हिन्दी सिनेमाका चर्चित कमेडियन कलाकार गोविन्दाले लाखौँ दर्शकलाई आफूसँगै नचाएका छन्। रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महोत्सवलाई प्रवर्द्धन गर्न आयोजित कार्यक्रममा गोविन्दाले आफूसँगै लाखौँ दर्शकलाई नचाएका हुन्।
हिन्दी सिनेमाका सुपरस्टार कलाकार मौलापुर-५ पतौरास्थित महादेव मन्दिरमा आउने भएपछि नेपाल र भारतका लाखौँ मानिस ओइरिएका थिए।
गोविन्दाले दर्शकहरुको माग अनुसार नृत्य गरेका थिए। ससुराली देश नेपाल आएका उनले आफूलाई निकै खुसी लागेको बताउँदै मौलापुर नगरले विपन्नको छोरीको विवाहमा दिइरहेको कोसेलीको प्रशंसा गरे।
नगर प्रमुख रिनाकुमारी साहले हरेक वर्ष कलाकारलाई बोलाएर उच्च सम्मान दिइरहेको बताइन्। गोविन्दासँगै अन्य स्थानीय कलाकारहरुकाे पनि प्रस्तुति रहेको थियो।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन भएकोले गोविन्दाले नगर प्रमुख रिना साह र पूर्वमन्त्री प्रभु साहसँग मिलेर विश्वमा महिलाको अधिकार स्थापित होओस् भन्दै बेलुन उडाएका थिए। गोविन्दाले मातापिताको सम्मान गर्न पनि आफ्ना फ्यानहरुलाई आग्रह गरे।
मधानी महोत्सवको मञ्चमा नेपाली सिनेमाका चर्चित कलाकार पल शाहले पनि आफ्नो प्रस्तुति दिएका थिए भने चर्चित एंकर दिनेश डिसी र कलाकार सरिता साहले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले मधानी महोत्सवमार्फत स्थानीय संस्कृतिले विश्वव्यापी पहिचान स्थापित गरेको सुनाए। विश्व सम्पदा सूचीमा सूचीकृत हुने आधारहरु जमिनमुनिबाट निस्किइरहेको उनकाे भनाइ थियाे।
पतौरामा पुरातत्त्व विभागले गरिरहेको उत्खननबाट आश्चर्यजनक किसिमले नेपालको सबैभन्दा पुरानो संरचना निक्लिरहेको दाबी पुरातत्वविद्हरुले गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै साहले संघीय सरकारले ध्यान दिनु आवश्यक रहेको बताए।
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।
‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।
आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।
‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।
उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...