वागीश्वरीमा लक्ष्मी पूजामा तीन दिन सामूहिक गौ पूजा हुने
०१ कार्तिक २०८२
•
१ मिनेट पाठ
वागीश्वरीमा लक्ष्मी पूजामा तीन दिन सामूहिक गौ पूजा हुने
भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजा हुने भएको छ। लक्ष्मी पूजा र गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजा हुने भएको हो।




विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजा गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पूजाको दिन क्रमशः कार्तिक ३, ४ र ५ गते सामूहिक पूजा हुनेछ।

वागीश्वरीमा २०६३ सालदेखि सामूहिक रूपमा गौ पूजा गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन नेपाल सन्त समाजका महासचिव र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरु प्रसाद सुवेदीले गर्नेछन्।

सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिए।

यहाँ सामूहिक गौ पूजासँगै गोवर्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोवर्धन पूजाको दिन गाई र गोवर्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आह्वान गरिएको छ।

पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगमा गाईको संरक्षण गरिएको अध्यक्ष शर्माले जानकारी दिए। उनले भने, ‘गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ।’ योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई ल्याएका थिए र त्यो संख्या बढेर अहिले दुई सय पुगेको छ। यहाँ सबै स्थानीय जातका गाई पालिएको छ।
अर्को समाचार
लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
२३ कार्तिक २०८०
•
२ मिनेट पाठ
लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।




विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पुजाको दिन क्रमशः कार्तिक २६, २७ र २८ गते सामूहिक पुजन हुनेछ।

वागीश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पुजाको उद्घाटन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाट धामका पिठाधिष १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराजले गौ आरतीबाट गर्नुहुनेछ। सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। 

यहाँ सामूहिक गौ पूजासँगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आउन आह्वान गरिएको छ।

पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिए। उनका अनुसार गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ । यहाँ गाईको रेखदेखको लागि नौ जना कर्मचारी खटिएका छन्। योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात वटा गाई लिएर आएका र त्यो सख्या बढेर अहिले दुई सय पुगेका छन्।

यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ। भरतपुर महानगरपालिका, पोलिटेक्निक कलेज र विभिन्न प्राविधिकले यहाँका गाईको औषधि उपचारमा सहयोग गरिरहेको उनले बताए। 

योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संरक्षक डा कृष्णहरी देवकोटाले यहाँका गाई संरक्षणमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए। घरघरमा गाई पाल्न छाडेकाले यसको महत्त्व ह्रास आउन सक्ने उनको भनाई छ। स्थानीय जातका गाईको महत्त्व धेरै भएको भन्दै दूध तथा गहुँतबाट औषधी समेत बनाउन सकिने उनले बताए।

गौ संरक्षणका लागि बागेश्वरीमा आजीवन सदस्यको शुल्कबाट पनि आर्थिक जोहो गर्ने गरिएको छ। आजीवन सदस्य बन्नका लागि ११ हजार शुल्क तोकिएको छ। अहिलेसम्म अक्षयकोषमा ७० लाख जम्मा भएको छ। सोही ब्याज, गोबर र  गहुँत बेचेर गौशालाको खर्च व्यवस्थापन हुँदै आएको छ।  गहुँतबाट मासिक  ३५ हजार र गोबरबाट एक सिजनमा डेढ लाख बढी आम्दानी हुने गरेको गौ संरक्षण केन्द्रले जानकारी दिएको छ।    
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस