नेपालगन्जमा ज्यालादारी काम गर्ने राम डगौरा तीन दिनदेखि ज्वरो र रुखाघोकीले थलिएका छन्। दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने उनी थलिएपछि घरको आम्दानी शून्य छ।
बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवालगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।
आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।
जानकी गाउँपालिका–६ कपासीका लोकेन्द्रबहादुर बुढाक्षेत्रीको घरमा बिहीबार राति डाँकाहरुको समूहले लुटपाट गर्यो। करिब राति १ बजेतिर आएको डाँका समूहले लोकेन्द्रलाई कुटपिट गरी नगद र गरगहना लुटे।
आफ्नो पदीय कर्तव्य पूरा नगरी जिम्मेवारी र दायित्व निर्वाह नगरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी माझीले तत्कालै दुवै जना निरीक्षकलाई निष्कासन गरेका छन्।