२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सुष्मासँगै ३ बक्सरले भाग लिने

ऐतिहासिक पदक विजेता बक्सर सुष्मा तामाङले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्। 

अप्रिल २७ देखि मे ८ तारिखसम्म उज्बेकिस्तानको अस्तानामा उक्त च्याम्पियनसिप हुँदै छ। 

अस्तानामा सुष्मासहित तीन बक्सर लालप्रसाद उप्रेती र रमिशा श्रेष्ठले चुनौती प्रस्तुत गर्दै छन्। सुष्मा गत संस्करण थाइल्यान्डमा हुँदा नेपालका लागि ऐतिहासिक पदक विजेता खेलाडी हुन्। त्यो संस्करणमा सुष्माले रजत पदक जितेकी थिइन्।

नेपाली बक्सिङ इतिहासमा एसियाली स्तरमा नेपालले प्राप्त गरेको त्यो नै सबैभन्दा ठूलो पदक रह्यो। यस पटक पनि सुष्मासहित तीन खेलाडीको चुनौती रहने भएको छ। त्यसका लागि पाँच सदस्यीय नेपाली टोली बुधबार उज्बेकिस्तानको अस्ताना प्रस्थान गरेको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०८:५८ बिहीबार

बक्सर सुष्मा तामाङ यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिप उज्बेकिस्तान