धनमाल लुट्न सुकमायाको हत्या, पूर्व डेरावाल नै मुख्य योजनाकार
१५ माघ २०८२
•
२ मिनेट पाठ
धनमाल लुट्न सुकमायाको हत्या, पूर्व डेरावाल नै मुख्य योजनाकार
जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका-४ निवासी ६३ वर्षीया सुकमाया देवी तामाङको हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ।




तामाङको गत पुस २६ गते आफ्नै घरमा हातखुट्टा र मुखमा कपडाले बाँधी हत्या गरिएको थियो।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा छन्।

यस्तै, स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल रत्ननगर नगरपालिका–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौं थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याङ्तान रहेका छन्।

उनीहरुलाई रत्ननगर नगरपालिका, नवलपरासी (बर्दघाट, सुस्तापूर्व), इच्छाकामना गाउँपालिकाको फिस्लिङ र थानकोटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले केही समय अघि तामाङको घरमा भाडामा बस्दै आएका भोलानसहितको योजनामा हत्या गरिएको बताए।

पक्राउ परेकाहरुको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल, पर्स र सात थान मोबाइल बरामद गरिएको छ।

तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहितको काँडावाला माडवरी एक थान, एक तोला २५ लालाको सुनको बाला, ५० लालको सुनको औँठी, एक तोलाको सुनको जन्तर, मोती माला, मोबाइल दुई थान र एक लाख गरी १५ लाख ३६ हजार ७०० बराबरको नगद लुटपाट गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

पक्राउ परेका सबैलाई कर्तव्य ज्यान र चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको पुरीले जानकारी दिए। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष भट्ट नेतृत्वको अनुसन्धान टोलीले दुई साता लगाएर अनुसन्धान गरी दोषी पहिचान गरेर निजहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
अर्को समाचार
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
४ घण्टा अघि
•
१ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
ताप्लेजुङ। विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।




कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार भएका दुई महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाबमोजित दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन्।

डाका मुद्दाका दोषी सांकेतिक नाम (ङ) पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिए। उनका अनुसार सांकेतिक नाम (ङ) लाई ६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।

यस्तै अभद्र व्यवहार मुद्दाका दोषी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिलन/धनबहादुर भनिने फुर्वा शेर्पा पक्राउ परेका छन्। शेर्पालाई २२ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेकी सिरिजंघा गाउँपालिका–७ की सुनिता लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। लिम्बूलाई एक वर्ष कैद र ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३ सय ४७ रुपैयाँ जरिवाना हुने फैसलापछि फरार रहेकी सिरिजंघा गाउँपालिका–७ कै सुनिता लिम्बू पक्राउ परेकी छन्। फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका ज्वाइँ भनिने पूर्णकुमार हेल्लोक लिम्बू पनि पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएका हेल्लोक लिम्बू पक्राउ परेका हुन्।

फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा ताप्लेजुङ र झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार फक्राउ परेका व्यक्तिहरू विभिन्न मुद्दामा दोषी ठहर भई आठ वर्ष, सात वर्ष, पाँच वर्ष र कोही एक वर्षदेखि फरार रहेका थिए।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस