५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।

जिल्ला खेलकुद विकास समिति मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता मोरङका खेलाडीलाई सम्मान गरिएको हो। सम्मानित हुने खेलाडीलाई ३ हजार रुपैयाँ, ट्र्याकसुटसहित प्रमाणपत्र  प्रदान गरिएको थियो।

पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन, विनोद डाँगीलगायतले सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङले राष्ट्रपति रनिङ सिल्डमा पदक विजेताहरू नै भविष्यमा राष्ट्रिय टिममा पर्ने बताए।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव बस्नेतले खेलाडीलाई सम्मान मात्रै होइन जीविकोपार्जनकै व्यवस्था आवश्यक रहेको बताए। कार्यक्रममा विभिन्न खेलमा पदक विजेता नौजना खेलाडीलाई सम्मान गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०८१ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App