सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ढाका सिलाई–बुनाई तालिमको प्रशिक्षक नियुक्त गरेबापत सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०८०/८१ मा सोताङ गाउँपालिकामा सञ्चालन गरिएको ९० कार्य दिनको ढाका सिलाई-बुनाई तालिम सम्पन्न भएपछि उपाध्यक्ष राईले तालिम प्रशिक्षकको रूपमा काम दिलाएबापत ४५ हजार रूपैयाँ घुस मागेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा पठाउन लगाएको अख्तियारको ठहर छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको ठहर गर्दै उपाध्यक्ष राईबाट ४५ हजार रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवाना माग गरेको छ।
यस्तै, आमासँगको मिलेमतोमा सेवाग्राहीबाट घुस रकम आफ्ना नाममा लिई प्रयोगमा ल्याएको पुष्टि भएकाले छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ।