कार्तिक पूर्णिमामा रामघाट मेला : १० हजार श्रद्धालुले गरे स्नान
१९ कार्तिक २०८२
•
३ मिनेट पाठ
कार्तिक पूर्णिमामा रामघाट मेला : १० हजार श्रद्धालुले गरे स्नान
कार्तिक शुक्ल पूर्णिमामा (नहान) दिन बुधवार बाणगंगा नदी अन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। बाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनले स्नान गरेका छन्। रामघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला हो। 




रामघाट मेला व्यवस्थापन समिति अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनको संख्यामा समेत बढेको छ। कार्तिक शुक्ल पूर्णिमा दिन जिल्लाको बाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा सन्तघाट, सिताघाटमा बुधवार  लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालु आएका थिए। 

प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्व  बोकेका श्रद्धालु भक्तजन बताउँछन्।  मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्। रामघाटमा भारतको शोहरतगढ, तुलसीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँची लगायतका स्थानका मानिस समेत आएका छन्।

मेलाका लागि मंगलवार राति  देखि नै भक्तजन रामघाटमा जम्मा भएका थिए। भक्तजनले रात भरी जाग्राम बसी भजन कीर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पूजाआजा गरेका थिए। यस दिन नदीमा स्नान गरी पूजा गर्नाले पाप नास भई पुण्य फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ। 

सो अवसरमा सयौँ भक्तजनले पूजापाठ गरी गौ पूजा गरी दान समेत गरेका थिए। त्रेता युगमा भगवान् राम वनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेका थिए। रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाका बताउँछन्।। गौदान पूजा गराउन यशोधरा गाउँपालिकाको  भडेहरबाट आएका बयबद्ध पुजारी राम गिरीले भगवान् रामको बाणद्वारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठुलो पुण्य फल मिल्ने बताए।

‘भगवान् राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहित अन्नपात दान गर्नाले वैतरणी पार हुन्छ।’ उनले भने। बाबु बाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ। कपिलवस्तु नगरपालिका– १ एक्का स्टेसनका देवी प्रसाद बर्माले यस वर्ष पनि गौ, अन्नपातसहित पैसा दान गरेका थिए। ‘ हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छौ, ’ उनले भने ‘ बाजे बज्यैको पाला देखिको परम्परालाई कायम राखेका छौ, जसले गर्दा हामीलाई पारिवारिक शान्ति र सुख मिलेको छ।’ 

मेलामा जिल्ला सहित भारत, छिमेकी जिल्लाहरू लगायतका स्थानहरूबाट ठुलो संख्यामा सन्त, महन्त, साधु आएको वडा अध्यक्ष प्रकाश गैरेले बताए।  भक्तजनले रातभर भजन कीर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए। कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले रामघाट मेलालाई व्यवस्थित र थप रमणीय बनाउन आफू लागि परेको बताए। 

पुर्वसांसद सुरेन्द्रराज आचार्यको पहलमा रामघाटमा धामको रूपमा विकसित गर्न विभिन्न निर्माण कार्य अघि बढेको र यस वर्ष पनि बजेट विनियोजन भएको उनले बताए। यही  अवसरमा कपिलवस्तुको १० मध्ये ८ पालिकाले स्थानीय बिदा समेत दिएको छ। मेलामा हुन सक्ने विभिन्न घटनाहरूलाई रोक्न ठुलो संख्यामा सुरक्षाकर्मी प्रहरी परिचालन गरिएको थियो।
अर्को समाचार
कार्तिक पूर्णिमामा रामघाट मेलाको धुम, १० हजार श्रद्धालुले गरे स्नान
३० कार्तिक २०८१
•
२ मिनेट पाठ
कार्तिक पूर्णिमामा रामघाट मेलाको धुम, १० हजार श्रद्धालुले गरे स्नान
कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार वाणगंगा नदी अन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। वाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन्।




रामघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला हो। रामघाट मेला व्यवस्थापन समिति अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा बढेको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन जिल्लाको वाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको छ।

वाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा, सन्तघाट, सिताघाटमा शुक्रबार लागेको मेला भर्न ठूलो संख्यामा श्रद्धालुहरु आएका छन्।

प्राचीन भागिरथी र अहिले वाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व स्थान रहेको श्रद्धालु भक्तजनहरु बताउछन्।

रामघाटमा भारतको शोहरतगढ, तुुल्सीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आउने गर्छन्।

मेलाका लागि बिहीबार रातिदेखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए। भक्तजनहरुले रात भरी जाग्रम बसी भजन किर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका छन्।

यस दिन नदीमा स्नान गरी पुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।

त्रेतायगुगमा भगवना राम बनवास जाने क्रममा प्यास लागे पछि अर्जुनले वाण हानेर पानी निकालेका थिए। रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउँछन्।

गौदान पुजा गराउन यशोधरा गाउँपालिकाको भडेहरबाट आएका बयोवृद्ध पुजारी राम गिरीले भगवान रामको वाणद्वारा उत्पत्ति भएको वाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए।

कार्तिक पूर्णिमाको अवसरमा कपिलवसतुको १० मध्ये ७ पालिकाले स्थानीय बिदा समेत दिएका छन्।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस