सामा-चकेवामा मुग्ध मधेस
१५ कार्तिक २०८२
•
८ मिनेट पाठ
सामा-चकेवामा मुग्ध मधेस
संस्कार, संस्कृति र मौलिक पर्वको पर्याय हो मिथिला सभ्यता। यहाँको मौलिक पर्व सहरमा हराउँदै गए पनि दूरदराजमा अझैं जीवन्त छ मौलिक सभ्यता। यसैमध्ये एक हो-सामा -चकेवा। जसको रौनक अहिले मधेसका गाउँ गाउँमा मनाइँदै छ।




‘सामचके सामचके आबिहे हो, जोतला खेतमे बैठिए हो,

सब रङ पटिया ओछाइहियै हो, तै पटियामे के के सुते,

छोटे बरहे लादहैन सुते’  

अर्थात् सामा–चकेवा सधैं आउनू है, जोतेको खेतमा बस्नू है, सबै रङको गुन्द्री ओछ्याउनू है, त्यो गुन्द्रीमा कोको सुत्ने? सानाठुला सबै भाइ सुत्ने। यी र यस्तै मौलिक गीतले मधेसका गाउँघर अबेर रातिसम्म जाग्राम बस्छन्।

मिथिलावासीको महान् पर्व छठ सकिएसँगै यस क्षेत्रमा सामा–चकेवाका यी र यस्तै गीतले गाउँबस्ती मुग्ध छन्। यस पर्वलाई यहाँका आदिवासीसँगै मधेसी समुदायले पनि उत्तिकै आस्था र उत्साहसाथ मनाउँछन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चकेवा पर्व मनाउँछन्।

मधेसका देहात (गाउँबस्ती)मा बाँसका नाङ्लामाथि काँचो माटोले विभिन्न आकारका मूर्ति बनाइएका छन्। जसमा सामा–चकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भँवरा राखेर सामा–चकेवा खेलिरहेका छन्।

कात्तिक शुक्ल द्वितीया तिथिदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म दिदीबहिनी प्रत्येक साँझ आफ्नो टोलमा समा चकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लाससाथ मनाइरहेका छन्।

मधेसका सहरमा हराउँदै गए पनि गाउँघरमा यो पर्व अझै जीवन्त रहेको मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादव बताउँछिन्।

उनले भनिन्, ‘यहाँको संस्कार र संस्कृतिलाई जीवन्तता दिँदै व्यापक बनाउन सांस्कृतिक जागरण अभियान चलाउनु आवश्यक छ। गाउँसहर जहाँ बसे पनि सांस्कृतिक मौलिकता नहराओस् भनेर जताजतै सांस्कृतिक जागरण सुरु गर्नुपर्छ।’

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइती पक्षबिच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीक हो । त्यसैले होला, सहरमा यो पर्व हराउँदै गए पनि मधेसका गाउँ गाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गर्छन्।

यसको बहुआयामिक स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाध प्रेम, माइती र चेलीबिचको स्नेहपूर्ण सम्बन्ध, चुगला (समाजविरोधी) प्रतिको सामूहिक–संगठित विरोध, लोककल्याण भावना, संस्कारगत–प्रशिक्षणजस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिने प्रदेशसभा सदस्य यादव बताउँछिन्। रात्रिका बेलामा यो पर्व एघार दिनसम्म मनाउने चलन छ।

छठ पर्वको भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्ने ऐतिहासिक पृष्ठभूमि स्पष्ट छैन। यस पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबिच पनि मतभिन्नता पाइन्छ। पद्म पुराण, स्कन्द पुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यस पर्वको चर्चा गरिएको पाइन्छ। ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि भएको पाइन्छ। यो पर्व भगवान् श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ।

यस कथाप्रसंग अनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तान थिए। तीमध्ये जेठा छोराको नाम साम्ब र छोरीको नाम साम्बा थियो।

साम्बा जति सुशीला र चरित्रवती थिइन्, त्यत्तिकै उनको सुन्दरताको बखान हुने गथ्र्यो। साम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चूडक’ लट्ठ भएको थियो तर उसको एकतर्फी प्रेम साम्बालाई थाहा नै थिएन।

उता साम्बाको ‘चारुवाक’ नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ। त्यसपछि आफ्ना पतिको घरमा बसोबास गर्न थाल्छिन्। साम्बालाई आफूले प्राप्त गर्न नसकेकाले प्रेमान्ध चूडक श्रीकृष्णको दरबारमा जाने र उनकी छोरी साम्बाको चरित्रबारे चियोचर्चा गर्न थाल्छन्।

वृन्दावनको दिव्य जंगलबिचमा गोपेश्वर महादेवको मन्दिर थियो। आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्त होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्य दिन उक्त मन्दिरमा गई पूजा आराधना गर्छिन्।

उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान्को अनुकम्पाले साम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ। त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार गर्न थाल्छिन्।

यसै प्रसंगलाई जोड्दै ‘साम्बाले पतिको हत्या गरी परपुरुषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर चूडकले भगवान् श्रीकृष्णलाई भए–नभएको उपाख्यान सुनाई पोल लगाउँछ। कुरो सुन्नासाथ सत्यताको निरूपण नै नगरी श्रीकृष्णले छोरी साम्बालाई पन्छी हुने सराप दिन्छन्। देख्दा देख्दै पत्नी पन्छी भएपछि चारुवाक रुँदै कराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्छन् र वास्तविकता बताउँछन्।

कृष्णलाई आफ्नो निर्णयप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत देशनिकालाको सजाय हुन्छ। उता ससुरा कृष्णसँग आफू पत्नीबिना बाँच्न नसक्ने भन्दै चारुवाकले विलाप गर्छन्। अनि भगवान् श्रीकृष्णले आफ्नो श्राप आफैं फिर्ता लिन नमिल्ने बताउँछन्।

त्यसो भए पत्नी पन्छी नै रहने भएपछि आफूलाई पनि पन्छी बनाइदिन ज्वाइँले अनुरोध गर्छन्। श्रीकृष्णले उनलाई पनि पन्छी नै बनाइदिन्छन्। यसरी पन्छीका रूपमा साम्बा दम्पत्ति रहन लागे। बहिनीले श्राप प्राप्त गरेको र पन्छी भएको समाचार दाजु साम्बले प्राप्त गर्छन्। उनी पनि निर्दोष बहिनीज्वाइँलाई पन्छीयोनीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसित अनुनयविनय गर्छिन् तर श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त श्राप फिर्ता लिन नसक्ने बताउँछन्।

पितासित साम्बले बहिनीज्वाइँ मुक्त हुने उपाय बताउने आग्रह गर्छन्। श्रीकृष्णले समस्त व्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पातिव्रत्य धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन सायमकालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पत्तिले पन्छीयोनीबाट छुट्कारा हुने उपाय बताउँछन्।

यसै उपायलाई अनुसरण गरी साम्ब महिलाहरूलाई संगठित बनाउँछन् र आफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्छन्। ती संगठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्छन्।

साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुन्छन् र साम्बाका जोडीलाई पन्छीयोनीबाट मुक्त बनाउँछन्। स्त्रीहरूको संगठित प्रतिरोध, चेलीबेटी र माइतीबिचको अटुट प्रेम र घुसघुसे एवं पोल्याहा (चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो–सामा–चकेवा पर्व।

मधेसका दूरदेहातमा महिलाहरू अझै सामा–चकेवाको अभिनय गर्छन्। यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा (सामा), चकेवा (चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरिच, चुगला (चूडक), वृन्दावन, चौकीदार, झाँझी, कुकुर (कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी रोचक अभिनय ग्रामीण क्षेत्रमा अझै जीवन्त रहेको मिथिला संस्कृतिविज्ञ सहप्राध्यापक उमेशकुमार झा बताउँछन्।

‘दाजुबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन्,’ झा भन्छन्, ‘यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् ‘सामा र चकेवा’।

सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र। त्यसैगरी समाजको खलपात्रको प्रतीकका रूपमा चुक्ली लगाउने अर्को पात्र ‘चुगला’ पनि हुन्छ।’

एक दशकअघिसम्म मिथिला तथा मधेस क्षेत्रमा विभिन्न पात्रको प्रतीकका रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदीबहिनीहरू गाउँबाहिर खुला ठाउँमा एकत्रित भई सामा–चकेवा सम्बन्धी गीत गाएर अभिनय गर्थे।

यस क्रममा समूहमा महिलाहरू डालो (ढाकी) मा मूर्तिहरू सजाउँदै कात्तिक शुक्लपक्षको पञ्चमीको बेलुकाबाट गाउँगाउँको दोबाटो, चौबाटो, चोक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्थे।

यसरी मनाउँछन् ‘सामा–चकेवा’

‘सामा खेले चलली सखीसँग सहेली हो, साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है, चुगला करे चुगलपन बिलैया करे म्याउँ’

यस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस प्रतिमालाई महिलाहरूले कुटेपिटेझैं पनि गर्ने चलन छ। गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने पात्रलाई गाली गरिएको हुन्छ।

त्यसैगरी सामा–चकेवालाई शीत र दुबो खुवाइन्छ। सामा–चकेवालाई शीत र दुबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बिचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिँदै बायाँ हातले फेरि लिने गर्छन्।

दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ। त्यसपछि असत्य, पाप र असामाजिक तत्त्वको प्रतीकका रूपमा रहेको चुक्ली लगाउने पात्रको जिउमा आगो लगाइन्छ।

त्यसपछि दिदीबहिनीहरू सामा–चकेवाको गीत गाउँदै आआफ्नो घर फर्कन्छन्। घर पुगेपछि सामा–चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ।

यो क्रम पञ्चमीदेखि चतुर्दशीसम्म चलिरहन्छ र पूर्णिमामा यो लोकपर्वको विसर्जन गरिन्छ। पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ। त्यसपछि किशोरीहरूले गाउँ गाउँ डुली अभिभावकहरूबाट संकलन गरेको रकम र अन्नादिको उपयोग गरी तयार गरिएको प्रसाद, दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तयार गर्छिन्।

साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ। त्यसपछि दिदी–बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन्। प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन्। त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगाफाटा आदि उपहार दिने चलन छ। अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजिकैको खोला, पोखरी वा तलाउमा विसर्जन गरिन्छ। तर, चुगलाको मूर्तिलाई भने फोहोर ठाउँमा फाल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ।
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
८ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस