मुख्य जोडिएकार वरिपरिका क्षेत्रहरू प्रदेश वा पालिका तहका भौगोलिक अवस्था, प्रभावित क्षेत्र, प्रभावित जनसंख्यालगायत आधारहरू प्रयोग गरी वितरणको ढाँचा तयार गरिएको उनले बताए ।

सरकारले पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिजर पानी तथा अन्य (रेडियो फ्रिक्वेन्सी) बाट प्राकृतिकरोयल्टी संकलन गर्दै आएको छ।पछिल्लो आर्थिक वर्ष नेपाल सरकारले ५ अर्ब ८१ करोड ३१ लाख ९१ हजार रूपैयाँरोयल्टी संकलन गरेको थियो। त्यसमध्ये सबैभन्दा धेरै विद्युत्बाट ५४ प्रतिशतरोयल्टी संकलन भएको आयोगका सहसचिव होमनाथ पौडेलले जानकारी दिए। उनका अनुसार वन २२ प्रतिशत, पर्वतारोहण १५ प्रतिशत, खानीको ९ प्रतिशतरोयल्टी संकलन भएको छ। संकलितरोयल्टीमध्ये स्थानीय तहमा एक अर्ब ४५ करोड ३२ लाख ९८ हजार रूपैयाँ आएको छ।  

६ सयभन्दा बढी स्थानीय तहले पर्वतारोहण, संरक्षित क्षेत्र विद्युत्र खानी तथा खनिजबाटरोयल्टी प्राप्त गर्न सकेका छैनन्। पर्वतारोहणकोरोयल्टी १०२ स्थानीय तहले, विद्युत्कोरोयल्टी १४५, वन ७५३, खानी तथा खनिज ५२ स्थानीय तहले पाएका छन्। स्थानीय तहमा आउनेरोयल्टीको वितरण वैज्ञानिक नभएको जनप्रतिनिधि बताउँछन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले प्राकृतिक रूपमा अति प्रभावित क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।  

क्षेत्रर जनसंख्याका आधारमा बजेट विनियोजन गर्नभन्दा प्रभावित क्षेत्रका आधारमा बजेट विनियोजन गर्ने गरी कानुन परिमार्जन गर्नुपर्ने बताए। ‘सुस्तामा गाउँभन्दा माथि नदी बग्छ। त्यहाँको स्रोत साधन हामीले प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘मध्यवर्ती क्षेत्रको सुविधा छिमेकी वडाले पनि पाउने गरी ऐन संशोधन हुन आवश्यक छ ।’ चितवनको माडी नगरपालिकाजस्तै प्राकृतिक रूपमा चरम समस्यामा परेका तररोयल्टी संकलन गर्न नपाउने पालिकालाई विशेष गरी ध्यान दिनुपर्ने उनको सुझाव छ।  

मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले ढुंगाखानीर उद्योगहरूको प्रभावमा गाउँपालिकारहे पनिरोयल्टी पाउन नसकेको बताइन्। ‘हामी खानीको प्रभावित क्षेत्रमा छौं। त्यसको असर तल गाउँसम्म पर्छ,’ उनले भनिन्, ‘कानुनमा रूपलेराप्तीर मनहरि खानीको प्रभावित क्षेत्र पर्दैन। यसलाई पुनर्विचार गर्न आवश्यक छ ।’ उनले वन ऐनका कारण स्थानीय तहले कानुन निर्माण गर्नसमेत नसक्ने धारणाराखिन्।  

चितवनराष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोविन्द पन्तले कानुनअनुसाररोयल्टी संकलनमा आफूहरूले लाग्ने बताए। प्राकृतिक स्रोतको उपयोग वा विकासबाट प्राप्त लाभको हिंसालाई प्रभावित क्षेत्रर स्थानीय समुदायलाई समन्यायिक ढंगबाट वितरण गर्ने तयारी आयोगको छ। संकलितरोयल्टीले प्रभावित क्षेत्रको विकास, गरिबी निवारणर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने विश्वाससमेत गरिएको छ।  
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस