पोखराले पत्याएन स्वतन्त्र उम्मेदवारलाई
०५ जेष्ठ २०७९
•
३ मिनेट पाठ
पोखराले पत्याएन स्वतन्त्र उम्मेदवारलाई
काठमाडौं महानगरमा मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह मुख्य राजनीतिक दलका उम्मेदवारको तुलनामा अहिलेसम्मको गणनाको आधारमा दोब्बर मतले अगाडि छन्। संघीय राजधानी काठमाडौंमा मात्र नभई प्रदेश राजधानी र जिल्लामा पनि बालेन्द्रको चर्चा उस्तै छ। बालेन्द्रले पाएको मत मुख्य राजनीतिक दलका लागि चुनौतीको रुपमा रहेको नागरिकले विश्लेषण गरिरहेका छन्।  




शाह जस्तै पोखरा महानगरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए अटेरी अभियानका गनेस पौडेल (खडकराज) ले। गनेस र बालेन्द्रको एउटै चुनाव चिह्न थियो–लौरो। तर, काठमाडौं महानगरमा बालेन्द्रको चर्चा र उनले पाएको मतको आकार झन्डै दोब्बर हुँदा पोखरामा पौडेलले भने उत्तिसारो मतदाताको सहानुभूति बटुल्न नसकेको अहिलेसम्म उनले पाएको मतसंख्याले पुष्टि गर्छ। पौडेलले अहिलेसम्म झन्डै १२ सय मत मात्र पाएका छन्। जबकी पोखरामा मेयरका अन्य दलका उम्मेदवारले २२ हजार हाराहारीमा मत पाइसकेका छन्।  

स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्रको चर्चा युवापुस्ताका मतदाता रहँदा र अधिक मत पाउँदा पोखरामा गनेसले भने त्यही आकारको माया पाउन नसक्नुमा कारण के हो? राजनीतिक विश्लेषक आनन्दराज मुल्मी भन्छन, ‘बालेन मनोरञ्जन क्षेत्रमा परिचित थिए। उनलाई युवापुस्ताका मतदाताले पहिल्यै चिनेका थिए। तर, पोखरामा त्यो अवस्था रहेन। धेरैले पोखराका स्वतन्त्र उम्मेदवारलाई चिन्दै चिनेनन् ।’ पोखराका स्वतन्त्रतका उम्मेदवार मतदातामाझ कम परिचित हुँदा उनले बालेनले जति मत पाउन नसकेको मुल्मीको भनाई छ। ‘पोखराका उम्मेदवारको चुनाव चिह्न अन्तरमुखि भयो, तर, राजधानीमा बाह्य रुपमा देखिएको थियो। त्यसले गर्दा फरक पर्न गएको हो,’ उनले भने।  

त्यसो त धेरै युवाले अहिले राजधानीमा बालेनलाई साथ दिएका छन्। तर, पोखरामा भने युवाको मत र ध्यान तान्न पौडेल असफल भएको अर्का विश्लेषक सुरेन्द्र थापामगर बताउँछन्। ‘पोखराका युवा मतदाता जागरुक हुन सकेनन्। राजधानीमा बालेन्द्रले मिडिया कभरेज पनि पर्याप्त पाउँदा उनलाई साथ मिल्यो, तर पोखरामा त्यो हुन सकेन,’ उनले भने, ‘बालेन्द्रको पूर्व तयारी पनि थियो र उनले टिमलाई नै परिचालन पनि गर्न सफल भए। तर पोखरामा उम्मेदवार एक्लै खटिए, उनले अब्बल टिम बनाएर परिचालन गर्न पनि सकेनन।’ युवा परिचालन गर्न नसक्दा पोखरामा मतदाताले पौडेलले अविश्वास गरेको उनको विश्लेषण छ।  

उनको विश्लेषणमा काठमाडौं र पोखराका मतदाताको सेन्टिमेन्ट अलि फरक पनि छ। पोखराका मतदाताले अलि बढी दलप्रति भक्तिभाव राख्छन्, तर, काठमाडौंका कतिपय मतदाता सम्भ्रान्त वर्गका छन्। सम्भ्रान्त वर्गका राजधानीका ती मतदाता कुनै दलमा आवद्ध पनि छैनन र उनीहरुले दल भन्दा बढी व्यक्तिलाई हेरेका छन्। त्यसले गर्दा यो अवस्था आएको थापाको विश्लेषण छ  ‘काठमाडौंमा व्यक्ति हेरेर भोट दिएको छ। तर पोखरामा व्यक्ति र उम्मेदवार नभई निकटको दल हेरेका छन्,’ उनले भने।  
बालेन्द्रको जित अहिले नै निश्चित नभइसकेपनि उनले पाएको मतले राजनीतिक दललाई सुध्रिनुपर्ने गतिलो सन्देश दिएको उनी बताउँछन्। ‘राजनीतिक दलको आनिवानी सुध्रिनुपर्छ भन्ने संकेत हो । देशभर नै राजनीतिक दलको सन्देश पुग्ने बेला भएको छ,’ उनले भने। वर्षाैदेखि राजनीति गरेका दलका नेताको कार्यशैलीमा सुधारको आवश्यकता अहिले बालेन्द्रले पाएको मतले देखाउने उनी बताउँछन। ‘नेताको कार्यशैली ठिक नभएको सन्देश अहिले पुगेको छ। दलहरु अब सुध्रिनुपर्छ। सधैं एकैखाले अवस्था नरहने अहिलेको निर्वाचनले देखाएको छ,’ उनले भने। अहिले बालेन्द्रले निर्वाचन जितेमा त्यसको प्रभाव आगामि निर्वाचनमा देशैभर पर्ने उनको विश्लेषण छ।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्। ‘अघिल्लो पटकको निर्वाचनमा पनि त्यही अवस्था देखाएको हो। काठमाडौंले पहिलेदेखि नै परिवर्तन खोजेकोले त्यो अवस्था आएको हो,’ दाहालले भने। काठमाडौंका मतदाता दलविहीन हुन खोजेको नभई राजनीतिक दलप्रतिको असन्तुष्टि हुन सक्ने उनको भनाई छ।  

‘पोखरा बाहेकका ठुला सहरमा अहिले पनि स्वतन्त्र उम्मेदवारले राम्रो मत पाएका छन। अहिलेको रिजल्ट र मत परिणामले राजनीतिक दलको विकल्प खोज्न थालेको बुझाउँछ,’ उनले भने, ‘काठमाडौं बाहिर अझै त्यो खालको माहोल बनिसकेको छैन।’ उनको बुझाईमा अहिले पोखराका स्वतन्त्र उम्मेदवारले पाएको मतको आकार सोचेभन्दा बढी हो। ‘राजधानीले सत्ता बाहिर झुकाव देखाउन खोज्छ, तर, पोखराले त्यो चाहना नराख्दा नयाँ र स्वतन्त्र व्यक्ति आउन नसकेका हुन,’ उनले भने।
अर्को समाचार
पोखरा महानगर भन्छ: शनिबारभित्रै फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउ
०६ जेष्ठ २०८३
•
३ मिनेट पाठ
पोखरा महानगर भन्छ: शनिबारभित्रै फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउ
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँदा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने पनि महानगरले बताएको छ।  




महानगरले बुधबार एक सूचना जारी गर्दै खोलाघर भित्रका सबै संरचना हटाउन सूचना जारी गरेको हो। पोखरा महानगरपालिका–१८, अँधेरीकुनादेखि पोखरा–२, ४,५,७ ८ र १७ हुँदै फिर्केखोला वडा नम्बर ६ को गाइघाट पुगेर फेवातालमा मिसिएको छ। महानगरबाट खटिएको प्राविधिक टोलीले यसअघि स्थलगत नापजाँच गरि पोल गाडिएको भन्दा भित्रपट्टिका संरचना हटाउन महानगरले निर्देशन दिएको हो। पोखराको मुख्य सहर भएर बगेको फिर्केखोला अतिक्रमण गरि विभिन्न ठाउँमा संरचना बनाइएका छन्। कतिपय ठाउँमा त खोला नै देख्न सकिन्न।  

खोला किनारका संरचना हटाउन भन्दै महानगरले यसअघि २०८० कात्तिक १० गते ३५ दिने सूचना पनि जारी गरेको थियो। सूचना प्रकाशित भएपछि उच्च अदालत पोखरामा सूचनाका विरुद्ध दायर भएको मुद्धामा अदालतबाट सूचनाउपर उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने भनि आदेश भएको थियो। अदालतबाट महानगरको कदम नै सदर भएपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको थियो।  

गत वैशाख ४ मा महानगरले जारी गरेको सूचना समेतबाट फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना जेठ ९ गतेभित्र हटाउन पछिल्लो निर्देशन दिएको हो। तोकिएको दिनभित्र व्यक्ति वा संस्थाले संरचना नहटाएमा महानगरले ती संरचना हटाउने र हटाउँदो क्रममा लाग्ने लागत समेत व्यक्ति वा संस्थाबाट असुल गरिने महानगरको सूचनामा उल्लेख छ। ‘तोकिएको समयभित्र खोलाघरभित्रका संरचना व्यक्ति वा संस्थाले नहटाएमा महानगरले हटाउनेछ र हटाउँदा लाग्ने शुल्क असुल्नेछ,’ महानगरले सूचनामा भनेको छ।’

खोला मिचेको जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरुले संरचना निर्माण गरी कार्यालय संचालन गर्ने, भाडामा लगाउने र पर्खाल लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो महानगरमा आएको पनि महानगरले यसअघिको सूचनामार्फत जानकारी गराएको थियो।  

यसअघि पनि पोखरामा सार्वजनिक जग्गा र खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको थियो। सबैभन्दा बढी गुनासो पोखराको बजार भएर बगेको फिर्के खोला अतिक्रमणको रहेको छ। महानगरले बारम्बार फिर्केखोला अतिक्रमण गरि बनाएका संरचना हटाउने भन्दै आएपनि अहिलेसम्म हटेका छैनन। पोखरा महानगर–१८, अँधेरीकुनादेखि सुरु भएर  पर्स्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोलाको लामो समयदेखि मापदण्ड १० मिटर कायम छ। तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा गायबसमेत भएको छ।  

यो खोलामाथि नै घर÷टहरा बनाइएको छ। पोखराको फिर्केखोला नापजाँच गर्दा खोलामाथि नै घरटहरा निर्माण भएको भन्दै यसअघि नै अध्ययन टिमले प्रतिवेदन पनि दिएको छ। पोखरा महानगरपालिकाले बनाएको सो समितिले ३२ दिन लगाएर खोलाको नापजाँचपछि बनाएको प्रतिवेदनमा खोलाको मापदण्ड मिचेर १६० वटा संचरना बनाएको उल्लेख छ। जहाँ ३५ वटा स्थायी र ९७ वटा अस्थायी प्रकृतिका संरचना बनाएको जनाइएको छ। अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको कुल लम्बाइ करिब ८ किलोमिटर रहेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस