नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन्।