चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेता
२५ माघ २०८२
•
५ मिनेट पाठ
चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेता
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुग्न थालेका छन्।




विगत तीन वर्षमा एकपटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरू पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले बताए। उनका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने यहाँका बासिन्दा अहिले राति १/२ बजेसम्म पनि जाग्राम बस्ने गरेका छन्। बस्तीमा दिनहुँजसो नेताहरूको चहलपहल बढ्न थालेपछि यहाँका मुसहरहरू रातिसम्म नै जाग्राम बस्न थालेका हुन्।  

पहिले पहिलेका चुनावमा जस्तै अहिले पनि यस मुसहर बस्तीमा नेताहरू पुगेर आश्वासन बाँड्न थालेको भए पनि यस बस्तीका बासिन्दामा नेताहरूले कुनै काम गरिदिने विश्वास भने छैन। उनीहरू पहिलेजस्तै नेताहरूको आश्वासन सुन्न मात्र भए पनि राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी हुने र आफ्ना विगत लामो समयदेखिका पुरानै माग राख्ने गरेको उनीहरूको भनाइ छ।

'विसं २०७९ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जितेका थिए। तर ती नेताहरू मुसहर बस्तीमा एकदिन पनि पुग्न सकेका छैनन्। अहिले मुसहर बस्तीका मतदाता नेताको रङ फेरियो, बस्ती फेरिएन भनेर दुःख व्यक्त गर्ने गर्दछन्,' अगुवा मुसहर अमृतले भने, 'सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु। तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन् अब यसपालिको चुनावमा भने हामी निकै सोचविचार गरेर मात्र मत दिने योजना बनाएका छौँ।'

महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरू बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाज लिएर जाँदा पनि सहयोग नगर्ने गरेको अनुभव सुनाउँछन्।

बस्तीका ६३ वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो गर्दै भने, 'मुसहरलाई आपत विपद् पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे। फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पनि पन्छिने गर्दथे।' तर त्यही बस्तीमा अहिले नियमित नेताहरूको भिड लाग्न थालेको छ। चुनावको मिति नजिकिँदै जाँदा अहिले दिनहुँ आएर नेताहरू फेरि आफूले आसन्न निर्वाचनमा मुसहरको मत पाएर जितेपछि समुदायमा विकासको लहर ल्याउने भाषण सुरु गरिसकेका छन। मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ रहेको बस्तीका अर्का ७३ वर्षीया महिला सिलिया सदाले बताए।  

जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ। तर उनीहरूका लागि न शौचालयको व्यवस्था छ, नत खानेपानीकै सहजता। सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप (ह्याण्डपाइप) छ, भने प्रत्येक ८/१० घरमा एउटा शौचालय छ। त्यो पनि तीन वटा रिङ भएको। जुन एक/दुई महिनामै भरिन्छ। त्यसपछि वनमै शौच गर्ने बाध्यता रहने गरेको स्थानीय ४८ वर्षीया महिला सुकमरिया सदाले बताइन्।  

सुकमरियाका अनुसार नेताहरूले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरू नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेकी छिन्। तर बस्तीमा खानेपानी, नाला र सडकको वर्षौंदेखिको आवश्यकता अहिले पनि यथावत् नै रहेको उनले सुनाइन्। सबै चुनावमा घर बनाइदिने, खानेपानी पाइप, स्कुल, नाला लगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिने गरे पनि अहिलेसम्म बन्न नसकेको स्थानीय लड्डु सदाले बताए।

भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबै भन्दा गहिरो ठाउँ हो। वर्षात्का बेला घरघरमा पानी पस्छ। मुसहर बस्ती ऐलानी जमिनमा छ। ९० घरधुरी रहेको यो बस्तीमा करिब १७५ जनासँग नागरिकतासमेत छैन भने उनीहरू पुस्तौँ पुस्तादेखि यहीँ बस्दै आएका छन्। बुबाको नागरिकता नभएकै कारण छोराछोरीको जन्मदर्ता नबन्दा यो बस्तीका बालबालिकालाई विद्यालय जान पनि समस्या छ।

स्थानीय अर्जुन सदा भन्छन्, 'बस्तीमा एउटा मात्र चापाकल (खानेपानी पाइप) छ। यसले नपुग्दा गर्मीमा पानीको हाहाकार हुन्छ। लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ। नाला नबन्दा वर्षात्मा उनीहरूको घर डुब्छ। त्यसैले हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन्। तर, उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन्।'  

खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि गाउँमै रहेको मुसहरबस्ती वर्षौंदेखि अध्याँरो रहेको छ। गरिबी र विपन्नताले गर्दा कतिले बिजुली  जडान नै गर्न सकेका छैनन् भने एक÷दुई जनाले जडान गर्न चाहेपनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर पाउन सकेका छैनन्। गाउँमा बिजुली बत्ती छ, तर लालपुर्जा नभएकालाई विद्युत् कार्यालयले मिटर दिँदैन। स्थानीय सिरिया सदाले भन्छन्, 'मुसहर बस्ती अझै उस्तै छ। यहाँका सबै सधैँ अभावमा बाँचिरहेका छन्। यो बस्तीमा नेता चुनावका  बेलामा मात्रै आउँछन्। मत पाएपछि नेताको रङ फेरिन्छ। तर बस्तीको रङ फेरिँदैन। प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट बटुल्ने काम मात्रै गरेका छन्।'  

नेपाल सरकारले देशलाई खुला दिसामुक्त घोषणासमेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ। सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको स्थानीय बिरु सदाको गुनासो छ। जमिनदारको जमिन उनीहरू अधियाँमा उनीहरू खेती गर्छन्। तर वर्षाका बेला खेत डुबानमा पर्छ। वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छ। तर पनि यसको व्यवस्थापन गर्न तथा गरिबको भोको पेट भर्न कसैले पहल नगरिदिएको स्थानीय विमलेश सदाले गुनासो गरे। उनले भोट माग्ने बेला हामीले नै सबै गरिदिन्छौँ जस्तो गरेर नेताहरू बस्तीमा आउने गर्छन् तर कसैले सहयोग गर्दैनन् भने।  

सो बस्ती जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं ३ मा पर्दछ।  विसं २०७४ र २०७९ को निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए। गरिबीमा रहेको यस बस्तीका एक सय पाँच बालबालिकाको जन्मदर्ता बन्न पनि सकेको छैन। यसका लागि आफूहरू पटक–पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसदकोमा पुगेको भए पनि कतैबाट सहयोग नपाएको स्थानीय बिरजु सदाले दुखेसो पोखे। जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिका नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्तासहित बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाटसमेत बञ्चित रहेको जिबछी सदाले बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ यस क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दिएका छन्।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस