५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ।

आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो। 

सत्तासाझेदार नेकपा (एमाले) ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने/नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन।

आज बस्ने प्रदेशसभाको बैठकबारे सबै प्रदेशसभा सदस्यलाई प्रदेशसभा सचिवालयले सूचना गरे पनि नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौँ गएको बताइएको छ। एमाले अनुपस्थित भएपछि शुक्रबारको बैठक स्थगन गरिएको थियो।

प्रकाशित: २२ वैशाख २०८१ १६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App