पाठकीय दृष्टिमा बोकाको खुसी
२९ असार २०८०
•
८ मिनेट पाठ
पाठकीय दृष्टिमा बोकाको खुसी
डा. शेखरकुमार श्रेष्ठको लघुकथासंग्रह बोकाको खुसीले लघुकथालय पुरस्कार-२०८० हात पार्‍यो भनेको खबर असार १० गते जसै सुनें, म अत्याधिक प्रसन्न भएँ। बधाई र शुभकामना बाँड्न अलिकति पनि कञ्जुस्याइँ गरिनँ। जोसुकैले पाओस्, सम्मान र पुरस्कार आफैंमा गरिमाको विषय हो। चाहे त्यो  व्यक्ति र पुरस्कार सानो होस् वा ठूलो!




हाम्रो लघुकथा केन्द्रका उपाध्याक्ष डा.शेखरकुमार श्रेष्ठ समालोचक,प्राध्यापक, लेखक एवं अनुसन्धानकर्ता पनि हुन्। ५० को दशकको उत्तरार्द्धबाट लघुकथा लेख्ने लघुकथाकार डा.शेखर एक लगनशील र इमानदार व्यक्ति हुन्। २०५८ सालमा कृष्ण कँडेलद्वारा सम्पादित संवेदन स्वरहरू लघुकथासंग्रहमा ‘कसले बुझ्ने?’ र ‘दिनदिनै’ शीर्षकका दुई लघुकथा प्रकाशित  गरेर लघुकथाको यात्राराम्भ गर्ने डा. शेखरका आजसम्म  सगरपुर, बोकाको खुसी र छाता तीन  लघुकथासंग्रह प्रकाशित छन्।

युद्धको मैदानमा दुई पक्षले आँखा चिम्लेर बर्साएको गोला, बारूदले  ध्वस्त निम्याएको भाव बटुलेको दुखान्त विषयभावको लघुकथा  जिम्मेवार को? नै उनको पहिलो लघुकथाको हो भनेर सर्जकको ठम्याइ छ। लघुकथासंग्रहका अतिरिक्त उनले सेतो हिमालमून्तिर, पूर्णिमाको  राति, रोपाइँ,रमाइलो पहाड, मृत्यु उत्सव होस्, गोदाबरी मेला र दक्षिणकाली नगरका तीर्थस्थल, कमिलाको जन्ती, धन्यवादका पात्र जस्ता  बालकथा, बालकविता, निबन्ध र कविता कृतिहरू प्रकाशन गरेका छन्। साथै सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत,  समालोचना  र पौरषत्व दर्शनमा उनले विद्यावारिधि गरेका छन्।

डा. शेखरकुमार श्रेष्ठको लघुकथासंग्रह बोकाको खुसीले लघुकथालय पुरस्कार-२०८० हात पार्‍यो भनेको खबर असार १० गते जसै सुनें, म अत्याधिक प्रसन्न भएँ। बधाई र शुभकामना बाँड्न अलिकति पनि कञ्जुस्याइँ गरिनँ। जोसुकैले पाओस्, सम्मान र पुरस्कार आफैंमा गरिमाको विषय हो। चाहे त्यो  व्यक्ति र पुरस्कार सानो होस् वा ठूलो!
विसं २०३१ माघ २९ गते फर्पिङमा उनको जन्म भएको हो। लक्ष्मी श्रेष्ठ एवं नारायणबहादुर श्रेष्ठका सुपुत्र डा. शेखरले नेपाली विषयमा एमए, एमएड गरेका छन्।

हाम्रो लघुकथा केन्द्रमा आबद्ध शेखर भाइ र म सहकर्मी हौं। यसले पनि होला, पुरस्कारको खबरले म आह्लादित हुनु भनेको स्वाभाविक थियो। यद्यपि पुस्तक गत वर्ष हात परेको थियो र पनि  मानौं, पढने समय जुरेको थिएन। पुरस्कृत पुस्तक भनेपछि म चूप रहन सकिनँ र पुस्तकका पाना पल्टाउन थालें।

अक्षरधाम प्रकाशन प्रालि काठमाडौं  वितरक, नीरबहादुर याक्खाको आवरण चित्र रहेको यस पुस्तकको मूल्य २००।-रुपैयाँ छ। साहित्यकार विधान आचार्यको भूमिका रहेकाे छ। सुसेली साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित बोकाको खुसीमा ५२ लघुकथा सङगृहीत छन्।

पहिलो लघुकथा साधनमा पौराणिक पात्रहरू खडा गरेर आजको मानवको स्वार्थी प्रवृत्ति देखाइएको छ। गन्तव्य प्राप्तिका लागि साधनको महत्त्व सबैलाई हुन्छ तर खोला तर्‍यो, लौरो बिर्सियो भनेझैं कार्य सिद्धिएपछि साधन ओझेलमा पर्ने सत्य भाव प्रस्तुत गरिएको छ। बौद्धिक चिन्तन, तर्क र संवादले लघुकथा गहन बनेको छ।

पहिलो लघुकथा साधनमा पौराणिक पात्रहरू खडा गरेर आजको मानवको स्वार्थी प्रवृत्ति देखाइएको छ।
त्यसैगरी क्रमशः पूजा लघुकथामा प्रलयको सम्भावनामा शक्तिको पूजा हुन्छ भन्ने भाव झल्किएको छ। भविष्यको काममा शिक्षित बेजोरगारीको पीडा, सिकाइ १ मा  बालबालिकाको शिक्षाप्रति वितृष्णा भाव  र सिकाइ २ मा कर्मले भाग्य निर्माण गर्छ भन्ने सन्देश दिएको छ।

खहरे रातो भेलमा युवती बलात्कृत भएको घटनालाई प्रस्तुत गर्न सशक्त बिम्बको प्रयोग भएको छ। एकल महिलाको पीडालाई आमा लघुकथाले उजागर गरेको छ। माया लघुकथामा आदर्शवादी पात्रहरू खडा गरेर त्याग र समर्पणको भावना प्रस्तुत गरिएको छ। साँचो सिकाइमा नाटकीय शैली प्रयोग गर्दै सिक्ने आधारहरू पहिल्याएको छ। बिम्बको प्रयोगबाट स्वदेशमा रोजगारीको चाह प्रस्तुत गरिएको छ, केतुकेको बोट लघुकथामा।

पहिलो लघुकथा साधनमा पौराणिक पात्रहरू खडा गरेर आजको मानवको स्वार्थी प्रवृत्ति देखाइएको छ। गन्तव्य प्राप्तिका लागि साधनको महत्त्व सबैलाई हुन्छ तर खोला तर्‍यो, लौरो बिर्सियो भनेझैं कार्य सिद्धिएपछि साधन ओझेलमा पर्ने सत्य भाव प्रस्तुत गरिएको छ। बौद्धिक चिन्तन, तर्क र संवादले लघुकथा गहन बनेको छ।
आवश्यकता लघुकथा विज्ञापनको नवीन शैलीमा बुनिएको छ। मेरो गन्तव्यले  विकृति फालेर धर्म र संस्कृति जोगाउने आह्वान गरेको छ।

कर लघुकथाले संगठित भिखारीहरू र राज्य पक्षबाट लाग्ने करप्रति संकेत गरेको छ। कागजको जंगलमा बिम्बको प्रयोग गरेर अरूको भाग खोस्ने प्रवृत्तिमाथि प्रहार भएको छ। भविष्यको आवाजमा साहित्यिक व्यंग्यले समाज हल्लाउने विषय प्रष्फुटित भएको छ। नेताज्यू म के भनौं? लघुकथा शीर्षक र आयामले बिस्तार भएको छ। जसमा घुस र कमिसनतन्त्रको खेल प्रस्तुत गरिएको छ। आन्दोलन लघुकथाले अराजकताप्रति संकेत गरेको छ। अमेरिकी भाञ्जा आयामको  दृष्टिले बिस्तार भएको छ, जसमा  विदेशमा हुर्किएका केटाकेटीलाई कुवाको ब्याङ्गको रूपमा प्रस्तुत गरिएको छ। वैध सिकारी लघुकथाले अधिकारको दुरूपयोगबारे बोलेको छ भने निर्णय लघुकथाले पत्रकारहरूको योग्यतामाथि प्रश्नचिन्ह खडा गरेको छ।

नयाँ कविले मृत्युपछि गरिने चाहना प्रवृत्तिप्रति व्यंग्य हानेको छ। भिखारी आयामको हिसाबले बिस्तारित छ जसमा झोलेहरूलाई प्रहार गरिएको छ। नव मोतीको सम्मान शीर्षक र आयाम बढी तन्किएको छ जसमा गर्नेभन्दा गराउने महान् हुन्छ र नामका लागि काम गर्ने होइन भन्ने सन्देश प्रवाह गरेको छ।

तिजको व्रतमा धर्मप्रति हुने आडम्बर, संगत लघुकथामा कुसंगतले घर बिगार्छ, साथीहरूको लहैलहैमा लागेर स्वच्छन्द बन्नु हुँदैन भन्ने गतिलो सन्देश दिएको छ। नेपाली लघुकथामा विकास विरोधी नेतृत्व चरित्रमाथि व्यंग्य गरिएको छ।

महादेवको आशीर्वाद रोचक शैलीमा प्रस्तुत भएको छ जसमा आफूले दिएको वचन आफैंमा फर्किंदाको बिल्लीबाठ अवस्थालाई दर्शाएको छ। छाता लघुकथामा मीठो संवाद शैली प्रस्तुत भएको छ जुन लघुकथामा जीवनको गाडी हाँक्न पुरुष र महिलाको साझा भूमिका हुन्छ भन्ने सत्यभाव प्रस्तुत भएको छ। मायाको चिनो लघुकथामा बिहेअघि अरूको गर्भ बोकेर आठ महिनामा सन्तान जन्माउँदा परिवारमा कसैलाई छनक नभएको तर स्वयं आमाले त्यो सन्तान आफ्नो मायाको चिनो हो भनेर स्विकारेको देखाइएको छ। यसको समापनले झसंग पारेको छ।

तिजको व्रतमा धर्मप्रति हुने आडम्बर, संगत लघुकथामा कुसंगतले घर बिगार्छ, साथीहरूको लहैलहैमा लागेर स्वच्छन्द बन्नु हुँदैन भन्ने गतिलो सन्देश दिएको छ। नेपाली लघुकथामा विकास विरोधी नेतृत्व चरित्रमाथि व्यंग्य गरिएको छ।
उसले दिएको चश्मा लघुकथा चेतनामूलक लघुकथा हो। यसमा चस्मालाई बिम्ब बनाएर सन्तोष र विरोधी चरित्रलाई उदांगो पारिएको छ। नारी लघुकथामा नारी सहिष्णुताको पराकाष्ठा झल्काइएको छ। लघुकथा बढी बिस्तार भएको छ।

नेपाली थिइन् लघुकथामा नेपाली हुनु पहिचान झल्किएको छ। बिदाको उपयोगले फुर्सदको समयलाई सकारात्मक र सिर्जनात्मक कार्यमा लगाउने गतिलो सन्देश प्रवाह गरेको छ।

फूलको पीडामा फूल र काँडालाई बिम्ब बनाएर नारीमाथिको यौनहिंसा प्रस्तुत गरेको छ। शान्तिका लागि लघुकथामा  मानवको सिंगो जीवन दर्शन व्यक्त भएको छ। कालखण्ड लामो छ। जीवनभर शान्तिको खोजीमा भौतारिंदा  पनि शान्ति नपाइने सत्यभाव व्यक्त भएको छ।

लगानी लघुकथाले जीवनको उत्तरार्द्धमा आत्मज्ञानको शिक्षामा धन र मन लगानी गर्ने भाव व्यक्त गरेको छ। प्रेम लघुकथामा  पागलप्रेमीको बेहाल प्रस्तुत गरिएको छ। पाप छैन लघुकथामा वंश बँचाउन एउटी महिलाको देन र भूमिका, लोभ लघुकथाले  लोभ र असन्तोषको परिणाम, शिक्षाले नयाँ पिढीको शिक्षाप्रतिको  दृष्टिकोण, पीडामा कुमारी आमाको सन्तान बेचिनु र बिहेपछि  उनको कुनै सन्तान नहुनुको पीडा व्यक्त भएको छ भने रावणका कुरामा असत् रावणको सत् पक्षलाई  तार्किक शैलीमा उजागर गरिएको, प्रमुख अतिथि लघुकथामा स्वार्थवश कार्यक्रममा प्रअ बनाउने गलत संस्कार कोट्याइएको, इरेजर नलगाइएको कागज लघुकथामा मायाप्रेममा पाइने आदर्शवाद झल्किएको छ।

गिलासको पानी लघुकथामा आवश्यकताले ठग्न सिकाउने यथार्थ भाव पस्किएको, प्रकृति लघुकथामा नारीको जीवनमा आउने परिवर्तन र समय अनुसार  आफूलाई बदल्नुपर्ने  हुँदा नारी नै प्रकृति हुन् भन्ने भाव उजागर भएको, अर्ती लघुकथामा उपदेश दिन सजिलो तर पालना गर्न गाह्रो हुने सत्य भाव पस्केको छ।

फूलको पीडामा फूल र काँडालाई बिम्ब बनाएर नारीमाथिको यौनहिंसा प्रस्तुत गरेको छ। शान्तिका लागि लघुकथामा  मानवको सिंगो जीवन दर्शन व्यक्त भएको छ। कालखण्ड लामो छ। जीवनभर शान्तिको खोजीमा भौतारिंदा  पनि शान्ति नपाइने सत्यभाव व्यक्त भएको छ।
बोकाको खुसी लघुकथा जुन किताबको नाम पनि यही लघुकथाबाट जुरेको छ। मान्छेको हिंसालु प्रवृत्तिप्रति छेड हानेको छ। दशैंमा बलि दिने चलन अनुसार गरिने हिंसाको भर्त्सना गरिएको छ। यद्यपि लघुकथा आयामको हिसाबले बिस्तारमा छ तर लघुकथा उत्कृष्ट छ।

मान्छे अजम्बरी छैन, एक दिन ऊ कसरी कहाँ मर्नुपर्ने हो कुनै ठेगान छैन तर बोका मन्दिरमा देवताको अघिल्तिर  प्राण त्याग्न पाउने अवस्थामा खुसी भएको भाव मार्मिक ढंगबाट लेखिएको छ। सर्जकले  बोका पात्रको माध्यमबाट प्रस्तुत गरेको चिन्तन र तर्कलाई सलाम!

मुसाको निर्णय लघुकथा व्यंग्यपरक छ। पौराणिक पात्र खडा गरेर वर्तमानको  राजनीतिमा घुसेका मुसा  र न्याउरी मुसाको चटक देखाइएको छ। स्वतन्त्रता रोज्नुको परिणाम खोतलिएको छ।

यसैगरी म त्यस्ती केटी होइन लघुकथामा परिबन्दमा परेकी नारीको गुनासो व्यक्त छ भने अन्तिम लघुकथा सपनामा एउटी विवाहित महिलाको  घरपरिवार र  सन्तानप्रतिको चाहना र त्यो गुमाउनुपर्ने  अवस्थामा हुने भयको चित्रण गरिएको छ।

मान्छे अजम्बरी छैन, एक दिन ऊ कसरी कहाँ मर्नुपर्ने हो कुनै ठेगान छैन तर बोका मन्दिरमा देवताको अघिल्तिर  प्राण त्याग्न पाउने अवस्थामा खुसी भएको भाव मार्मिक ढंगबाट लेखिएको छ। सर्जकले  बोका पात्रको माध्यमबाट प्रस्तुत गरेको चिन्तन र तर्कलाई सलाम!
समग्रमा भन्नुपर्दा बोकाको खुसीभित्र समेटिएका अधिकांश लघुकथाहरूले नेपाली सामाजिक परिवेश  बोलेका छन्। नेपालको राजनीति र नेता चरित्रलाई घोचेका छन्। मानवीय संवेदना र मनोविज्ञानलाई उनिएका छन्। प्रेम र मायाका भावहरू बुनिएका छन्। सत्य र असत्य बीचको द्वन्द भाव पोखिएका छन्। पात्रहरूको चयन गजबको सुन्दर छ। कतिपय लघुकथा  शब्द सीमामा समेटिएका छैनन्। शीर्षक लामा र भद्दा पनि बनेका छन्, सार्थकता नपाएका शीर्षक पनि अटाएका छन्। जे भए पनि कृति पठनीय छ, पुरस्कारयोग्य छ। अन्त्यमा स्रष्टाका साहित्यिक आयाम अझ चुलियून् भन्ने शुभेच्छाा!  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
२७ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस