७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

राइटपाथले प्रमुख सहरमा ‘ग्रान्ड एजुकेशन कन्क्लेभ’ गर्दै

राइटपाथको आयोजनामा यही वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्रान्ड एजुकेसन कन्क्लेभ हुने भएको छ।

काठमाडौंको पुतलीसडकस्थित ख्याति प्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीलाई करिअर काउन्सिलिङ गर्दै आएको छ।

सोही राइटपाथ कन्सल्टिेन्सीले वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो। विगतमा पनि राइटपाथले यस्ता कार्यक्रमको नियमित आयोजना गर्दै आएको छ।

अहिले काठमाडौंबाट सुरु हुने कन्क्लेभ देशका मुख्य शहरमा पनि हुनेछ। वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८ गते ललितपुरमा गर्ने कार्यक्रम तय भएको जानकारी राइटपाथले दिएको छ। 

एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरको पनि व्यवस्था गरिएको छ।

त्यस्तै, युएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रूपौयाँमै गर्ने अफर पनि ल्याएको छ। 

२० भन्दा धेरै ख्यातिप्राप्त विश्व विद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै ठाउँमा भेट्न सक्नेछन्। राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप्स डिसीले भने, ‘युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउँन सकुन भन्ने उद्देश्य कार्यक्रमले राखेको छ।’ त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम रहने पनि उनले बताए।

प्रकाशित: २८ वैशाख २०८१ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App