२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा बेचु लुङ्गेली बनिन् श्रममन्त्री

मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री बनेकी छिन्। 

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लुङ्गेलीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।

मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेपछि गत वैशाख ६ गते मन्त्रीपरिषद् बिस्तार गर्दै लुङ्गेलीलाई विना विभागीय मन्त्री बनाएका थिए। पछि उनलाई श्रम मन्त्रालयको जिम्मेवारी तोकिएको हो। उनले आजैदेखि पदभार ग्रहण गरेकी छिन्।

वैशाख ४ मै माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका भरतप्रसाद साहले पनि बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए। तर हालसम्म पनि उनलाई कुनै जिम्मेवारी तोकिएको छैन।

जनता समाजवादी पार्टी (जसपा) नेपालकै सांसद संजय कुमार यादवले सम्हालेको अर्थ मन्त्रालय आफूले पाउनुपर्न अडान लिएपछि उनको जिम्मेवारी टुंगो लगाउन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको स्रोत बताउँछ।

स्रोतका अनुसार मुख्यमन्त्री यादवले आफू मातहत राखेका वन तथा वातावरण मन्त्रालय साहलाई दिन चाहेका छन्। यता मुख्यमन्त्रीले विश्वासको मत लिने बेला आफूलाई अर्थ मन्त्रालय दिने सहमति भएको बताउँदै आफूलाई अर्थ मन्त्रालय नै चाहिने अडानमा छन्।

प्रकाशित: १३ वैशाख २०८१ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App