Tuesday 22 Ashad, 2072 |
Menu

विश्व

ist-cc

डायना मृत्युबारे नयाँ तथ्यको जाँच

(0 votes)
डायना मृत्युबारे नयाँ तथ्यको जाँच

लन्डन– बेलायतको स्कटल्यान्ड यार्डले कार दुर्घटनामा मारिएकी बेलायतकी राजकुमारी डायनाको मृत्युसम्बन्धी नयाँ तथ्य फेला पारेको जनाएको छ। यार्डले सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा भएको दुर्घटनामा डायना र उनका साथी डोडी अल–फायदको मृत्युसम्बन्धी फेला परेका नयाँ तथ्यको छानबिन गरिरहेको छ।

यार्डका अनुसार फेला परेका नयाँ तथ्य विश्वसनिय भए नभएबारे विश्लेषण भइरहेको छ। यार्डले सन् १९९७ अगस्ट ३१ मा पेरिसमा कार दुर्घटनामा भएको डायना र फायदको मृत्युबारे दोहो¥याएर छानबिन गर्न लागेको होइन भनेको छ।

दुर्घटनाबारे छानबिन गर्न गठित जाँच समितिले सन् २००८ मा दिएको प्रतिवेदनमा कारचालकको लापरवाहीका कारण डायना र फायदको मृत्यु भएको उल्लेख थियो ।

स्कटल्यान्ड यार्डले फेला परेका नयाँ तथ्यको विश्लेषण स्पेसलिस्ट क्राइम एन्ड अपरेसन्स कमान्डका अधिकारीद्वारा गरिने जनाएको छ । यार्डका प्रवक्ताले तथ्यको स्रोतबारे भने केही नबताउने जनाए ।

यार्डले राजकुमारी डायना र फायदको हत्या गरिएको आशंकाबारे गहिरो छानबिन गरिएको थियो भन्दै फेला परेका नयाँ तथ्यको छानबिन पुरानो छानबिनसँग सम्बन्धित नभएको बताएको छ । फायदका पिताले उनका छोराको हत्या गरिएको दाबी गरेका थिए ।

प्रहरीले सन् २००६ डिसेम्बरमा जारी गरेको अनुसन्धान प्रतिवेदनमा डायना र फायदको हत्या भएको कुनै प्रमाण फेला नपरेको उल्लेख छ । बेलायती राजकुमार चाल्र्सकी पूर्वपत्नी तथा राजकुमार विलियम र ह्यारीकी आमा राजकुमारी डायना मृत्यु हुँदा ३६ वर्षकी मात्र थिइन् ।

राजकुमारी डायना र फायद पेरिसमा एउटै कारमा गइरहेका बेला एउटा सुरुङ मार्गभित्रको खम्बामा ठोक्किएपछि मृृत्यु भएको थियो । पेरिसस्थित फायदको रिट्ज होटलबाट दुवै निस्कनासाथ केही पापाराजी (स्वतन्त्र फोटोग्राफर पत्रकार)ले मोटरसाइकलमा उनीहरूको पिछा गरेका थिए । पापाराजीबाट पिछा छुटाउन तीव्र गतिमा हुँइकिएको डायना–फायदको कार सुरुङ मार्गको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा डायना र फायदको मृत्यु भए पनि फायदका अंगरक्षक बाँचेका थिए।

डायनाको मृत्युबारे भएको छानबिनपछि पापाराजी, चालकले रक्सी खाएर कार चलाउनु र सिटबेल्ट नबाँधेका कारण डायना र उनका ब्वाइफ्रेन्ड फायदको मृत्यु भएको जनाइएको थियो।

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...