८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमको नयाँ लाइसेन्स अवधिमा ५ वर्ष

सरकारले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्ले टेलिकमको नयाँ लाइसेन्स अवधि ५ वर्ष थप गर्ने निर्णय गरेको हो।

टेलिकमको २५ वर्षे लाइसेन्स अवधि सकिएसँगै दुरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार लाइसेन्स अवधि थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन्।

टेलिकमले नवीकरण शुल्कबापत २० अर्ब रुपैयाँ प्राधिकरणमा बुझाएपछि सरकारले लाइसेन्स अवधि थप गर्ने निर्णय गरेको हो। २१ करोड रुपैँया शुल्क तिर्ने गरी ५ वर्षे अवधिका लागि नयाँ लाइसेन्स जारी भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ।

यसअघि टेलिकमको लाइसेन्स अवधि तीन पटक थप भइसकेको छ। 

प्रकाशित: २८ वैशाख २०८१ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App