दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
०५ जेष्ठ २०८१
•
३ मिनेट पाठ
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ। यद्यपि यो शुक्रबार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन। जेठमा भने दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछन्। बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन।




यही जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ तथा जेठ २५ मा ‘लन्डन टू पेरिस’ र ‘गाउँ आएको बाटो’ चलचित्र प्रदर्शन हुँदैछ। जेठमा पाँच शुक्रबार भएता पनि दुईसाता मात्र चलचित्रको भिडन्त छ। बिदा र उचित समय देखेर नै यी प्रदर्शन मिति घोषणा गरिएका हुन्।

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले आफूले पहिले नै चलचित्रको प्रदर्शन मिति तय गरिएको बताए। उनले भने, ‘हामीले खाली समय हेरेर प्रदर्शन घोषणा गरेका हौँ, हामीले कसैसँग प्रतिस्पर्धा गर्न गएका होइनौँ, हामी विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने तयारीअनुरुप आएका हौँ।’ उनले आफ्नो चलचित्रमा ‘टाइम लुप’ को नयाँ ‘कन्सेप्ट’ हेर्न पाइने बताए।

सुयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन्। सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन्।

जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए।

‘चलचित्रको प्रदर्शन निर्माताले तय गर्नुभयो, सायद त्यो समयभन्दा अगाडि जाँदा धेरै समय लाग्थ्यो होला, मैले यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेदले विनाश भन्ने देखाउन खोजेको छु, मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ’, निर्देशक राउतले भने।

विकास सुवेदीले लेखेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन्। जेठ १० पछि एकैपटक जेठ २५ मा दुई चलचित्र प्रदर्शन हुँदैछन्।

यो मितिमा प्रदर्शन हुने चलचित्र ‘लन्डन टू पेरिस’ लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। यसमा युवापुस्ताको प्रेम र त्यसलाई परिवारसँग समायोजन गर्न नसक्दाको कथालाई देखाइएको छ। निर्देशक लामिछानेले चलचित्रले युवासँगै अभिभावकलाई पनि सचेत गराउने बताए।

‘यसमा हामीले अहिलेको पुस्ताका प्रेम देखाएका छौँ, अघिल्लो पुस्ता र अहिलेको पुस्ता बीचको खाडललाई यसमा प्रस्तुत गर्नाका साथै समाधान पनि देखाएका छौँ, चलचित्रमा मनोरञ्जन छ नै साथै प्रवासी नेपालीको कथा पनि छ’, निर्देशक लामिछानेले भने। प्रदीप भारद्वाजले लेखेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।

सोही मितिमा प्रदर्शन हुने चलचित्र ‘गाउँ आएको बाटो’ लाई नवीन सुब्बाले निर्देशन गरेका छन्। गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन्।

‘कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ, बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ, हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ, यो हाम्रो ग्रामीण भेगको कथा हो’, निर्देशक सुब्बाले भने।

महेश राई र निर्देशक सुब्बाले लेखेको यो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत सृजना गरेका छन्। जेठमा पर्याप्त समय भएपनि दुई मितिमा मात्र चलचित्रको प्रदर्शन तय गरिनु विदेशी चलचित्रलाई छल्दै स्थानीय बिदा लक्षित गरिएको हुनसक्ने वितरक करण श्रेष्ठले बताए।

‘पाँच हप्ता हुँदाहुँदै पनि दुई हप्तामा मात्र चलचित्र प्रदर्शन हुनु राम्रो सङ्केत होइन,यहाँ सहमति जुटेको भए सबैले एकल प्रदर्शन पाउँथे, मपाईंले गर्दा सहमति भएन भन्न कठिन छैन, यसले राम्रो सन्देश जाँदैन, किनकि नेपालसँगै विदेश प्रदर्शनमा पनि यसको प्रभाव पर्छ’, वितरक श्रेष्ठले भने।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
५० मिनेट अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस