कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय
०१ माघ २०८०
•
१ मिनेट पाठ
कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय
लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्।  




लिम्बु भाषामा ‘कक्’ को अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो। आजदेखि लिम्बु समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ। राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर मनाउने चलन रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताए। 

मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको किंवदन्ती छ। आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए। आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनाम सुरुवात गरिएको छ। –रासस
अर्को समाचार
‘वनको तरुल वनमै, बजारका तरुल घरमा’
०१ माघ २०८०
•
२ मिनेट पाठ
‘वनको तरुल वनमै, बजारका तरुल घरमा’
“वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ? हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौ, युवाहरू छैनन्, उबेला हापाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन।”




निसीखोला गाउँपालिका–४ का ८६ वर्षीय धनबहादुर मगर दुई वर्ष अगाडिसम्म वनमा पुगेर मागे सङ्क्रान्तिका लागि तरुल खोजेर ल्याउँथे।

गत वर्ष बारीमा काम गर्ने बेला लडेर खुट्ट भाँचियो। अहिले लौरोको सहारामा घरभित्र बाहिर गर्छन्। माघे सङ्क्रान्ति घर आँगनमै भित्रियो तर गाउँमा तरुल खनेर ल्याउने युवा पाइँदैनन्। माघे सङ्क्रान्तिको विशेष परिकारका रूपमा लिइने तरुल वनबाट ल्याउनुको सट्टा बजारबाट किन्ने प्रचलन बढेको उनले बताए।

परम्परादेखि नै वनजङ्गलमा पशुचौपाया चरान जाने र माघे सङ्क्रान्तिका लागि एक महिनाअगावै तरुल खनेर ल्याउने गरे पनि अहिले त्यो प्रचलननै हराएको उनले बताए।
पहिले गाउँघरमा तरुल रोप्ने चलन नभएको तर जङ्गलबाट ल्याएर खाने परम्परा भए पनि अचेल बारीमा पनि लगाउने गरेको उनको भनाइ छ। पछिल्लो समय बारीमा पनि नलगाउने जनाउँदै बजारबाट किनेर ल्याउने गरेको उनको भनाइ थियो।

उनी भन्छन्, “जुग जमाना सबै फेरिए, हाम्रो पालामा वनजङ्गलमा पाइने चिज अहिले बजारबाट किनेर ल्याउँछन्, तरुल त वन जङ्गलमा जहाँ ओसिलो ठाउँ छ, त्यही फल्ने गर्थ्याे गाईवस्तु चराउन जाने, दिनभरि तरुल खन्नेर साँझ एक बोरा बनाएर ल्याउने गर्थ्याै, पछिपछि विकासी तरुल बारीको कुनामा पनि लगाएर खाने गर्थे, तर अहिले बजारबाट लिएर आउँछन्, मान्छेहरू परनिर्भर भए, वनमा जाने हो भने फ्रिमा जति पनि तरुल खनेर ल्याउन सकिन्थ्यो।”

ढोरपाटन नगरपालिका–३ का पिताम्बर खत्रीले अचेल धेरै जसो मान्छेले बजारबाटै तरुल किनेर ल्याउने गरेको भन्दै स्थानीयस्तरमा उत्पादन गर्न छोडेको बताए।

वन तरुल जस्तो स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक बजारमा पाइने तरुल नहुने उनको भनाइ छ। पहिले वनमा पुगेर धेरैले तरुल ल्याउने हुँदा टाढाटाढा पुग्नु परेको सुनाउँदै अहिले गाउँमा कम मात्रै बस्ने हुँदा नजिकमा पनि प्रशस्तै पाइने खत्रीले बताउँछन्।
“गाउँमा कोही बस्ने भएन, पहिले टाढाटाढा वनजङ्गलमा पाइने तरुल अहिले नजिकै पनि पाइन थालेका छन्, तर घर नजिकैको तरुल खन्नका गाह्रो मानेर बजारमा गएर किटनाशक औषधि हालेका तरुल किनेर ल्याउँछन्”, उनले भने, “मैले यसपालि २० किलो जति वन तरुल ल्याएर छरछिमेकीसँग बाँडे, यति भएपछि माघेसङ्क्रान्ति राम्रैसँग बनाइएला भन्ने लागेको छ, अरूले त्यत्ति महत्व हुँदैन, माघे सङ्क्रान्तिमा यसको महत्व धेरै हुन्छ।”

बजारमा आयातित तरुलको माग निकै बढेको स्थानीय व्यवसायी थमबहादुर क्षेत्रीले बताए। एक हप्ता अगाडि बुटवलबाट दुई क्विनटल तरुल ल्याए पनि पुर्‍याउन नसकेको बताए।

पहिले गाउँमा किसानले उत्पादन गरे बेच्न ल्याउने गरेकोमा अहिले भने आइनै छोडेको उनको भनाइ छ। बजारमा ५० देखि ९० रुपैयाँसम्म तरुलको किनबेच हुने उनले बताए।
उनले एक हप्ता अगाडिसम्म ४० रुपैयाँमै सेतो तरुल पाइने गरेको जनाउँदै अहिले ८० रुपैयाँसम्म पुगेको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस