नयाँ वर्ष
०२ वैशाख २०८०
•
१ मिनेट पाठ
नयाँ वर्ष
जुम्लुङ्ड आयो नयाँ वर्ष मेरा आँगनमा। पुरानो र नयाँको जम्काभेट भयो। दुवैले हात मिलाए अनि अंकमाल पनि गरे। पुरानो वर्षले भन्यो, ‘के ल्यायौ भाइ तिमीले खोकिलामा हालेर?’




नयाँ हुँ भन्नेले मनक्क पर्दै भन्यो, ‘आशा।’

पुरानाले थप्यो, ‘मैले पनि पोहोर साल यसै दिन आशा अनि भरोसा बोकी ल्याएथें तर बीच बाटामै लुटिएँ।’

नयाँले थप्यो, ‘पोको पो राम्ररी कसेनौ कि?’

पुरानो बोल्यो,‘कसेकै हो तर लुटेराहरू बलिया थिए। मैले सकिन जोगाउन।’

पुरानाले थप्यो, ‘मैले पनि पोहोर साल यसै दिन आशा अनि भरोसा बोकी ल्याएथें तर बीच बाटामै लुटिएँ।’

नयाँले भावनाका वीजहरू छर्दै भन्यो, ‘तर,मलाई तिमी जस्तो लुत्रे नठान दाइ! आशा बाँड्न सकिन भने मलाई चारपाटा मुडिदिनू। यतिले नि चित्त नबुझे दक्षिणकालीमा लगेर रेटिदिनू।’

पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।
अर्को समाचार
गगनको टिप्पणी: राजाको महत्त्वाकांक्षा र माओवादीको अनावश्यक हिंसाले ३०/३० वर्ष खेर गए
०७ फागुन २०८१
•
२ मिनेट पाठ
गगनको टिप्पणी: राजाको महत्त्वाकांक्षा र माओवादीको अनावश्यक हिंसाले ३०/३० वर्ष खेर गए
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २००७ सालमा प्रजातन्त्र आएपछि पहिले राजा र त्यसपछि माओवादीको हिंसाले तीन/तीन दशक खेर गएको टिप्पणी गरेका छन्। बुधवार पाल्पामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्।




‘नेपालका राजाहरूको महत्त्वाकाङ्क्षाले हाम्रो ३० वर्ष खेर गयो। ००७ सालको आन्दोलनपछि प्राप्त गरेको एउटा शृङ्खला टुट्यो,’ महामन्त्री थापाले भने, ‘त्यसपछि माओवादी अनावश्यक जनयुद्धको नाममा हिंसा थोपरिदियो । त्यस कारणले नेपालको अर्को १० औँ वर्ष खेर गयो।’ यसरी पञ्चायत कालमा एउटा नेपाली पुस्ता खेर गएको र त्यसपछि माओवादी द्वन्द्वका कारण थप अर्को पुस्ता पनि खेर गएको उनले टिप्पणी गरे ।  

‘०५० देखि ०६० सम्मको १० वर्ष हिंसामा गयो। ०७० देखि ०८० सम्मको १० वर्ष संविधान बनाउन र कार्यान्वयन गर्नमा गयो। ३० वर्ष गयो,’ उनले भने, ‘पहिलो ३० वर्ष पञ्चायतमा गयो। पछिल्लो ३० वर्ष अनावश्यक युद्ध, युद्धले थोपरेको फोहोर सोहोर्ने क्रममा हाम्रो ३० वर्ष गयो।’ 

यो पनि पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रले भने: ‘अब समय आयो, राष्ट्र जोगाउने, हामीलाई साथ दिनुस्’

अहिले मुलुकमा संविधान, राजनीतिक अधिकार, सामाजिक अधिकार, सांस्कृतिक अधिकार रहेको बताउँदै महामन्त्री थापाले पाँच पाँच वर्षमा चुनाव हुने राम्रो, अमन चयनसहितको शान्ति स्थिति रहेको बताए। ‘यसो हेर्‍यो भने ठिकठाक छ,’ उनले भने।  सबै ठिकठाक भएपछि अझ फेरि अर्को विवाद सुरु हुन थालेको पनि उनले सुनाए। उनले भने, ‘सुरु के भएको छ भने एउटा ठुलो रुवाबासी सुरु भएको छ। देश गयो, सक्यो, बिग्रियो, भत्कियो । अब केही नयाँ कुरा चाहियो भनेर छलफल सुरु भएको छ।’ 

यहाँनेर अडिएर छलफल गर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए। ‘दुइटा प्रवृत्ति छ अहिले, एउटा बिग्रियो, भत्कियो, सक्कियो, केही पनि छैन नेपालमा भन्ने। हामीसँग गौरव गर्ने, सन्तोष मान्ने एउटा पनि कारण छैन,’ उनले भने, ‘अर्को सबै कुरा ठिक छ, केही पनि बिग्रेको छैन । कसैले बिग्रियो, भत्कियो भनेपछि उसले षडयन्त्र गरिहाल्ने भन्छ। षडयन्त्र गरिहाल्छ। कसैले प्रश्न गरे गालीगलौज गरिहाल्छ। सबै कुरा ठिक छ भन्ने प्रवृत्ति छ।’ 

यो दुई वटै प्रवृत्ति अगाडि बढ्न बाधक रहेको उनले बताए। 

यो पनि पढ्नुहोस्

पूर्वराजाको सम्बोधनले हौस्यायो दुई राप्रपा  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस