प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औं भानुजयन्तीका अवसरमा दुई साहित्यकारलाई सम्मान गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्राडा नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो। नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत लेखकद्वयलाई सम्मान गरिएको हो। दुवैलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो।
त्यसअघि प्रज्ञाप्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा मार्ल्यापण गरिएको थियो।
भानुजयन्तीकै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो।
उक्त शोभायात्रा बागबजार-रत्नपार्क-शान्तिवाटिका-दरबार हाईस्कुलस्थित भानुभक्तको प्रतिमास्थल हुँदै पुनः प्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजना तथा भानु नगरपालिकाको सहआयोजना साथै गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको अन्तर्राष्ट्रिय समन्वयमा भारतको दिल्ली, राजस्थान, उत्तरप्रदेश, मुम्बई, असाम, सिलगुढी साथै चारु साहित्य प्रतिष्ठान विराटनगरमार्फत नेपालका विभिन्न प्रदेश जिल्लाका कवि चारुकारहरूको उपस्थितमा भव्य रूपमा भानु जयन्ती मनाइएकाे छ। कार्यक्रममा नेपालका मोरङ,पोखरा, सुदूरपश्चिम र तनहुँका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेकाे थियो।
२८ गते भानु नगरपालिका नगर प्रमुख आनन्दराज त्रिपाठी र २९ गते राष्ट्रिय सभाका संसदीय दल नेकपा एमालेका प्रमुख सचेतक माननीय भगवती न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले भानुभक्तको जीवनकालका केही अंशमा आधारित नाटक ‘म भानुभक्त’ मञ्चन गरिएको थियो। आकाश अधिकारीले लेखेको ‘म भानुभक्त’ नाटकमा भानुभक्तको भूमिकामा माधवप्रसाद अधिकारी रहेका थिए भने हरिश्चन्द्र वाग्ले कल्पना घिमिरे, विन्दु नैनावस्ति कृष्ण खनाल लगायतले अभिनय गरेका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...