चितवनमा भोट माग्दै बाग्लुङ र गोरखाका उम्मेदवार
०३ फागुन २०८२
•
३ मिनेट पाठ
चितवनमा भोट माग्दै बाग्लुङ र गोरखाका उम्मेदवार
नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए। चितवनको चौविसकोठीस्थित एक होटलमा मतदाता माँझ देखा परेका दवाडीले चितवनमा सचिवालय स्थापना गर्ने घोषणा समेत गरे।




‘चितवनवासीका लागि मैले यहाँ सम्पर्क कार्यालय खोल्छु,’ उनले भने, ‘मलाई भेट्न गोरखा, पोखरा काठमाडौं धाउन पर्दैन।’ उनले आफ्नो गाउँ ठाउँको विकासमा सहयोग गर्न समेत सबैलाई अपिल गरे, ‘हामी जहाँबाट आए पनि हाम्रो लक्ष्य आफ्नो ठाँउ र देश बनाउने हो।  मतदाताले दिएको मतले देशभर सकारात्मक सन्देश जाने विश्वास छ।’

उनी जस्तै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोरखा, बाग्लुङ, तनहुँ, धादिङ लगायतका उम्मेदवारहरू चितवनमा आएर भोट माग्न सक्रिय देखिन्छन्। चितवनमा यी क्षेत्रका मतदाताको बसोबास रहेकाले मत माग्न उम्मेदवार आउने गर्दछन्।  

चितवनका विभिन्न वडामा उनीहरूले घरदैलो, साना सभा, चिया चौतारी संवाद तथा मतदाता भेटघाट कार्यक्रममार्फत आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। नेपाली कांग्रेसबाट बाग्लुङको क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका भिम श्रीस गाउँमा बसाइँसराइ र रोजगारीको समस्याका कारण मतदाता भेट्न बाहिरी जिल्ला घुम्नु परेको बताउँछन्।  

‘मतदाता गाउँमा भन्दा बाहिरी जिल्लामा बढी छन्। यो अवधिमा म भोट माग्न नवलपरासी, कास्की, काठमाडौं, चितवनका जिल्लामा पुगिँसकेँ,’ उनले भने, ‘गाउँमा बसाइँसराइ र रोजगारीको समस्याका कारण मतदातालाई भेट्न कठिन छ।’ उनी माघ ११ र १२ गते चितवन र नवलपुरमा रहेका आफ्ना मतदातासँग मत मागेर फर्किएका थिए। यसरी मत माग्न जाँदा लगानी समेत बढी पर्ने उनको अनुभव छ।  

‘मतदाता माँझ नपुग्दा भोट नआउने हो कि भन्ने डर हुने। गाउँमा मतदाता न्यून हुनुहुन्छ, बाहिरी जिल्ला पुग्दा पैसा धेरै खर्च हुने,’ उनले भने। उनले मतदातालाई गाउँ फर्किन समेत अनुरोध गरेका छन्। ‘गाउँमा बाँदर आतंक छ कोही बस्न खोज्दैन। बसाइँसराइ रोक्न नीति ल्याउनुपर्छ,’ उनले भने, ‘जुन ठाउँमा छौँ। त्यही ठाउँबाट मताधिकार प्रयोग गर्ने व्यवस्था नभएसम्म समस्या यस्तै रहन्छ।’

चितवनमा नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका कुमार खत्री, तनहुँ क्षेत्र नम्बर १ का गोविन्द भट्टराई, यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गोरखा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका हरिराज अधिकारी, २का लेखनाथ न्यौपाने, एमालेबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका मिलन गुरुङ, रास्वपाका उम्मेदवार कर्विद्र बुर्लाकोटी, बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका कृष्ण अधिकारीले चितवन आएर मतदातासँग मत मागेका छन्।  

नेपाली कांग्रेस चितवनका सचिव धुर्व पोखरेल चितवनमा बाहिरी जिल्लाका मतदाता बढी भएको हुनाले पनि यहाँ बाहिरी जिल्लाका उम्मेदवारहरू मत माग्न आउने गरेको बताउँछन्। 'निर्वाचनको बेला पार्टीले बस रिजर्भ गरेर मतदाता पठाउने चलन छ,' उनले भने, 'त्यही अनुसार उम्मेदवारहरू पनि मत माग्न आउनुहुन्छ।’

चितवनको जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ। मतदाताको संख्या भने ४ लाख ४२ हजार ८४ छ। नेपाली कम्युनिस्ट पार्टी चितवनका इन्जार्च घनश्याम दाहालले एक दशकदेखि चितवन बसाइँ सरेका अधिकांश व्यक्तिका मतदाता नामावली सोही स्थानमा रहेको बताउँछन्।  

‘चितवनमा गाउँबाट बसाइँसराइ गरेर आउनुहुन्छ। तर मतदाता नामावली सार्नुहुँदैन,’ दाहालले भने, ‘एक दश यता गोरखाबाट बसाइँसराइ गर्नुभएका ५० प्रतिशतको मतदाता नामावली गोरखामा नै छ।’ गोरखा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाका उम्मेदवार चितवन भोट माग्न आउनुपर्ने बाध्यता जस्तै रहेको उनले बताए।  

‘गोरखामा बुढिगण्डकी आयोजनाले धेरैलाई मुआब्जा दिएपछि चितवन झरे। गोरखामा गुरुङ समुदाय पनि बढी छन्। तीन घण्टा लाग्ने बाटोमा उनीहरुले मतदाता नामावली पनि सार्न उचित ठानेनन् होला,’ उनले भने। निर्वाचन नजिकिँदै जाँदा चितवनमा बाहिरी तथा स्थानीय उम्मेदवारबीचको प्रचार–प्रसार थप तीव्र बन्दै गएको उनले बताए। 
अर्को समाचार
बाग्लुङ, गोरखाका उम्मेदवार भोट माग्दै चितवनमा
०४ फागुन २०८२
•
३ मिनेट पाठ
बाग्लुङ, गोरखाका उम्मेदवार भोट माग्दै चितवनमा
नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए । चितवनको चौविसकोठी स्थित एक होटलमा मतदाता माँझ देखा परेका दवाडीले चितवनमा सचिवालय स्थापना गर्ने घोषणा समेत गरे ।  




‘चितवन बासीका लागि मैले यहाँ सम्पर्क कार्यालय खोल्छु,’ उनले भने ‘मलाई भेट्न गोरखा, पोखरा काठमाडौँ धाउन पर्दैन।’ उनले आफ्नो गाउँ ठाउँको विकासमा सहयोग गर्न समेत सबैलाई अपिल गरे । ‘हामी जहाँबाट आए पनि हाम्रो लक्ष्य आफ्नो ठाँउ र देश बनाउने हो ।  मतदाताले दिएको मतले देशभर सकारात्मक सन्देश जाने विश्वास छ।’

उनी जस्तै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोरखा, बाग्लुङ, तनहुँ, धादिङ लगायतका उम्मेदवारहरू चितवनमा आएर भोट माग्न सक्रिय देखिन्छन् । चितवनमा यी क्षेत्रका मतदाताको बसोबास रहेकाले मत माग्न उम्मेद्वार आउने गर्दछन् ।  

चितवनका विभिन्न वडामा उनीहरूले घरदैलो, साना सभा, चिया चौतारी संवाद तथा मतदाता भेटघाट कार्यक्रममार्फत आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। नेपाली कांग्रेसबाट बाग्लुङको क्षेत्र नम्बर १मा उम्मेद्वार रहेका भिम श्रीस गाउँमा बसाईसराई र रोजगारीको समस्याका कारण मतदाता भेट्न बाहिरी जिल्ला घुम्नु परेको बताउँछन् ।  

‘मतदाता गाउँमा भन्दा बाहिरी जिल्लामा बढी छन् । यो अवधिमा म भोट माग्न नवलपरासी, कास्की, काठमाडौँ, चितवनका जिल्लामा पुगिँसके’ उनले भने, ‘गाउँमा बसाईसराई र रोजगारीको समस्याका कारण मतदातालाई भेट्न कठिन छ।’ उनी माघ ११ र १२ गते चितवन र नवलपुरमा रहेका आफ्ना मतदातासँग मत मागेर फर्किएका थिए । यसरी मत माग्न जाँदा लगानी समेत बढी पर्ने उनको अनुभव छ ।  

‘मतदाता माँझ नपुग्दा भोट नआउने हो कि भन्ने डर हुने । गाउँमा मतदाता न्यून हुनुहुन्छ, बाहिरी जिल्ला पुग्दा पैसा धेरै खर्च हुने’–उनले भने । उनले मतदातालाई गाउँ फर्किन समेत अनुरोध गरेका छन् । ‘गाउँमा बाँदर आतंक छ कोही बस्न खोज्दैन । बसाईसराई रोक्न नीति ल्याउनुपर्छ,’ उनले भने ‘जुन ठाउँमा छौँ । त्यही ठाउँबाट मताधिकार प्रयोग गर्ने व्यवस्था नभएसम्म समस्या यस्तै रहन्छ।’

चितवनमा नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १मा उम्मेदवार बनेका कुमार खत्री, तनहुँ क्षेत्र नम्बर १का गोविन्द भट्राई, यस्तै नेपाली कम्यूनिस्ट पार्टी(नेकपा)बाट गोरखा क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका हरिराज अधिकारी, २का लेखनाथ न्यौपाने, एमालेबाट गोरखा क्षेत्र नम्बर २मा उम्मेद्वार बनेका मिलन गुरुङ, रास्वपाका उम्मेद्वार कर्विद्र बुर्लाकोटी, बाग्लुङ क्षेत्र नम्बर १मा राष्ट्रिय जनमोर्चाबाट उम्मेद्वार बनेका कृष्ण अधिकारीले चितवन आएर मतदातासँग मत मागेका छन् ।  

नेपाली कांग्रेस चितवनका सचिव धुर्व पोखरेल चितवनमा बाहिरी जिल्लाका मतदाता बढी भएको हुनाले पनि यहाँ बाहिरी जिल्लाका उम्मेद्वारहरु मत माग्न आउने गरेको बताउँछन् । निर्वाचनको बेला पार्टीले बस रिजर्भ गरेर मतदाता पठाउने चलन छ, उनले भने त्यही अनुसार उम्मेद्वारहरु पनि मत माग्न आउनुहुन्छ ।’

चितवनको जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ । मतदाताको संख्या भने ४ लाख ४२ हजार ८४ छ । नेपाली कम्यूनिस्ट पार्टी चितवनका इन्जार्च घनश्याम दाहालले एक दशकदेखि चितवन बसाईसरेका अधिकांश व्यक्तिका मतदाता नामावली सोही स्थानमा रहेको बताउँछन् ।  

‘चितवनमा गाउँबाट बसाईसराई गरेर आउनुहुन्छ । तर मतदाता नामावली सार्नुहुँदैन,’ दाहालले भने ‘एक दश यता गोरखाबाट बसाईसराई गर्नुभएका ५० प्रतिशतको मतदाता नामावली गोरखामा नै छ ।’ गोरखा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाका उम्मेद्वार चितवन भोट माग्न आउनुपर्ने बाध्यता जस्तै रहेको उनले बताए ।  

‘गोरखामा बुढिगण्डकी आयोजनाले धेरैलाई मुआब्जा दिएपछि चितवन झरे । गोरखामा गुरुङ समुदाय पनि बढी छन् । तीन घण्टा लाग्ने बाटोमा उनीहरुले मतदाता नामावली पनि सार्न उचित ठानेनन् होला,’– उनले भने । निर्वाचन नजिकिँदै जाँदा चितवनमा बाहिरी तथा स्थानीय उम्मेदवारबीचको प्रचार–प्रसार थप तीव्र बन्दै गएको उनले बताए । 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस