बेलायती आरक्षणको दारुण कथा
२३ भदौ २०८०
•
६ मिनेट पाठ
बेलायती आरक्षणको दारुण कथा
विद्यालय भर्ती भएपछि बिचैमा छाड्दाका अनेक बेफाइदा छन्। त्यसका बाबजुद बिचैमा स्कुल तथा कलेज छाड्ने बेलायतीको संख्या दिनानुदिन बढिरहेको छ। विद्यालय भर्ती हुने ६.४ प्रतिशत बालबालिकाले बिचैमा स्कुल छाड्छन्। पूरा युरोपको तुलनामा यो कमै हो तापनि यसलाई शिक्षाविद्हरूले चिन्ताजनक मानेका छन्। यो कुन हदसम्मको चिन्ताजनक छ भन्ने कुरा अर्को एउटा तथ्याङ्कले पनि देखाउँछ।




बेलायती सपिङ मलहरूमा हुने सानादेखि ठुलासम्मका चोरीले वार्षिक रूपमा एक अर्ब पाउन्डसम्म क्षति पुर्‍याएको पछिल्ला तथ्याङ्कले देखाएका छन्। चोरी फेला परे पनि प्रहरीले ध्यान दिन छाडेको छ।
चोरी रिपोर्ट गरिएका घटनामध्ये ७१ प्रतिशत गम्भीर प्रकृतिका चोरीमा प्रहरीले कुनै पनि प्रतिक्रिया दिन नसकेको बेलायतस्थित द डेली टेलिग्राफ पत्रिकाले बुधबारको रिपोर्टमा लेखेको छ। पसलेहरूले आफ्नो माल चोरी भएको भन्दै गरेका रिपोर्टमा ७ मध्ये ६ वटा मुद्दालाई प्रहरीले ध्यान दिन छाडेको छ। यस्तोमा प्रहरीले आफ्नो ध्यान साना चोरीभन्दा ठुला अपराधमा दिन थालेको बताएको छ। तर पसलेहरूले भने यस्ता चोरीको मूल्य एक अर्ब पाउन्डभन्दा बढी पुग्नु सानो चोरी नभएको जिकिर गरिरहेका छन्।

यस्तो चोरी तिनैले गर्छन्, जो कम पढेलेखेका छन्, जसले कम अवसर पाउँछन्। त्यसको क्षतिपूर्ति यिनले चोरी गरेर र सरकारले बाँड्ने खैराँतमा आँखा गाडेर पूरा गर्छन्।

बेलायतमा पछिल्लो समय मौलाइरहेको सारा विकृतिको कारण खोतल्दै ‘आरक्षणले मौलाएको विकृति’ उपन्यास बजारमा आएको छ।

संरक्षण हुनुपर्ने तर हुन नसकेका जातजाति, भाषा, संस्कार–संस्कृति, वन्यजन्तु, बोटबिरुवा आदिलाई जोगाउने वा सुरक्षित राख्ने काम आरक्षण हो। लोपोन्मुख वस्तु तथा मान्छेलगायतका प्राणीको आरक्षण गर्ने परम्परा विश्वभरि नै चल्दै आएको छ। नेपालमा त झन् आरक्षणको अवधारणा तथा व्यावहारिक प्रयोग व्यापक रहेको पाइन्छ। नेपालमा धेरै वन्यजन्तु आरक्षण छन्। यस्ता वन्यजन्तु आरक्षणवरपर राज्यले मान्छेलाई भन्दा वन्यजन्तुलाई महत्त्व दिएको देखिन्छ। पिछडिएका जातजातिको सवालमा पनि पछिल्ला संविधानमा आरक्षणलाई सबल बनाइएको छ।

मलाई सधैं जिज्ञासा लाग्ने विषय थियो-युरोप-अमेरिका जस्ता मुलुकमा आरक्षणको अवस्था के छ? भौतिक विकासका कारण ती मुलुकमा आरक्षण गर्नुपर्ने समुदाय छन् र? यस्ता अनगिन्ती प्रश्न विश्व सन्दर्भमा उठिरहन्थे। यस्ता प्रश्नको उत्तर विभिन्न गैरआख्यान लेखरचनामा भने मैले पटक पटक पढेको थिएँ। आख्यानमा यस्तो सन्दर्भ धेरै कम मात्र पाइन्थ्यो। जब रामप्रसाद घिमिरेको उपन्यास ‘आरक्षणले मौलाएको विकृति’ पाएँ, यस्ता जिज्ञासाको धेरै हदसम्म समाधान पाएको अनुभूत भयो।

विदेशमा नेपालमा भन्दा अलि भिन्न आरक्षण हुँदो रहेछ। नेपालमा दलित, जनजाति, महिलालगायतका तुलनात्मक रूपमा पिछडिएका समुदायलाई आरक्षण दिइन्छ। जतिसुकै धनी होऊन्, संविधानमा पिछडिएका भनेर तोकिएका यस्ता समुदायले आरक्षण पाउँछन् तर जतिसुकै गरिब तथा निम्न जीवनस्तर किन नहोस्, संविधानले पिछडिएका वर्ग भनेर नतोकिएका जातिगत समुदायले आरक्षण पाउँदैनन्। यहाँको संविधानले खानै नपाएर मरे पनि उच्च जाति भनिएकाहरूलाई आरक्षणको आवश्यकता देख्दैन।

बेलायतमा राज्यले आदिवासीलाई विशेष आरक्षण दिँदो रहेछ। यही आरक्षणका कारण ती आदिवासीले कुनै मिहिनेतपूर्ण काम गर्न जरुरी रहेनछ। यसप्रकारको आरक्षणकै कारण धेरै आदिवासी नराम्रोसँग कुलतमा फसेका रहेछन्।
बेलायतमा रहेको यही आदिवासीगत आरक्षणले निम्त्याएको समस्यालाई सजिलो भाषा अनि सुन्दर शैलीमा ‘आरक्षणले मौलाएको विकृति’मा प्रस्तुत गरिएको छ।

बेलायतमा सरकारी अनुदानमा रमाउने पुस्ताको भौतिक विचलन नै उपन्यासको कथ्यसन्दर्भ हो। बेलायती सरकारले प्रदान गर्ने आर्थिक सुविधामा जीवन निर्वाह गर्ने एक विपन्न परिवारको दर्दनाक कथा उपन्यासमा छ। मार्गरेट ब्राउन र उनकी छोरी जुलियाको जिन्दगी यहाँ प्रस्तुत छ। सरकारी आरक्षणमा बाँचेका यी पात्र र घटना प्रतिनिधि मात्र हुन्।

सरकारी सुविधाको दुरूपयोगले आचरणगत विकृति र तुच्छ संस्कारको प्रभाव यिनका शाखा–सन्तानमा पर्न गएकाले अन्ततः यिनीहरूका धेरै सन्तानको जीवनपद्धति दर्दनाक हुन पुगेको कथावस्तु उपन्यासमा प्रस्तुत गरिएको छ।

बेलायती सरकारले आरक्षण दिएको समुदायलाई लक्षित गरी तिनीहरूको चुलोदेखि ओछ्यानसम्म र जन्मदेखि मृत्युसम्मको संस्कारको मामला अध्ययन गरेर पुस्तकको निर्माण भएको छ। बेलायती समाज बुझ्न उपन्यास उपयोगी छ। नेपालीको नजरमा बेलायत विकृतिविहीन छ जस्तो देखिन्छ। त्यस्तो होइन। बेलायतमा पनि अनेकौं असह्य विकृत सन्दर्भ छन् भन्ने उपन्यासले देखाएको छ।
जुलिया विकृत मनोविज्ञानले पाकेकी पात्र हो। जुलिया यति बिग्रेकी छ कि उसको मानवीय संवेदना अनि सर्वमान्य भावना नै भताभुङ्ग भएको छ। कुलत र पुरुषलतले झ्याप्पै छोपेको छ उसलाई। मोजमस्तीको मनोविज्ञानले अनमत्तु छे जुलिया। आफ्नी आमा मार्गरेटले अन्तिम सास फेर्दै गर्दा पनि उसले त्यही दारुणिक भिडियो बनाउँदै छे। ऊ मात्र होइन, आरक्षण र प्रविधिमा बाँचेका सबैको अवस्था उस्तै देखिन्छ। मार्गरेटको अन्तिम अवस्थामा पनि अस्पतालमा जम्मा भएका छोराछोरीहरू मोबाइलमा च्याट र गेममा भुलेको देख्दा प्रविधिले विश्व समाज कता लाँदै छ भन्ने प्रश्न उठ्छ।

मार्गरेटको मृत्युको शोक होइन, त्यहाँ कुनै उत्सव थियो जस्तो लाग्छ। मृत्युको एक हप्तासम्म उसको घरमा सामान्य भिडभाड रहन्छ। घरभित्रबाट बाहिरसम्म पाकिराखेको बिफको हरक निरन्तर आइरहन्छ। दिनमा पटकपटक निसंकोच माछामासु पाक्छ।
बिफका विभिन्न परिकार बनाएर खाइरहन्छन् आफन्तहरू। रक्सी पिउनेहरूको भिड लाग्छ। ममीको अन्तिम संस्कारकै दिन जुलियाले होलिडे बुकिङ गरेकी छु भन्दै त्यो दिन कार्यक्रम हुन नदिने भन्छे। उसका लागि ममीको अन्तिम संस्कारभन्दा आफ्नो होलिडे महत्त्वपूर्ण हुन्छ। नेपाली संस्कारमा हुर्केकाहरूका लागि यो त असोचनीय विषय हो।

बेलायतजस्तो विकसित देशमा जन्मिएर र पुस्तौंदेखि बसोबास गरी असीमित प्रविधि र सुविधाहरू उपभोग गर्ने सुअवसर पाएर मात्र कहाँ हुँदो रहेछ र? आफू जिम्मेवार नभइदिनाले, आचरण र संस्कारमा परिवर्तन नआइदिनाले परिवार विकृतिमा फस्दोरहेछ। बेलायतभित्रै यस्तो विकृतियुक्त समाज हुर्किरहेको छ।

उपन्यासमा पश्चिमेली र पूर्वेली संस्कारका बिचको अन्तर सान्दर्भिक तवरले प्रस्तुत गरिएको छ। यहाँ अतिभौतिकताले ग्रसित समाजको कथा छ। यस्तो संस्कारबाट नेपाली समाज वञ्चित छ तर मानवीय भावना, संवेदनाका कारण यो कथा नेपाली मनसँग जोडिएको छ।

मार्गरेटदेखि ज्याकसम्म र त्यसपछि पनि देखिएका मानवीय भावनाहरूको भौतिक रूपान्तरण देख्दा अचम्म पनि लाग्छ, दुःख पनि लाग्छ। एउटा भौतिक रूपमा उचाइमा पुगेको समाजका विडम्बनालाई लेखकले राम्रोसँग प्रस्तुत गरेका छन्।
बेलायती संस्कार र हाम्रो संस्कारलाई दाँजेर हेर्दा हाम्रो धर्म, संस्कृति, पारिवारिक संस्कार उनीहरूको भन्दा उच्चकोटिको रहेछ भन्ने लाग्छ। यस उपन्यासका पात्र र तिनका प्रवृत्तिको विकृत चालचलन हेर्दा पूर्वीय संस्कृति, परिवेश, परिवारको सामीप्य, समर्पण भाव, दुःखसुखमा परिवारको साथ, सन्तानमाथि बुबाआमा, हजुरबुबा–हजुरआमाको वात्सल्य तथा बुढेसकालमा छोराछोरी र नातिनातिनाबाट प्राप्त सम्मान र सेवाको महत्त्वलाई झनै उजागर गरेको पाइन्छ।

उपन्यासकार घिमिरेको भाषा सहज अनि शिष्ट छ। परिवेश र पात्रको चरित्र विन्यास छरितो छ। पात्र संवादले जीवन्तता पाएको महसुस हुन्छ। भावनामा पनि उपन्यास बलियो छ। पढ्न थालेपछि ‘अब के हुन्छ?’ भन्ने प्रश्नले मुटुमा एकोहोरो घन्टी बजाइरहन्छ। उपन्यासको पठनपछि बेलायती समाजको बनावट र परिवेशलाई सहजै बुझ्न सकिन्छ।

अझ भनौं बेलायतप्रतिको अधिकांश नेपालीको अवधारणा नै बदलिन्छ। जीवनभर हामीले बेलायत बसेर थाहा पाउन नसकेका सूचनाको उठान गरिएको आख्यान हो यो। उपन्यास पढिसकेपछि बेलायतमा पनि यस्तो संस्कार र संस्कृति जिउँदो रहेछ भन्ने पाठकले बोध गर्छन्।

‘आरक्षणले मौलाएको विकृति’ साहित्यपोस्टले प्रकाशन गरेको हो। 
अर्को समाचार
बेलायती आरक्षणको दारुण कथा
२३ भदौ २०८०
•
६ मिनेट पाठ
बेलायती आरक्षणको दारुण कथा
विद्यालय भर्ती भएपछि बिचैमा छाड्दाका अनेक बेफाइदा छन्। त्यसका बाबजुद बिचैमा स्कुल तथा कलेज छाड्ने बेलायतीको संख्या दिनानुदिन बढिरहेको छ। विद्यालय भर्ती हुने ६.४ प्रतिशत बालबालिकाले बिचैमा स्कुल छाड्छन्। पूरा युरोपको तुलनामा यो कमै हो तापनि यसलाई शिक्षाविद्हरूले चिन्ताजनक मानेका छन्। यो कुन हदसम्मको चिन्ताजनक छ भन्ने कुरा अर्को एउटा तथ्याङ्कले पनि देखाउँछ।




बेलायती सपिङ मलहरूमा हुने सानादेखि ठुलासम्मका चोरीले वार्षिक रूपमा एक अर्ब पाउन्डसम्म क्षति पु¥याएको पछिल्ला तथ्याङ्कले देखाएका छन्। चोरी फेला परे पनि प्रहरीले ध्यान दिन छाडेको छ। चोरी रिपोर्ट गरिएका घटनामध्ये ७१ प्रतिशत गम्भीर प्रकृतिका चोरीमा प्रहरीले कुनै पनि प्रतिक्रिया दिन नसकेको बेलायतस्थित द डेली टेलिग्राफ पत्रिकाले बुधबारको रिपोर्टमा लेखेको छ। पसलेहरूले आफ्नो माल चोरी भएको भन्दै गरेका रिपोर्टमा ७ मध्ये ६ वटा मुद्दालाई प्रहरीले ध्यान दिन छाडेको छ। यस्तोमा प्रहरीले आफ्नो ध्यान साना चोरीभन्दा ठुला अपराधमा दिन थालेको बताएको छ। तर पसलेहरूले भने यस्ता चोरीको मूल्य एक अर्ब पाउन्डभन्दा बढी पुग्नु सानो चोरी नभएको जिकिर गरिरहेका छन्।

यस्तो चोरी तिनैले गर्छन्, जो कम पढेलेखेका छन्, जसले कम अवसर पाउँछन्। त्यसको क्षतिपूर्ति यिनले चोरी गरेर र सरकारले बाँड्ने खैराँतमा आँखा गाडेर पूरा गर्छन्।

बेलायतमा पछिल्लो समय मौलाइरहेको सारा विकृतिको कारण खोतल्दै ‘आरक्षणले मौलाएको विकृति’ उपन्यास बजारमा आएको छ।

संरक्षण हुनुपर्ने तर हुन नसकेका जातजाति, भाषा, संस्कार–संस्कृति, वन्यजन्तु, बोटबिरुवा आदिलाई जोगाउने वा सुरक्षित राख्ने काम आरक्षण हो। लोपोन्मुख वस्तु तथा मान्छेलगायतका प्राणीको आरक्षण गर्ने परम्परा विश्वभरि नै चल्दै आएको छ। नेपालमा त झन् आरक्षणको अवधारणा तथा व्यावहारिक प्रयोग व्यापक रहेको पाइन्छ। नेपालमा धेरै वन्यजन्तु आरक्षण छन्। यस्ता वन्यजन्तु आरक्षणवरपर राज्यले मान्छेलाई भन्दा वन्यजन्तुलाई महŒव दिएको देखिन्छ। पिछडिएका जातजातिको सवालमा पनि पछिल्ला संविधानमा आरक्षणलाई सबल बनाइएको छ।

मलाई सधैं जिज्ञासा लाग्ने विषय थियो– युरोप–अमेरिकाजस्ता मुलुकमा आरक्षणको अवस्था के छ ? भौतिक विकासका कारण ती मुलुकमा आरक्षण गर्नुपर्ने समुदाय छन् र ? यस्ता अनगिन्ती प्रश्न विश्व सन्दर्भमा उठिरहन्थे। यस्ता प्रश्नको उत्तर विभिन्न गैरआख्यान लेखरचनामा भने मैले पटक पटक पढेको थिएँ। आख्यानमा यस्तो सन्दर्भ धेरै कम मात्र पाइन्थ्यो। जब रामप्रसाद घिमिरेको उपन्यास ‘आरक्षणले मौलाएको विकृति’ पाएँ, यस्ता जिज्ञासाको धेरै हदसम्म समाधान पाएको अनुभूत भयो।

विदेशमा नेपालमा भन्दा अलि भिन्न आरक्षण हुँदो रहेछ। नेपालमा दलित, जनजाति, महिलालगायतका तुलनात्मक रूपमा पिछडिएका समुदायलाई आरक्षण दिइन्छ। जतिसुकै धनी होऊन्, संविधानमा पिछडिएका भनेर तोकिएका यस्ता समुदायले आरक्षण पाउँछन् तर जतिसुकै गरिब तथा निम्न जीवनस्तर किन नहोस्, संविधानले पिछडिएका वर्ग भनेर नतोकिएका जातिगत समुदायले आरक्षण पाउँदैनन्। यहाँको संविधानले खानै नपाएर मरे पनि उच्च जाति भनिएकाहरूलाई आरक्षणको आवश्यकता देख्दैन।

बेलायतमा राज्यले आदिवासीलाई विशेष आरक्षण दिँदो रहेछ। यही आरक्षणका कारण ती आदिवासीले कुनै मिहिनेतपूर्ण काम गर्न जरुरी रहेनछ। यसप्रकारको आरक्षणकै कारण धेरै आदिवासी नराम्रोसँग कुलतमा फसेका रहेछन्। बेलायतमा रहेको यही आदिवासीगत आरक्षणले निम्त्याएको समस्यालाई सजिलो भाषा अनि सुन्दर शैलीमा ‘आरक्षणले मौलाएको विकृति’मा प्रस्तुत गरिएको छ।

बेलायतमा सरकारी अनुदानमा रमाउने पुस्ताको भौतिक विचलन नै उपन्यासको कथ्यसन्दर्भ हो। बेलायती सरकारले प्रदान गर्ने आर्थिक सुविधामा जीवन निर्वाह गर्ने एक विपन्न परिवारको दर्दनाक कथा उपन्यासमा छ। मार्गरेट ब्राउन र उनकी छोरी जुलियाको जिन्दगी यहाँ प्रस्तुत छ। सरकारी आरक्षणमा बाँचेका यी पात्र र घटना प्रतिनिधि मात्र हुन्। सरकारी सुविधाको दुरूपयोगले आचरणगत विकृति र तुच्छ संस्कारको प्रभाव यिनका शाखा–सन्तानमा पर्न गएकाले अन्ततः यिनीहरूका धेरै सन्तानको जीवनपद्धति दर्दनाक हुन पुगेको कथावस्तु उपन्यासमा प्रस्तुत गरिएको छ।

बेलायती सरकारले आरक्षण दिएको समुदायलाई लक्षित गरी तिनीहरूको चुलोदेखि ओछ्यानसम्म र जन्मदेखि मृत्युसम्मको संस्कारको मामला अध्ययन गरेर पुस्तकको निर्माण भएको छ। बेलायती समाज बुझ्न उपन्यास उपयोगी छ। नेपालीको नजरमा बेलायत विकृतिविहीन छ जस्तो देखिन्छ। त्यस्तो होइन। बेलायतमा पनि अनेकौं असह्य विकृत सन्दर्भ छन् भन्ने उपन्यासले देखाएको छ।

जुलिया विकृत मनोविज्ञानले पाकेकी पात्र हो। जुलिया यति बिग्रेकी छ कि उसको मानवीय संवेदना अनि सर्वमान्य भावना नै भताभुङ्ग भएको छ। कुलत र पुरुषलतले झ्याप्पै छोपेको छ उसलाई। मोजमस्तीको मनोविज्ञानले अनमत्तु छे जुलिया। आफ्नी आमा मार्गरेटले अन्तिम सास फेर्दै गर्दा पनि उसले त्यही दारुणिक भिडियो बनाउँदै छे। ऊ मात्र होइन, आरक्षण र प्रविधिमा बाँचेका सबैको अवस्था उस्तै देखिन्छ। मार्गरेटको अन्तिम अवस्थामा पनि अस्पतालमा जम्मा भएका छोराछोरीहरू मोबाइलमा च्याट र गेममा भुलेको देख्दा प्रविधिले विश्व समाज कता लाँदै छ भन्ने प्रश्न उठ्छ।

मार्गरेटको मृत्युको शोक होइन, त्यहाँ कुनै उत्सव थियो जस्तो लाग्छ। मृत्युको एक हप्तासम्म उसको घरमा सामान्य भिडभाड रहन्छ। घरभित्रबाट बाहिरसम्म पाकिराखेको बिफको हरक निरन्तर आइरहन्छ। दिनमा पटकपटक निसंकोच माछामासु पाक्छ। बिफका विभिन्न परिकार बनाएर खाइरहन्छन् आफन्तहरू। रक्सी पिउनेहरूको भिड लाग्छ। ममीको अन्तिम संस्कारकै दिन जुलियाले होलिडे बुकिङ गरेकी छु भन्दै त्यो दिन कार्यक्रम हुन नदिने भन्छे। उसका लागि ममीको अन्तिम संस्कारभन्दा आफ्नो होलिडे महŒवपूर्ण हुन्छ। नेपाली संस्कारमा हुर्केकाहरूका लागि यो त असोचनीय विषय हो।

बेलायतजस्तो विकसित देशमा जन्मिएर र पुस्तौंदेखि बसोबास गरी असीमित प्रविधि र सुविधाहरू उपभोग गर्ने सुअवसर पाएर मात्र कहाँ हुँदो रहेछ र ? आफू जिम्मेवार नभइदिनाले, आचरण र संस्कारमा परिवर्तन नआइदिनाले परिवार विकृतिमा फस्दोरहेछ। बेलायतभित्रै यस्तो विकृतियुक्त समाज हुर्किरहेको छ।

उपन्यासमा पश्चिमेली र पूर्वेली संस्कारका बिचको अन्तर सान्दर्भिक तवरले प्रस्तुत गरिएको छ। यहाँ अतिभौतिकताले ग्रसित समाजको कथा छ। यस्तो संस्कारबाट नेपाली समाज वञ्चित छ तर मानवीय भावना, संवेदनाका कारण यो कथा नेपाली मनसँग जोडिएको छ। मार्गरेटदेखि ज्याकसम्म र त्यसपछि पनि देखिएका मानवीय भावनाहरूको भौतिक रूपान्तरण देख्दा अचम्म पनि लाग्छ, दुःख पनि लाग्छ। एउटा भौतिक रूपमा उचाइमा पुगेको समाजका विडम्बनालाई लेखकले राम्रोसँग प्रस्तुत गरेका छन्।

बेलायती संस्कार र हाम्रो संस्कारलाई दाँजेर हेर्दा हाम्रो धर्म, संस्कृति, पारिवारिक संस्कार उनीहरूको भन्दा उच्चकोटिको रहेछ भन्ने लाग्छ। यस उपन्यासका पात्र र तिनका प्रवृत्तिको विकृत चालचलन हेर्दा पूर्वीय संस्कृति, परिवेश, परिवारको सामीप्य, समर्पण भाव, दुःखसुखमा परिवारको साथ, सन्तानमाथि बुबाआमा, हजुरबुबा–हजुरआमाको वात्सल्य तथा बुढेसकालमा छोराछोरी र नाति–नातिनाबाट प्राप्त सम्मान र सेवाको महŒवलाई झनै उजागर गरेको पाइन्छ।

उपन्यासकार घिमिरेको भाषा सहज अनि शिष्ट छ। परिवेश र पात्रको चरित्र विन्यास छरितो छ। पात्र संवादले जीवन्तता पाएको महसुस हुन्छ। भावनामा पनि उपन्यास बलियो छ। पढ्न थालेपछि ‘अब के हुन्छ ?’ भन्ने प्रश्नले मुटुमा एकोहोरो घन्टी बजाइरहन्छ। उपन्यासको पठनपछि बेलायती समाजको बनावट र परिवेशलाई सहजै बुझ्न सकिन्छ। अझ भनौं बेलायतप्रतिको अधिकांश नेपालीको अवधारणा नै बदलिन्छ। जीवनभर हामीले बेलायत बसेर थाहा पाउन नसकेका सूचनाको उठान गरिएको आख्यान हो यो। उपन्यास पढिसकेपछि बेलायतमा पनि यस्तो संस्कार र संस्कृति जिउँदो रहेछ भन्ने पाठकले बोध गर्छन्।

‘आरक्षणले मौलाएको विकृति’ साहित्यपोस्टले प्रकाशन गरेको हो। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस