जात्राले घेरिएको उपत्यका
०१ वैशाख २०८१
•
४ मिनेट पाठ
जात्राले घेरिएको उपत्यका
संचारैतिर डाँडाले घेरिएकाले काठमाडौं, भक्तपुर र ललितपुरलाई समग्रमा काठमाडौं उपत्यका भनिन्छ। अहिले यी तीनै सहर चारैतिरबाट जात्राले घेरिएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेको यो सहरले २०८१ साललाई नयाँ उत्साह र उमङ्गसाथ स्वागत गर्ने तयारीमा छ।




तीन सहरमध्ये पनि भक्तपुरलाई अहिले जात्राले छपक्कै छोपेको छ। काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ। प्राचीनताको वैभव जोगाउँदै समृद्धिको बाटोमा लम्केको यो नगरमा मंगलबार बिस्काको रथ तानेसँगै एक साता लामो जात्राको प्रारम्भ भएको हो।

चैत २७ गते रथ तानेर सुरु भएको बिस्का पर्वसँगै प्राचीन नगरीमा खुसी छरिएको छ। टोलटोलमा नाचगान, घरघरमा छरिएको जात्राको रौनकले नगर झनै जीवन्त देखिएको छ।  जात्राको समयान देखिएको सर्वसाधारणको उल्लासले नगर उत्सवमय छ।

रथ तान्ने क्रममा सकिनसकी दुवै पक्षबिच डोरी तानातानको दृश्य निकै रमाइलो थियो। आफ्नो पक्षमा रथ लैजाने होडमा दुवै पक्षबिच घम्साघम्सीजस्तो देखिन्थ्यो। अरूका लागि त्यो मुठभेडजस्तो थियो। भक्तपुरवासीका लागि भने जात्रा थियो। रथ जता पुगे पनि उनीहरू खुसी नै हुन्थे।

अझ चैत मसान्त अर्थात् शुक्रबार भेलुखेलमा लिङ्गो उठाउने क्षण झनै रमाइलो हुन्छ।  शुक्रबार लिङ्गो उठाउँदा होस् वा वैशाख १ गते शनिबार लिङ्गो ढाल्दा, दुवैमा नगरवासीको उत्साह उस्तै देखिन्छ।  जात्रा र जीवनको उमङ्ग यहाँ देखिन्छ।

संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरको समग्र जीवन जात्रामय भएको बताउँछन्।  ‘यहाँ बाँचेका र मरेका सबैका लागि जात्रा मनाइन्छ,’ उनले भने, ‘हाँसो र आँसुको सङ्गम बनेको छ भक्तपुरको जात्रा।’

लिच्छवि र मल्लकालमा राजनीति र प्रशासनिक क्षेत्रमा समेत प्रभावशाली रहेको भक्तपुरले समयसँगै यसको प्रभाव गुमाउँदै गए पनि संस्कृति भने जोगाउन सफल भएको उनी सुनाउँछन्।

पछिल्लो समय रथ तान्ने कार्यक्रममा होस् वा बाजा बजाउने काममा,  युवा समुदायको सक्रियता अधिक देखिएको छ। संस्कृति बचाउन युवाहरू अगाडि निस्केका छन्। बिस्केटको रथ तान्नेक्रममा युवासँगै कलिला हातहरूले पनि डोरी समाएका थिए।  सांस्कृतिक जगेर्नामा युवाले हात बढाउने क्रम बढ्दा बुढापाका हर्षित देखिन्थे।

कला संस्कृतिमा उनीहरूको माया यसपटक पनि बिछट्टै देखियो। जात्रालाई भनेर टोलटोलमा धिमे बजाउने अभ्यास गरिएको थियो। रथको डोरी तान्न युवाहरूले  थुप्रै पसिना बगाए। ‘रथको डोरीसँगै युवापिँढीले संस्कृति तानिरहेका छन्,’ श्रेष्ठ सुनाउँछन्, ‘अब जात्राको जिम्मेवारी युवाको काँधमा आएको छ।’

जात्राको  खास  रङ हर्ने हो भने भक्तपुरकै थिमीमा गए हुन्छ।   वैशाख २ गते  थिमीमा मनाइने सिन्दुरे जात्राले त समग्र जात्राको रङ एकै ठाउँमा पोखिए जस्तो देखाउने छ। सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा केटाकेटीदेखि वृद्धसम्म राताम्मे हुनेछन्। हातमा चिराग लिएका वृद्धहरूले बाटो देखाउँदै अगाडि बढ्दा युवा पिँढी रथलाई काँधमा थामेर नाचगानमा मस्त रहन्छन्।

थिमीमा विभिन्न देवगणको खट बोक्दै सोमबार सिन्दूर जात्रा मनाउँदा सिङ्गो सहर अबिरजस्तै देखिने छ। यहाँका नरनारीको राताम्मे अनुहार हेर्दा भर्खर सकिएको फागु पूर्णिमाको झल्को आउने छ। त्यस्तै वैशाख २ गते नै हुने बोडेको जिब्रो छेड्ने जात्रा पनि निकै लोकप्रिय रहेको छ।

यहाँ हरेक जात्राले केटाकेटीदेखि वृद्धवृद्धासम्मलाई छोप्छ। यसको उमङ्गमा सबै रमाउँछन्। जात्राको समयमा टोलटोलमा नाचगान, घरघरमा रौनक देखिन्छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः जात्रा भक्तपुरको ढुकढुकी भएकाले जात्रा चलुन्जेल भक्तपुर बाँच्ने सुनाउँछन्। त्यसैले ससाना केटाकेटीदेखि वृद्धवृद्धा सबै जात्रामा उत्साहित हुन्छन्। उनी भन्छन्, ‘यस्तो लाग्छ, जात्राले यहाँका मानिसलाई बाँच्न सिकाएको छ।’

यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको संस्कृतिविद् ग्वंगः सुनाउँछन्। ‘कतै कथा जोडिएका छन्, कतै इतिहास,’ उनले भने, ‘यहाँको जीवन जात्रासँग जोडिएको छ।’ उनी भक्तपुरमा मनाइने जात्राले थुप्रै सन्देश दिने सुनाउँछन्।

बिस्केटको लिङ्गो उठाउने र ढाल्ने प्रक्रियालाई प्रकृति र पुरुष समागमनको अवस्था भएको बताउँछन्। ‘त्यो आकाश र पृथ्वीको मिलनको जात्रा हो,’ उनले भने, ‘त्यसैले लिङ्गो उठाउँदा र ढाल्दा सर्वसाधारण उस्तै रमाउँछन्।’

जात्रा जीवन्त बनाइराख्न यसमा देखिएका कमजोरीलाई हटाउँदै जानुपर्ने कतिपयको बुझाइ छ। जात्राको महत्त्व बुझाउँदै यसलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने उनीहरूको भनाइ छ। ‘जात्राको मौलिकता नगुम्ने गरी यसलाई समयसाक्षेप गर्नु जरुरी छ। यो समयभन्दा पहिला जात्रा मनाउनेलाई जात्राको खास अर्थ बुझाउन आवश्यक छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्।

जात्राको रौनक उपत्यकाका प्राचीन नेवारवस्तीसँगै काँठ क्षेत्रमा रहेका नेवार बस्तीमा पनि देखिएको छ। विभिन्न ठाउँमा रथसहितका जात्रा निस्कन थालेका छन्। यही अवसरमा अर्को सांस्कृतिक नगरी टोखामा वैशाख १ गते स्वप्न तीर्थ मेला लाग्दैछ। त्यस्तै जयवागेश्गरी क्षेत्रमा विभिन्न रथ यात्रा निस्किरहेका छन्।  ‘समग्रमा यति बेला  उपत्यका जात्रामय छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘जात्राको रौनकले उपत्यका घेरिएको छ।’
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
३ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस