Tuesday 19 Falgun, 2071 |
Menu

विश्व

HUB

साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा

(1 Vote)
सगरमाथामा मोराक सगरमाथामा मोराक

काठमाडौं– महिला अधिकार बारे कठोर मुस्लिम मुलुक साउदी अरेबियाकी एक महिला बुर्का नलगाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन्। २५ वर्षे राहा मोहाराकले शनिबार सर्वोच्च शिखर सगरमाथा चुचुर चुम्दै  साउदी अरबबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला बनेकी हुन्।

कतार तथा प्यालेष्टाइनका पुरुषसँगै उनी सगरमाथाको चुचुरो पुगेकी थिइन्। यो समूहले नेपालको शिक्षा योजनाका लागि १० लाख अमेरिकी डलर संकलन गर्दैछ। साउदी अरेबियाको जेदाह मूलथलो भएकी मोराक दुवइमा बसेर काम गर्छिन्। उनी विश्वविद्यालय ग्र्याजुएट हुन्।

महिला अधिकारका बारेमा कोठर मुस्लिम समुदायकी मोराकले धेरै बाधाहरु पन्छाउँदै सगरमाथाको चुचुरोमा पुगेकी हुन्। मोराकलाई सगरमाथा चढ्न उनको परिवारले अनुमती दिएको बीबीसीले जनाएको छ। 'उनका लागि हिमाल चढ्नु आफैँमा ठूलो चुनौती थियो', एक्सपेडिसन वेबसाइटलाई उदृत गर्दै भनिएको छ, 'कसले के भन्छ मैले वास्ता गरिनँ', मोराकले भनेकी छिन्- 'र कसैबाट प्रेरित भएको पनि हैन।'
बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...