दालमा विष हालेर बुहारीले गरिन् काकी सासूको हत्या, ससुराको अवस्था गम्भीर
२२ मंसिर २०८२
•
२ मिनेट पाठ
दालमा विष हालेर बुहारीले गरिन् काकी सासूको हत्या, ससुराको अवस्था गम्भीर
मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले विष दालमा मिसाएर खाना खुवाउँदा सासूको मृत्यु भएको छ । ससुराको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।  




दाल (खाना)मा विष मिसाएर खुवाएको आरोप ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार भतिजी बुहारी सुनिताले बिहान खाना दिँदा दालमा विष मिसाएर खुवाउँदा सासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको हो । ससुरा ७० वर्षीय भक्तबहादुर राईको गम्भीर अवस्थामा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  

शनिबार दिउँसो भक्तबहादुरलाई घर नजिकको खोल्सामा बेहोस अवस्थामा स्थानीयले देखेपछि उद्दार गरेर घरमा ल्याउँदा उनकी पत्नी इन्द्रमायासमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन् । घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिएका थिए ।  

स्थानीयहरुले तत्कालै बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी चौधरीले भने, ‘इन्द्रमायाको उपचारका क्रममा शनिबार राति पौन ११ बजेतिर मृत्यु भयो । घटनाको खबर आउनासाथ प्रहरी टोली पुगेर घटनास्थलको प्रकृति हेर्दा खानामा विषादी प्रयोग भएको जस्तो देखिएको थियो । प्रारम्भिक अनुसन्धानबाट सुनिताले सासू र ससुरालाई खानामा (दाल) विष मिसाएर खुवाएको पत्ता लागेको छ । वृद्ध दम्पतीले आफूले खाएर उभ्रिएको खाना कुखुरालाई खुवाएका थिए । त्यसले खुकुरा पनि मरेको पाइएको छ ।’

विष हालेको खाना दिएपछि कार्की माइततिर गएकी थिइन् । घटनापछि उनलाई माइतबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर ‘कर्तव्य ज्यान’ मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

भक्तबहादुर र इन्द्रमाया राईका सन्तान छैनन् । दुवै जना भतिजो प्रशान राई र उनकी श्रीमती सुनिता कार्कीसँग बस्दै आएका थिए । प्रशान घर बाहिर रहेका बेला सुनिताले खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि फेला पारेको छ । उक्त बट्टा अँगेनोमा हालेर जलाइएको अवस्थामा भेटिएकाले खानामा कुन विष मिसाइएको हो भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीको प्रयोगबारे प्रयोगशाला जाँचपछि मात्रै वास्तविक कारण पुष्टि हुने र विषादी कसरी र किन प्रयोग भयो भन्ने अन्य अनुसन्धानबाट खुलेपछि मात्रै यर्थाथ आउने डिएसपी चौधरीले बताए ।  

विष खुवाउने कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  
अर्को समाचार
दालमा विष मिसाएर ह*त्या
२२ मंसिर २०८२
•
२ मिनेट पाठ
दालमा विष मिसाएर ह*त्या
मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले दालमा विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु भएको छ । ससुराको अवस्था गम्भीर भएको मोरङ प्रहरीले जनाएको छ ।  




दालमा (खाना) विष मिसाएर खुवाएको आरोप ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।  

उनका अनुसार भतिजी बुहारी सुनिताले बिहान खाना दिँदा दालमा विष मिसाएर खुवाउँदा सासुको मृत्यु भएको छ भने ससुरा गम्भीर अवस्थामा भई उपचार भइरहेको छ । पक्राउ परेकी बुहारी सुनिता कार्की राई दम्पतीकी भतिजी बुहारी हुन् ।

७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भए पनि हाल स्वास्थ्य अवस्था सुधार हुँदै आएको डिएसपी चौधरीले बताए ।  

शनिबार दिउँसो भक्तबहादुरलाई घर नजिकको खोल्सामा बेहोस अवस्थामा स्थानीयले देखेपछि उद्दार गरेर घरमा ल्याउँदा उनकी पत्नी इन्द्रमायासमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन् । घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिएको थियो ।  

स्थानीयहरुले तत्कालै बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी चौधरीले भने, ‘इन्द्रमायाको उपचारका क्रममा शनिबार राति पौन ११ बजेतिर मृत्यु भयो । घटनाको खबर आउनासाथ प्रहरी टोली पुगेर घटनास्थलको प्रकृति हेर्दा खानामा विषादी प्रयोग भएको जस्तो देखिएको थियो । प्रारम्भिक अनुसन्धानबाट सुनिताले सासू र ससुरालाई खानामा (दाल) विष मिसाएर खुवाएको पत्ता लागेको छ । वृद्ध दम्पतीले आफूले खाएर उब्रिएको खाना कुखुरालाई खुवाएका थिए । त्यसले खुकुरा पनि मरेको पाइएको छ ।’

विष हालेको खाना दिएपछि कार्की माइततिर गएकी थिइन् । घटनापछि उनलाई माइतबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर ‘कर्तव्य ज्यान’ मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

भक्तबहादुर र इन्द्रमाया राईका सन्तान छैनन् । दुवै जना भतिजो प्रशान राई र उनकी श्रीमती सुनिता कार्कीसँग बस्दै आएका थिए । प्रशान घर बाहिर रहेका बेला सुनिताले वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि फेला पारेको छ ।  

बट्टा अँगेनोमा हालेर जलाइएको अवस्थामा भेटिएकाले खानामा कुन विष मिसाइएको हो भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीको प्रयोगबारे प्रयोगशाला जाँचपछि मात्रै वास्तविक कारण पुष्टि हुने र विषादी कसरी र किन प्रयोग भयो भन्ने अन्य अनुसन्धानबाट खुलेपछि मात्रै यर्थाथ आउने डिएसपी चौधरीले बताए ।  

खानामा विष मिसाएपछि उनले विषको बट्टा अगेनामा डढाएको र जलेको बट्टा प्रहरीले फेला पारेको छ । विष खुवाउने कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस