माटोको माया
२५ जेष्ठ २०८१
•
३ मिनेट पाठ
माटोको माया
१) अभाव




जब म सियोले टालेको झोला भिरेर

शीतले फुटेका कुर्कुचा सुस्तसुस्त उचाल्दै

बन्दकी राखेको एकहल पाखोबारी उकास्न

नयन भिजाएर हवाइ वेगमा उडें

कसरी हाँस्न सक्छ

आगोले पोलेझैं भयग्रस्त मन

तापले पोलेका पैतलाका पीडा

तातोतातो बाफले डामेर

उम्लिएका मेरा भावना

हुरीले उडाएको याक्साको छानो

वर्षाले भिजेको ओछ्यान

नदीझैं बगेको कलकल मन

भावनाको उड्दै गरेको बतास

उखल्नै नसक्ने मायाको डोब

हरेक पटक

तारा उदाएपछिको साँझमा

सम्झेर पोख्दै छु पसीना

तातोतातो मेसिनमा

प्रत्येक साँझ वा बिहान

म एक छाक भोक मार्न

बग्दै गरेको उर्वर यौवन

स्वचालित तातो मेसिनमा

पोखिरहेछु आजभोलि

साँच्ची! कहिले भाँचिएलान्?

मेरा क्रूर सपनाका हाँगा

कहिले टुक्रेलान्?

मेरो अभावका खातहरू

म हरेक अभावलाई भत्काउन

झारिरहेछु तप्पतप्प पसीना

र फुटाइरहेछु

पानीका जिलजिल फोकाहरू

प्रिय!  

तर एकदिन फर्कनेछु

तिमीले सिएको झोला भरेर

अभावका बोटहरू निमोठ्न

आफ्नै देशको माटोमा

२) बुढो पीपलको रुख

एउटा बुढो पीपलको रुख

उदासउराठ वषैंदेखि

ठिङ्ग्रिङ्ङ उभिएर सुसाइरहेछ

मन्दमन्द हावाको सुस्केरामा

पातहरू आपसमा जुधेर प्याटप्याट

निस्केको मधुर आवाज र

बूढो रुखको शीतल पिउँदै

बटुवा टोपीले पसीना पुस्छ

भारी बोकेका यात्रुहरू

अलिकति चुहेको पसीना ओभाउन

नाम्लोले पोलेको थाप्लो

हल्का शीतल पार्न

ढाकर र तोक्माहरू

बुढो पीपलको फेदमा बिसाउँछन्

डोको बोकेका घाँसेहरू

कोदालो भिरेर उक्लेका श्रमिकहरू

हलो-जुवा काँधमा बोकेर

सिढी चढेका कृषकहरू

चैतवैसाखको घामले डढेर

पसीना पुछ्दै दौडिएको व्यक्ति

बुढो पिपलको फेदमा उभिएर

शीतलताको अनुभव गर्छ

शीतलताको उन्मादले कुनै यात्रु

फेदमा बञ्चरो बजार्छ

खुकुरीले हाँगाहरू लछार्छ

रुखमा पातहरू सुकेर

उजाड भएको छ आफ्नै चौतारो

हाँगा र फेदका चोटबाट

रगतका सेता थोपाहरू पोखेर

दुखिरहेछ एउटा बुढो पीपलको रुख।

३) माटोको माया

माटोमा उभिएका पुखौं सिमानाका बाँधहरू

भत्कनै नहुने माटोमाथिका पिल्लरहरू

टुक्राटुक्रा पारेर भत्काउन खोज्छन् कुरूप अनुहारहरू

तर, रुन्छन् माटोको स्नेहमा धेरैधेरै मनहरू

अनि, अलिकति त्रास बोकेर उभिन्छन् सडकमा

र खोज्छन्-

आमाको न्यानोन्यानो स्नेहको घाम

विशालविशाल भूगोलको एउटा अस्तित्व

माटोको गन्धले उम्लिएका तरङ्गित आवाजहरू

माटोका आस्थामा पोतिएका ह्रदयका स्वरहरू

पिल्लरको रक्षार्थ बग्न खोज्छ रातोरातो रगत

अनि चिच्याउँछ एक मुठ्ठी स्वासको अस्तित्व  

तर माटोलाई टुक्राएर धूलो बनाउन खोज्नेहरू

काट्न खोज्छन् सिमानाका सडकहरू

भत्काउन खोज्छन् सिमानाका पिल्लरहरू

ती भत्काउन खोज्ने हातहरूसँग

म रगत दिएर बदलामा विश्वास माग्छु

एउटा अस्तित्व र आस्थाको भरोसा माग्छु

तर हातहरू हरेक पटक पिल्लरहरूलाई

भत्काउन/मेटाउन उद्यत हुन्छन् सधैंसधैं

हरक्षण मान्छेहरू सगरमाथाको फेदमा टेकेर

सगरमाथा जस्तै शिर उच्च पार्न खोज्छन्

तर आस्थाका घाउमा नुन छर्कनेहरू

चर्‍याउँदैचर्‍याउँदै तड्पाउन खोज्छन्  

र, घाम झुल्केपछिको तापले तातेर  

पग्लँदै बगिरहने हिउँ जस्तै

बगाउन खोज्छन् सगरमाथाको फेदको माटो

माटोलाई धूलो-धूलो पार्न खोज्ने विचारहरू

हातहरू आवश्यक छैन माटो फुटाउन

हामीलाई इच्छा पनि छैन

माटोको मृत्युको खबर सुन्न

हामी चहन्छौ-

हिमाल र त्यसमुनिको सम्म माटोको तस्वीर

सीमासम्म टाँगिएका अस्तित्वका रेखाहरू

प्रत्येक मस्तिष्कमा छापिएको पूरैपूरै भूगोलको नक्सा

चिम्टीचिम्टी माटोको वतर्मान बस्ती

इतिहासइतिहाससम्म सुरक्षित चाहन्छौ

वर्षैंवर्षसम्म सुरक्षित चाहन्छौ।

(कवि  हाेमशंकर बास्ताेलाकाे कवितासंग्रह भाेका सपनाहरूमा सङ्गृहीत।)
अर्को समाचार
जब अटवामा गुन्जियो 'नेपालीले माया मार्‍यो बरिलै'
०२ वैशाख २०८२
•
१ मिनेट पाठ
जब अटवामा गुन्जियो 'नेपालीले माया मार्‍यो बरिलै'
नयाँ वर्ष  विसं २०८२ को अवसरमा नेप्लिज क्यानेडियन  एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो।




गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्‍याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको नेपालीले माया मार्‍यो बरिलैु गीत गाएर श्रोता दर्शकलाई मन्त्रमुग्ध पारे।  झन्डै सात दशक पहिले नेपालीहरू रोजगारीका लागि दार्जीलिंग, आसाम, बर्मा (हाल म्यानमार), भाक्सु, देहरादुन र  नैनी ताल जाने गरेको थापाले आफ्नो गीतमा उल्लेख गरेका छन्। समय फेरिएको छ, तर नेपालीहरू संसारभरि फैलने क्रम भने रोकिएको छैन।

कार्यक्रममा ब्यान्ड सदस्यहरू नवीन गौतम र दिलीप दुलालले स्व पुष्प नेपाली तथा रुबी जोशीको 'शितल माथि नि शितलु भयो नि' बोलको गीत गाए भने स्व झलक मान गन्धर्वको 'तिम्रो नै माया लाग्दछ साइँली' जस्ता कालजयी गीतहरू पनि सुनाए। डा  अजय विष्ट, डा जगदीश घिमिरे, उत्तम भण्डारी,  दीपक श्रेष्ठ लगायतले विभिन्न इन्स्ट्रुमेन्टमा  साथ दिए।

'हामीले नेपाली सम्पदा केन्द्र मार्फत प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई हाम्रो विपुल सम्पदा हस्तान्तरण गर्न सक्दो प्रयास गरिरहेका छौँ।  अटवास्थित नेपाली समुदायको सहयोगका लागि हामी आभारी छौँ,' केन्द्रका बोर्ड अफ डाइरेक्टर  तथा ब्यान्डका लिड डा विष्टले भने।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस