२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ज्याकको विस्फोटक ब्याटिङ्गमा दिल्ली र सञ्जुको सानदार पारीले राजस्थानको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले जित हात पारेको छ।

शनिवार सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले हराउँदै जित हात पार्‍यो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २५७ रन बनायो। २५८ रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्रै बनाउन सक्यो।

दिल्लीको जितका लागि ज्याक फ्रेजर म्याकगर्कले ८४ रनको विस्फोटक पारी खेले भने ट्रिस्टन स्टब्सले ४८ र साई होपले ४१ रन जोडे। 

यस्तै शनिवार नै भएको अर्को खेलमा शिर्ष स्थानमा रहेको राजस्थान रोयल्सले सानदार जित पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको लखनउ सुपर जाइन्ट्सलाई ७ विकेटले हराउँदै राजस्थानले आठौँ जित हासिल गरेको हो।

लखनउले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा १९६ रन बनायो। १९७ रनले लक्ष्यसहित मैदान उत्रेको राजसथानले १ ओभर बाँकी छँदै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्‍यो।

राजस्थानको जितका लागि कप्तान सञ्जु सैमसनले नट आउट रहँदै ७१ रनको पारी खेले भने ध्रुव जुरेलले नट आउट रहँदै ५२ रन जोडे।

प्रकाशित: १६ वैशाख २०८१ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App