फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्यालय’ बनाएर नागरिकता किर्ते, दुई जना पक्राउ
२४ असार २०८३
•
२ मिनेट पाठ
फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्यालय’ बनाएर नागरिकता किर्ते, दुई जना पक्राउ
विराटनगरमा फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्यालय’ जस्तै प्रयोग गरी किर्ते नेपाली नागरिकता बनाउँदै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुल्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।




जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेकी विराटनगरकी ३० वर्षीया एक महिलाको नागरिकता नक्कली भएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठ र विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर रहेकी ती महिलाले आफू र आफ्ना मामाको नागरिकता छिटो बनाइदिने प्रलोभनमा परी अशोककुमार श्रेष्ठलाई १ लाख ३० हजार रुपैयाँ बुझाएकी थिइन्। उनले फोटो र आवश्यक कागजात बुझाएको तीन दिनमै नागरिकता प्राप्त गरेपछि आफू वैधानिक रूपमा नेपाली नागरिक बनेको विश्वास गरेकी थिइन्।

तर, राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेपछि कर्मचारीले नागरिकता नक्कली भएको जानकारी दिए। सुरुमा महिलाले त्यसमा विश्वास नगरे पनि आन्तरिक निरीक्षणमा रहेका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले नागरिकताको सूक्ष्म परीक्षण गरी उक्त प्रमाणपत्र पूर्ण रूपमा किर्ते भएको पुष्टि गरेका थिए।

घटनाको गम्भीरता बुझ्दै प्रमुख जिल्ला अधिकारी कटेलले तत्काल प्रहरी परिचालन गरेपछि मुख्य अभियुक्त श्रेष्ठ पक्राउ परेका थिए। उनको साथबाट थप १० थान नक्कली नागरिकता समेत बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा विराटनगरको महेन्द्रचोकस्थित ‘न्यु डोली फोटो सर्भिसेज’ सञ्चालन गर्दै आएका धनदेव राजवंशी यस गिरोहमा संलग्न रहेको खुलेको छ। प्रहरीले उक्त फोटो स्टुडियोलाई नक्कली नागरिकता डिजाइन र छपाइ गर्ने केन्द्रका रूपमा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका नागरिकतामा नेपाल सरकारको होलोग्राम, कार्यालयको छाप, जारी गर्ने अधिकृतको हस्ताक्षर तथा लेमिनेसनसमेत अत्यन्त मिल्दोजुल्दो बनाइएको थियो। नागरिकतामा वि.सं. २०६८ देखि २०८२ सम्मका विभिन्न मिति उल्लेख गरिएका छन् भने हाल कार्यरत र सरुवा भइसकेका सरकारी अधिकृतहरूको हस्ताक्षरसम्म किर्ते गरिएको भेटिएको छ।

राजवंशीको स्टुडियोबाट जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका सरकारी फाराम, विभिन्न वडाका नक्कली सिफारिसपत्र तथा नागरिकता बनाउने कार्यमा प्रयोग भएका उपकरणहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल ले यस घटनालाई संगठित किर्ते र ठगीको गम्भीर अपराध भएको बताएका छन्।

“होलोग्राम, हस्ताक्षर र लेमिनेसनसम्म हुबहु बनाएर सर्वसाधारणलाई ठग्ने कार्य अक्षम्य अपराध हो। यसमा संलग्न सबैलाई कडा कानुनी कारबाही गरिनेछ,” उनले भने।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाई थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यो गिरोहमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान विस्तार गरेको जनाएको छ।
अर्को समाचार
फोटो स्टुडियोलाई ‘प्रशासन कार्यालय’ बनाएर नक्कली नागरिकता : ठगीमा संलग्न दुई पक्राउ
२४ असार २०८३
•
३ मिनेट पाठ
फोटो स्टुडियोलाई ‘प्रशासन कार्यालय’ बनाएर नक्कली नागरिकता : ठगीमा संलग्न दुई पक्राउ
विराटनगरमा नक्कली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले विराटनगरको एक फोटो स्टुडियोलाई ‘प्रशासन कार्यालय’ बनाएर ‘नेपाली नागरिकता’ नक्कली बनाई मोटो रकम लिने गरेको खुलेको हो।




विराटनगरकी एक ३० वर्षीया महिला र उनको मामाको नागरिकता बनाइदिएपछि नक्कली नागरिकता बनाइदिने व्यक्ति र स्थान प्रहरीले फेला पारेको हो। आर्थिक अवस्था कमजोर भएकी २ सन्तानकी आमा मनिषा कामत (पीडित महिला) र उनको मामाको कसरी छिटो नागरिकता बनाएर ‘नागरिक बन्ने’ भन्ने थियो। तर, सरकारी प्रक्रियाको अज्ञानता र ‘छिटो काम हुने’ प्रलोभनका कारण उनी यस्तो गिरोहको फन्दामा परे, जसले एउटा फोटो स्टुडियोलाई नै ‘नक्कली प्रशासन कार्यालय’ बनाएर उनलाई ठगी गर्‍यो।

नागरिकता बनाइदिने बहानामा विराटनगर-११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठले मनिषाबाट १ लाख ३० हजार रुपैयाँ असुले। मनिषाले वर्षौंदेखि मजदुरी गरेर जम्मा गरेको त्यो ठूलो रकम, आफ्नो फोटो र कागजात महेन्द्र चोक पुगेर श्रेष्ठलाई बुझाएकी थिइन्। कागजात बुझाएको मात्र तीन दिनमा श्रेष्ठले उनलाई नागरिकता थमाइदिएपछि मनिषा दङ्ग थिइन्। उनलाई लागेको थियो, ‘वर्षौँको झन्झट मेटियो।’

तर, मनिषाको त्यो खुसी तब टुक्रियो, जब उनी राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन्। राष्ट्रिय परिचयपत्र बनाउने काउन्टर (ठाउँ) मा रहेका कर्मचारीले मनिषाको नागरिकता ‘नक्कली’ भएको बताएपछि उनले पत्याइनन्। उनले उल्टै कर्मचारीलाई प्रश्न गरिन्, ‘तपाईंहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?’ मनिषा र कर्मचारीबिच दोहोरो भनाभन भइरहेको समयमा आन्तरिक निरीक्षण गर्दै गरेका मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेल त्यहाँ पुग्छन्, घटनाका विषयमा बुझ्छन्।

प्रजिअ कटेलले स्वयं नागरिकताको सूक्ष्म जाँच गरेपछि त्यो पूर्णतः नक्कली भएको पुष्टि गरे। वर्षौँको मेहनत र रगत-पसिनाको कमाइ ठगिएको थाहा पाएपछि मनिषा छाँगाबाट खसेझैँ भइन्।

घटनाको गम्भीरता हेरेर प्रजिअ कटेलले तत्कालै प्रहरी टोली परिचालन गरे। प्रहरीले मुख्य अभियुक्त अशोककुमार श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लियो। खानतलासीका क्रममा श्रेष्ठको साथबाट थप १० थान नक्कली नागरिकता फेला पर्‍यो।

अनुसन्धानका क्रममा यो धन्दामा विराटनगर-५ का ३८ वर्षीय धनदेव राजवंशीको संलग्नता खुल्यो। राजवंशीले विगत ६-७ वर्षदेखि महेन्द्र चोकमा ‘न्यु डोली फोटो सर्भिसेज’ नामक स्टुडियो चलाउँदै आएका थिए। सोही स्टुडियोलाई उनीहरूले नक्कली नागरिकता डिजाइन गर्ने र छाप्ने ‘अखडा’ बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बरामद गरिएका नागरिकताहरूमा नेपाल सरकारको होलोग्राम, कार्यालयको छाप र जारी गर्ने अधिकृतको हस्ताक्षर यति दुरुस्त पारिएको छ कि सामान्य मानिसले सक्कली र नक्कली ठम्याउनै सक्दैनन्। ती नागरिकताहरूमा विक्रम संवत् २०६८ देखि २०८२ सम्मको मिति राखिएको छ, जसमा हाल कार्यरत र सरुवा भइसकेका अधिकृतहरूको हस्ताक्षरसमेत किर्ते गरिएको पाइएको छ।

प्रहरीले राजवंशीको स्टुडियोबाट जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका सरकारी फारम र वडाका नक्कली सिफारिस पत्रहरूसहित महत्त्वपूर्ण उपकरणहरू बरामद गरेको छ। मोरङका प्रजिअ कटेलले यसलाई गम्भीर सङ्गठित अपराधको सङ्ज्ञा दिएका छन्। उनले भने, ‘होलोग्राम, हस्ताक्षर र लेमिनेसन समेत दुरुस्त बनाएर सोझा जनतालाई ठग्नु अक्षम्य अपराध हो। यसमा संलग्नहरूलाई कडा कानुनी कारबाही गरिनेछ।’

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ। यस गिरोहमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस