फूल
०६ पौष २०८०
•
२ मिनेट पाठ
फूल
१) फूल




उसले खाइनखाई गरेर दुःखसुखले एउटा चिटिक्कको घर बनायो। घर बनाएको केही समयपछि बिहे गरेर राम्री दुलही भित्र्यायो। बिहे गरेको वर्ष दिनपछि एउटी सुकुमारी कन्याको जन्म भयो। लक्ष्मीको आगमनले उसलाई घर सुन्दर लाग्न थाल्यो। सुन्दरतालाई अझै निखार्न उसले घर रङ्गरोगन गरायो। बगैंचा चिटिक्क बनायो। घर अझ सुन्दर बनाउन उसले दैलाअगाडि आँगनमा फूलको बिरुवा रोप्यो। बिरुवा हुर्कंदै गयो। घामपानी सहँदैसहँदै एकदिन सुन्दर फूल फुल्यो। आउनेजानेहरू उसको आँगनको फूललाई हेर्दै जान्थे। फूल साँच्चै नै मनमोहक तरीकाले फक्रिएको थियो। घरको शोभा नै भएको उक्त फूललाई उसले बडो जतनले जोगाइराखेको थियो।

एक बिहान ऊ पिंढीमा बसेर चिया पिउँदै थियो। एकजना अपरिचित मान्छे मन्दिर जाने बाटो सोध्दै उसको आँगनमा टुप्लुक्क आइपुग्यो। कुरै कुरामा अपरिचितले उक्त फूल टिपेर थालीमा राख्यो। अपरिचितको आकस्मिक हर्कतले ऊ झसंग भयो र भयभीत नजरले आफ्नी कलकलाउँदी छोरीतिर पुलुक्क हेर्‍यो।

२) ईर्ष्या

हिजो ऊ हिंड्न नजान्दा आफन्तहरूले हात समाएर भर दिए। त्यसपछि उसले हिंड्न जान्यो।ऊ खेल्न खोज्दा साथीहरूले खेल्न सिकाए। त्यसपछि उसले खेल्न जान्यो।

उसले अक्षर चिन्न खोज्दा गुरुहरूले अक्षर चिनाए। फलतः उसले अक्षर चिन्यो।

ऊ दौड्न खोज्दा अग्रजहरूले दौड्न सिकाए। परिणामतः उसले दौड्न जान्यो।

आज ऊ सबै कुरामा पारंगत भएको छ। अब केही गर्ने उद्देश्यका साथ अगाडि बढ्न खोजिरहेको छ।

तर विडम्बना सबै जना उसको खुट्टा तानिरहेका छन्।

३) सन्ताप

पहिलापहिला रातमा कत्ति पनि नबिउँझिईकन निदाउने रोशनकुमार आजभोलि छटपटीमा रात काट्छ। यता कोल्टे फेर्छ। उता कोल्टे फेर्छ। बत्ती बाल्छ। शौचालय जान्छ। भान्सामा गई पानी पिएर फेरि ओछ्यानमा पल्टन्छ। निदाउने प्रयास गर्छ तर उसलाई पटक्कै निद्रा लाग्दैन।

यस्तो देखेर श्रीमतीले सोध्छिन्, ‘हैन के भयो हजुरलाई? किन निद्रा नपरेको हो? केही दिनदेखि हजुरलाई छटपटी भएझैं देख्छु। के पर्‍यो त्यस्तो? भन्नुस् न!’

रोशनले भन्न चाहेर पनि कसैलाई भन्न सकेको छैन। रोशनको मुखमा तनावको आगो सल्किएको छ। जुन आगो उसले निल्न पनि सकेको छैन ओकल्न पनि सकेको छैन। साथीभाइ, छरछिमेकी र इष्टमित्रहरूका अगाडि ठाडो शिर निहुरिने भयो भनेर चिन्तित छ।

श्रीमती  चिन्ताको कारण जान्न खोज्दै छे, ‘किन चुप लाग्नु भा! भन्नुस् न के भयो?’

ऊ सुस्तरी बोल्छ, ‘अफिसकी पिए प्रेगनेन्ट भएकी छे। उसले एबोर्सन गर्न मानिरहेकी छैन।’

‘लौ न नि! तपाईको?’

‘हैन, छोराको!’
अर्को समाचार
फूल बेच्न भियाईनभियाई
१६ कार्तिक २०८१
•
२ मिनेट पाठ
फूल बेच्न भियाईनभियाई
बारीमा फूल फुलेर पहेँलपुर छन्। कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन्। फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ।




कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ। तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ। “तिहारका लागि फूलको माग असाध्य छ। मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ”, उनले भने, “कोही बारीमै पुगेर फूल किनिरहेका छन्। कतिपयले फोनबाट फूलको माग गरेका छन्।”

पछिल्लो समय रोकाया माग अनुसार फूल पुर्याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन्। फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका उनी।

तिहारमा हालसम्म १५ हजार रूपैयाँका फूल बिक्री गरेको रोकायाको भनाइ छ। “दिनमा एकपटक महेन्द्रनगरको माग पूर्ति गर्न फूल लिएर आउनुपर्छ। त्यसपछि दोधारा चाँदनीमै व्यस्त भइन्छ”, उनले भने, “तिहार लक्षित गरेर फूलखेती गरिएकाले तिहार सबै फूल बिक्री गरिसक्नुपर्ने हो।”

सुन्दरनगरमा रोकायाले बाह्र कट्ठा जमिनमा फूलखेती गरेका छन्। उनको खेतमा हाल सयपत्री र मखमली फूल फुलेर बिक्रीका लागि तयार छन्। प्रतिकिलोग्राम तीन सय रूपैयाँका दरले फूल बिक्री भइरहेको उनले बताए। अझै खेतमा डेढ क्विन्टल फूल बिक्री गर्न बाँकी रहेको उनको भनाइ छ।

“रामलीला लगायत कार्यक्रममा पनि फूल बिक्री भयो। तिहार बाँकी फूल सबै बिक्री हुने विश्वास छ”, रोकायाले भने, “पोहोर साल पाँच सय रूपैयाँ किलोग्रामका दरले बिक्री भएको थियो। उपभोक्ता महँगो भनेपछि यसपालि मूल्य घटाएको हो।”

बाह्र कट्ठा जमिनमा फूल खेती गर्न ४५ हजार रूपैयाँ लगानी लागेको उनको भनाइ छ। भारतबाट फर्किएर रोकायाले दुई वर्षअघिदेखि फूल खेती थालेका हुन्।

सुरुआतमा भारतबाट रोकायाले फूलको बीउ मगाएर खेती गरेका थिए। “अब बीउ ल्याउनुपर्ने अवस्था छैन। फूलको बेर्ना आफैँले खेतमा उत्पादन गर्ने गरेको छु”, उनी भन्छन्, “फूल र माला बेचेर वार्षिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुन्छ।”

असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ। साउनमा खेतमा सारेको फूलको बेर्ना असोजदेखि बिक्रीका लागि तयार हुने गरेको उनको भनाइ छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस