बागलुङ नगरमा वसन्त: पहिले हारे अहिले हराए
०४ जेष्ठ २०७९
•
४ मिनेट पाठ
बागलुङ नगरमा वसन्त: पहिले हारे अहिले हराए
बागलुङमा स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। १० स्थानीय तहमध्ये दुई वटाको गणना जारी रहँदा ८ पालिकाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ।




जिल्ला सदरमुकाम भएको र निकै रणनीतिक महत्त्वको मानिएको बागलुङ नगरपालिका पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन्।

उनले नेकपा एमालेका जनकराज पौडेलललाई ५ हजार ८ सय ५७ मतान्तरले पछि पार्दै बागलुङ नगरको बागडोर सम्हाल्न पुगेका हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि बागलुङ नगरपालिकामा यी दुई बीच नै भिडन्त परेको थियो। त्यो बेला नेकपा एमालेका जनकराज पौडेलले बाजी मारेका थिए।

पाँच वर्षपछि यी दुई बीच दोहोरिएको प्रतिस्पर्धामा वसन्त अब्बल ठहरिएका छन्। अघिल्लो निर्वाचनमा श्रेष्ठ पौडेलसँग २२९४ मतान्तरले पराजित भएका थिए। गत निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा गएका थिए।

नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाए पनि पार्टी तहबाट कसैलाई सहयोग गरेको थिएन। यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी एमालेसँगै रहँदा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र नेपाली काँग्रेससंग आए। त्यसमाथि एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले समेत काँग्रेसलाई साथ दिएपछि गत निर्वाचनकै दुई राजनीतिक खेलाडीबीचको प्रतिस्पर्धामा वसन्तले बाजी मारे।

वसन्तकुमार श्रेष्ठले कुल १४ हजार ६ सय ७८ मत प्रााप्त गरेका छन्। यस पटक पनि राप्रपासँग गठजोड गरेर दोस्रो चोटि मेयर दोहोरिने प्रयासमा लागेको जनकराज पौडेलले ८ हजार ८ सय २१ मत मात्र पाए। पार्टी फुटको असर, टिकट वितरणको असन्तुष्टिसँगै विगतका सहयात्रीको कित्ता परिवर्तनले पनि पौडेललाई यसपटक उपविजेतामै चित्त बुझाउन बाध्य बनायो।

स्थानीय निर्वाचन २०७४ मा जनकराज पौडेल एमालेबाट मेयर विजयी हुँदा राप्रपाबाट सुरेन्द्र खड्का उपमेयर विजयी भएका थिए। गठजोड गरेर निर्वाचित भए पनि केही समयपछिबाटै मेयर जनकराज पौडेल र उपमेयर सुरेन्द्र खड्काबीच राम्रो सम्बन्ध देखिएन। निर्वाचनको मुखमा फेरि यी दुईको सम्बन्ध सुधारिएको देखिए पनि त्यसले कमाल ल्याउन सकेन।

राप्रपा बागलुङका अध्यक्ष समेत रहेको सुरेन्द्र खड्काले उपमेयरको आफ्नो विरासत राप्रपाकै सञ्जय खड्कालाई हस्तान्तरण गर्ने चाहना राखेर एमालेसँग तालमेल गरे पनि त्यसमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका राजु खड्का बाधक भैदिए। बागलुङ नगर उपप्रमुखमा राजु खड्काले सञ्जय खड्कालाई ४ हजार ३ सय ६३ मतान्तरले पछि पारे। राजुले १२ हजार ४ सय २७ मत ल्याउँदा सञ्जयले ८ हजार ६४ मत पाए। बागलुङ नगरपालिकामा काँग्रेसले प्रमुख पद पाएको पहिलो पटक हो।

२०४९ को स्थानीय निर्वाचनमा कालिका गाउँ विकास समिति रहेको जिल्ला सदरमुकामलाई आसपासका अन्य केही गाविस मिलाएर २०५४ को स्थानीय निर्वाचन अगाडि बागलुङ नगरपालिका बनाइएको थियो। बागलुङ नगरपालिकाको पहिलो मेयर नेकपा एमालेबाट ऋषिराम शर्मा निर्वाचित भएका थिए। उनको देहान्त भैसकेको छ।

त्यसपछि राजाको शासनकालमा विदुर खड्का पनि बागलुङ मेयर बने। उनको पनि केही महिनाअघि देहान्त भएको छ। २०७४ को स्थानीय निर्वाचनमा फेरि एमालेले जितेको नगरमा यसपटक गठबन्धनबाट नेपाली काँग्रेसले नगरप्रमुख हात पारेको हो।

बागलुङ नगरको तेस्रो जननिर्वाचित नगरप्रमुखको रूपमा वसन्त श्रेष्ठ विजयी भए। बागलुङ उद्योग वाणिज्य संघको दुई पटक अध्यक्ष चलाएका उनी हाल नेपाली काँग्रेस गण्डकी प्रदेशको कोषाध्यक्ष छन्। उपप्रमुखमा निर्वाचित राजु खड्का माओवादी केन्द्रका बागलुङ नगरसचिव हुन्। बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिमा लामो समय रहँदा उल्लेख्य विकास र सुधारका काम गरेको भनेर उनको चर्चा पनि हुन्थ्यो। त्यही अनुभवलाई बागलुङ नगरको जनताको सेवामा लगाउने घोषणाका साथ अगाडि बढेका उनी पहिलो प्रयासमै सफल पनि भएका छन्। बागलुङ नगरपालिकामा ३४ वर्ष पुरानो विरासत राखेको एमाले भने यसपटक बागलुङ नगरको तीन वटा वडामा खुम्चिएको छ।

बागलुङ नगरपालिका-५, ६ र ७ मा मात्रै एमालेले वडाध्यक्ष जितेको छ। वडा नम्बर १, ३, ८, ९, ११, १३ र १४ मा काँग्रेसले वडाध्यक्ष जितेको छ भने एकीककृत समाजवादीले वडा नम्बर २ र १० जितेको छ। वडा नम्बर ४ मा माओवादी केन्द्र र वडा नम्बर १२ मा काँग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले बागलुङ नगरको मुटु मानिने वडा नम्बर २ मा जित हात पार्दा एमालेका गढ मानिएको बानपा-१० भकुण्डेमा एमालेबाट वडाध्यक्ष पद छिन्यो। निर्वाचनअघि एमालेले लौरो उठाए पनि जित्ने वडा भनेर चर्चा गरिएको भकुण्डेमा समाजवादीका तिलबहादुर थापाले खेल उल्ट्याइदिए।

अघिल्लो पटक एमालेले जितेको वडा नम्बर १ मा यसपालि नेपाली काँग्रेस, ४ मा माओवादी केन्द्र, ८ र ९ मा नेपाली काँग्रेसले जिते। एमालेबाट जितेर पार्टी विभाजनमा नेकपा एसतर्फ लागेको जीवन आचार्यले जितेको बनपा-२ मा समाजवादीकै सुरज बोसेल विजयी भए। गत निर्वाचनमा एमालेले जितेको बानपा-१२ पनि स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माले प्यानल नै जिते।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस