नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित काम गर्नुपर्ने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडिभिको लगानी फिर्ता जान लागेको बताएका छन्।
कोहलपुरका श्याम केसी बिहान १० बजे नेपालगन्ज ओर्लिए, अनि आफ्नो कामका लागि पैदलै हिँड्न थाले। तर, उनी दुई मिनेटभन्दा बढी पैदल हिँड्न सकेनन्। अत्यधिक गर्मी छल्न उनले छाताको साहारा लिए पनि सडक तातिएर पोल्न थालेपछि अटो प्रयोग गरेर गन्तव्यसम्म पुगे।