महोत्तरीका मतदाताको प्रश्न : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ?
२६ माघ २०८२
•
६ मिनेट पाठ
महोत्तरीका मतदाताको प्रश्न : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ?
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दै छन्। चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेदवारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ। दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्तीबस्तीमा पुग्दै जनतासँग हिमछिम बढाउँदै छन्। आम जनता यसैबेला दल र उम्मेदवारलाई आफ्ना मुद्दा सम्झाउँदै छन्।




प्रतिनिधि सभा सदस्यका लागि चार निर्वाचन क्षेत्रको महोत्तरीमा सुशासनको मुद्दा सबै क्षेत्रमा साझा जस्तै पाइएको छ। चारवटै क्षेत्रका मतदाताले सरकारी अड्डादेखि विकास निर्माणका कामसम्म पारदर्शिता र जवाफदेही कामको मुद्दा उठाएका छन्। क्षेत्रगत रूपमा हेरिँदा क्षेत्र नम्बर १ जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको जिल्लाको मुख्य वन क्षेत्र हो। यहाँका मतदाताले प्राकृतिक सम्पदा वन, पहाड र नदीको संरक्षणका विषय मुख्य रूपमा उठाएका छन्।

'हाम्रो क्षेत्रको प्राथमिकताको मुद्दा नै नदी, पहाडी थुम्का र वन क्षेत्रमा हुँदै आएको अनियन्त्रित उत्खनन र अतिक्रमण नियन्त्रणको विषय हो,' महोत्तरी–१ को बर्दिबास–१४ का रामु अधिकारी भन्छन्, 'नदी नियन्त्रण, व्यवस्थापन र चुरे, वन र यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणका स्पष्ट खाका उम्मेदवार र दलहरूसँग उठाएका छौँ।' यी विषयमा स्पष्ट खाका देखाउने उम्मेदवार आफूहरूको रोजाइमा पर्नसक्ने उनको भनाइ छ।

यसैगरी क्षेत्र नम्बर–२ का मतदाताले बर्खामा कटान र डुबान तथा हिउँदमा पानीको हाहाकार पर्दै सबै आएको समस्या मुख्य रूपले उठाएका छन्। 'बिग्ही, रातु, ओक्सी र कुटमेश्वरीसहितका नदीको बर्खामा ताण्डव मच्चिन्छ, हामीले घरखेत भन्न पाउँदैनौँ, डुबान र कटानले पिरोलिएका छौँ,' महोत्तरी–२ को महोत्तरी गाउँपालिका–६ का दिनेश महतोले भने, 'हिउँद लागेपछि सिँचाइको त कुरै छाडौँ, खानेपानीको पनि हाहाकार पर्छ।' मुख्य खेती पेसाका आफूहरूका लागि बीउबिजन, मल, कृषि ऋण र सिँचाइ प्रबन्ध हुन नसकेको उनको भनाइ छ।

यसैगरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासमेत सामेल रहेको क्षेत्र नम्बर–३ का मतदाताले पनि नदी कटान डुबान तथा सिँचाइको असुविधा मुख्य समस्या भोग्दै आइएको बताएका छन्। जलेश्वर नगरका बासिन्दा युवा मतदाता भने यसपालिको निर्वाचनको मुख्य मुद्दा सुशासन हुनुपर्ने बताउँछन्। 'हाम्रो बिग्रेकै कुरा बेथितिले हो, यसलाई विधिमा चलाउन सक्नुपर्छ,' जलेश्वर–२ का ३० वर्षीय सुनिल साहले भने, 'सबै कुरा विधिमा चल्न थालेपछि क्रमशः बिग्रेका क्षेत्र ठीक हुँदै जान्छन्।'

यसैगरी दक्षिणतिर भारत र पश्चिम सर्लाहीसँग जोडिने क्षेत्र नम्बर ४ का बासिन्दा हर्दी र मडहा नदीको कटान र डुवानबाट वर्षौंदेखि पीडित छन्। यसैगरी यस क्षेत्रमा भरपर्दो अस्पताल नहुँदा बिरामी हुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको यसै क्षेत्रको रामगोपालपुर–२ का सामाजिक कार्यकर्ता महम्मद कादिर हुसैनले बताए।

'हाम्रो क्षेत्र शिक्षा र स्वास्थ्यमा पहुँचका दृष्टिले निकै पछि छ,' हुसैनले भने, 'यसैगरी नदी कटान र डुबानसँगै सिँचाइको असुविधा हाम्रा टड्कारा समस्या हुन्।' प्रतिनिधिसभा निर्वाचनको यो महायज्ञमा यी विषय जिम्मेवारीवोध गर्ने उम्मेदवार आफूहरूको पर्खाइमा रहेका उनले बताए।

अहिले निर्वाचन अभियानका क्रममा मत माग्दै बस्तीबस्ती पुग्दै गरेका दलका कार्यकर्ता र उम्मेदवारसँग मतदाता यी विषय उठाउँदैछन्। यी विषयसँग आफूलाई जोडेर निदानको स्पष्ट खाका कोर्नसक्ने उम्मेदवार मतदाता खोज्दैछन्। 'हामी यसपालि यहाँका विषयमा स्पष्ट खाका देखाउने र त्यसको निदानको सुनिश्चितता दिने उम्मेदवारलाई रोज्छौँ,' क्षेत्र नम्बर–१ मा पर्ने भङ्गाहा–४ रामनगरका ३० वर्षीय युवा मतदाता रामईश्वर ठाकुरले भने।

मुख्य दलहरूले आ–आफ्नो उम्मेदवारीको औचित्यबारे राजनीतिक तर्क दिए पनि आम जनता भने यी कुरामा वास्ता दिएका देखिँदैनन्। खेतीकिसानी मुख्य पेसाका बहुसङ्ख्यक जिल्लाका मतदाता भने चुनावमा आफ्ना कुरा कसले कसरी उठाउँदैछन् भन्ने हेरिरहेको बताउँछन्। 'राजनीतिक तर्कवितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ? किसानले अब के सहुलियत पाउँछन्? समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ?' महोत्तरी–२ मा पर्ने भङ्गाहा–२ बखरीका किसान जीवछ सिंह थारूले भने, 'उम्मेदवारहरू यी कुराको योजनासहितको जवाफ लिएर हामीसँग कुरा गरून्।'

चार प्रतिनिधिसभा क्षेत्र रहेका जिल्लामा १५ स्थानीय तह छन्। जसमा १० नगरपालिका र पाँच गाउँपालिका छन्। जिल्लामा १० नगरपालिकाको सङ्ख्या भए पनि नगरभित्रका अधिकांश बस्ती ग्रामीण परिवेशकै छन्। पूर्वाधार विकासबिना नै नगरपालिका भनिएका आफ्ना ठाउँ सहुलियतविनाको कर बढाउने ठाउँ मात्र बनेका सर्वसाधारणको टिप्पणी सुनिन्छ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रका आम बासिन्दा अधिकांश कृषि पेसामा आबद्ध छन्। ‘गाउँगाउँमा सिंहदरवार’ को नारा लगाइए पनि जिल्लाका अधिकांश स्थानीय तहमा व्यवस्थित कृषि शाखासम्म नरहेको मतदाताको गुनासो छ। कुनै तहका प्रतिनिधिमा पनि कृषि चासोसम्मको विषय नदेखिएको गौशाला नगरपालिका–१ रामनगरका ५५ वर्षीय गणेश महतो बताउँछन्। अब यसपालिको चुनावमा भने लोलोपोतोमा भोट नजाने मतदाता बताउँछन्।

निर्वाचनमा होमिएका दल र उम्मेदवारहरूले सोच्न नभ्याएका कुरा मतदाताबाट आउन थालेपछि अब सो अनुसारका प्रतिज्ञापत्रको तयारीमा दलहरू लागेका छन्। 'हामीले समग्र विकासको मुद्दा त उठाउँदै आएका हौँ,' महोत्तरी–१ मा पर्ने भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश यादवले भने, 'हामी स्थानीय मुद्दाबारे स्पष्ट पार्दै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छौँ।' यसैगरी नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका जिल्ला नेतृत्वले पनि चारवटै क्षेत्रमा स्थानीय प्रतिबद्धतापत्र जनतामाझ पुर्‍याइने जनाएका छन्।

निर्वाचनमा जिल्लाका चारवटै क्षेत्रमा गरी १३९ जना उम्मेदवार मैदानमा छन्। जसमा क्षेत्र नम्बर १ मा १२ स्वतन्त्र र १३ राजनीतिक दलका समेत २५ जना उम्मेदवार छन्। यस्तै क्षेत्र नम्बर २ मा २२ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ३७ जना उम्मेदवार छन्।

यसैगरी क्षेत्र नम्बर ३ मा २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ एवं क्षेत्र नम्बर ४ मा २३ स्वतन्त्र र १३ राजनीतिक दलका गरी ३६ जना उम्मेदवार छन्। जिल्लभरिमा ११ स्वतन्त्र र आठ जना राजनीतिक दलका गरी १९ जना महिला उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।

जिल्लामा चार लाख ३१ हजार २८२ मतदाता छन्। जसमा पुरुष दुई लाख ३५ हजार १८३, महिला एक लाख ९६ हजार ९७ महिला र दुई अन्य लिङ्गी रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यिनमा क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी एक लाख १० हजार ४३६ मतदाता छन्।

यसैगरी क्षेत्र नम्बर ४ मा एक लाख सात हजार ६०६, क्षेत्र नम्बर २ मा एक लाख सात हजार ५९४ र क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ६४६ रहेका निर्वाचन आयोगबाट सार्वजनिक मतदाता नामावली अभिलेखमा उल्लेख छ।

यसपालिको निर्वाचनका लागि जिल्लामा जम्मा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्रको व्यवस्था छ। जसमा क्षेत्र नम्बर १ मा ५९ मतदानस्थलमा १३० मतदान केन्द्र व्यवस्था गरिएको छ। यसैगरी क्षेत्र नम्बर २ मा ६२ मतदानस्थलमा १३३ मतदान केन्द्र, क्षेत्र नम्बर ३ मा ७७ मतदानस्थलमा १४२ मतदान केन्द्र र क्षेत्र नम्बर ४ मा ६० मतदानस्थलमा १३१ मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन्।

जिल्लाका यी मतदानस्थलहरूमध्ये भारतीय सीमासँग जोडिएका र यातायातको सहज पहुँच नभएका समेत १६३ मतदानस्थल अति समवेदनशील, ८९ समवेदनशील र छ मात्र सामान्य प्रकृतिका रहेका जिल्ला सुरक्षा समितिले वर्गाीकरण गरेको छ। यी मतदानस्थलको उच्च सुरक्षा प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस